भारतले तीनवटा वाटरवेज उपलब्ध गराउने, एकअर्काको गुणस्तर प्रमाणपत्रलाई पनि मान्यता दिइने
वीरगंज संजाल
२० आश्विन २०७६, सोमबार १८:३०
२१९९
काठमाडौं । भारतले नेपाललाई समुद्रसम्मको पहुँचका लागि तीन वटा इनल्याण्ड वाटरवेज दिने कुरामा सहमति जनाएको छ । भारतको इकोनोमिक्स टाइम्स पत्रिकाले आज जनाए अनुसार नेपालले गंगा नदीमा स्वतन्त्रतापूर्वक आफ्नो जहाज प्रयोग गर्न सक्नेछ ।
गत हप्ता दुई देशका अधिकारीहरु सम्मिलित बैठकमा यस सम्बन्धी सहमतिको पत्रलाई अन्तिम रुप दिइएको समाचारमा जनाइएको छ । भारतले कोलकाता—कालुघाट—रक्सौल, कोलकाता—साहेवगन्ज—बिराटनगर तथा कोलकाता—वाराणसी—रक्सौल रुट दिने सहमति जनाएको समाचारमा उल्लेख छ ।
दुई पक्षीय व्यापार तथा पारवहन सन्धीका बारेमा दुई देशका अधिकारीहरुबीच गएको विहीबार र शुक्रबार नयाँ दिल्लीमा बैठक भएको थियो ।
यसैगरी दुईदेशबीच ‘म्युचुअल रिकोग्नीसन एग्रीमेन्ट’को सहमतिलाई पनि अन्तिम रुप दिइएको जनाइएको छ । जस अनुसार एक अर्का देशले प्रदान गर्ने सामानको गुणस्तर प्रमाणपत्रलाई एक अर्का देशले मान्यता दिने समेत सैद्धान्तिक सहमति भएको छ ।