अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको संयुक्त सम्बोधन
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार २३:१३
६५२५
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गरेका छन्।
भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका भारतीय नागरिकको सहभागीता रहेको सो कार्यक्रमलाई उनीहरुले संयुक्त सम्बोधन गरेको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।
सो कार्यक्रम टेक्सस राज्यको ह्युन्स्टनमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको सो स्वागत कार्यक्रम र उक्त कार्यक्रममा भएको बृहत उपस्थितिबाट पनि यसलाई एक ऐतिहासिक कार्यक्रम भएको भनि टिप्पणी गरिएको छ ।
उक्त कार्यक्रममा बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको र अमेरिकी राष्ट्रपति ट्रम्पले बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरे। प्रधानमन्त्री मोदीले सम्बोधनमा आफूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कैयौँ पटक भेट गरेको र उहाँमा आफूले आत्मीयता पाएको भनी टिप्पणी गरे।