जनकपुरधाम : हातहतियार ओसारपसारमा संलगन रहेको आशंकामा धनुषा प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्रउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ६ बस्ने २१ वर्षका लक्ष्मी मण्डल खत्वे, १९ वर्षका सोबिन मण्डल, वडा नं. ५ बस्ने वर्ष २५ वर्षका अबिनाश कुमार मण्डल र औरही नगरपालिका ६ लरहिया घर भई हाल विदेह नगरपालिका ६ बस्ने ३५ वर्षका मिश्री लाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत शुक्रबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरही र गिद्धाबेलापट्टी प्रहरीचोकीको संयुक्त टोलीले अविनाशको घरबाट कटुवा पेस्तोल बरामद गरेको थियो ।
धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले दिएको जानकारी अनुसार अनुसन्धानका क्रममा पक्राउ परेकाहरु अवैद्य हातहतियार कारोबारी रहेको खुलेको र निजहरु उपर प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ ।