कांग्रेसद्वारा ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन
वीरगंज संजाल
८ आश्विन २०७६, बुधबार ०९:०५
४४८१
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्या–हिंसा र विभिन्न विधेयकविरुद्ध मंगलबार देशभर सरकारको विरोध गर्दै प्रदर्शन गरेको छ ।
कांग्रेसले पहिलोपटक काठमाडौंसहित ७७ वटै जिल्लामा सभा गरी दोस्रो चरणको १५ दिने जागरण अभियान सम्पन्न गरेको हो ।
बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारी भदौ २४ गते प्रदेश निर्वाचन क्षेत्र केन्द्रित हिमाल, पहाड, तराई–मधेस जागरण अभियान सञ्चालन गरिएको थियो ।
विरोध प्रदर्शनमा कांग्रेसले केपी सरकारले भ्रष्टाचार र महँगीलाई मलजल गर्नुका साथै हत्या–हिंसा र बलात्कारजस्ता जघन्य अपराधलाई प्रश्रय दिएको आरोप लगाएको थियो । विरोध सभामा नेताहरूले पार्टी सुदृढीकरणबारे पनि धारणा राखेका थिए ।
आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।