महाेत्तरीमा २ किलो ४ सय ग्राम चाँदी सहित एक भारतीय नागरिक प्रकाउ
वीरगंज संजाल
१६ आश्विन २०७६, बिहीबार २३:०४
३०७१
महोत्तरी | महाेत्तरीकाे जलेश्वरबाट २ किलो ४ सय ग्राम चाँदी सहित एक भारतीय नागरिक प्रकाउ परेको छ । प्रकाउ पर्नेमा भारत बिहारका सितामढी जिल्लाकाे हनुमान नगर घर भएका रबिन्द्र साहुकाे छाेरा २५ वर्षीय सिताराम साहु रहेको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी उपरीक्षक: श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
नेपालबाट ज १२ प ७३३ नम्बरको माेटरसाईकलमा भारत तर्फ जाँदै गर्दा जलेश्वरकाे खैरा चाैकमा चेकजाँच गर्ने क्रममा प्रकाउ परेको प्रहरी उपरीक्षक: श्याम कृष्ण अधिकारीले जनाएको छ ।
बरामद भएको चाँदीको बजारकाे मुल्य बराबर करिब २ लाख ४० हजार रहेको महोत्तरी प्रहरीले जनाएको छ । पक्राउ परेको चाँदी, मोटरसाईकल र साहु सहित आवश्यक कार्वाहीका लागि मलिवाडा भिठामोड जलेश्वर भन्सार पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।