बिस्तारामा राखेको मोबाइल विस्फोट: १४ वर्षीया किशोरीको मृत्यु
वीरगंज संजाल
१४ आश्विन २०७६, मंगलवार ०९:४३
३८९९
एजेन्सी । मोबाइल फोन विस्फोटमा परेर १४ वर्षीया किशोरीको मृत्यु भएको छ । किशोरीले आफ्नो स्मार्टफोनलाई चार्जमा लगाएर सिरानीमा राखेकी थिइन् ।
किशोरी सुतेपछि मोबाइल विस्फोट भयो । विस्फोटमा किशोरीको मृत्यु भएको हो । यो घटना कजाकिस्तानको बास्तोबको हो ।
डेलीमेलकाअनुसार १४ वर्षीया अलुवा एसेटकिसीको मृत्यु भएको हो । बिहान आफन्तले उठाउन जाँदा उनी मृत फेला परेको र मोबाइल बिस्फोट भएको पाइएको छ ।
सुरक्षाकर्मीको अनुसन्धानबाट घटना मोबाइल फोन विस्फोटले नै भएको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको टाउको गम्भीर चोट लागेको थियो । पोष्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण विस्फोटले टाउकोमा गम्भीर चोट लागेको उल्लेख छ ।
फोनमा ओभर हिट भएर विस्फोट भएको अनुसन्धानबाट खुलेको छ । सुरक्षाकर्मीले स्मार्टफोनको ब्राण्ड नाम भने सार्वजनिक गरेका छैनन् ।