जालसाजी मुद्दामा सात लाख जरीवाना भएका फरार प्रतिवादी पक्राउ
वीरगंज संजाल
Sep 23, 2019, 10:52 pm
२१०२
शेयर
बिरगंज। पर्सा जिल्ला अदालत वीरगंजको फैसलाले रू.७,००,०००।– (सात लाख) जरिवाना ठहर भएका जालसाजी मुद्दाका फरार प्रतिबादी जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१५ लम्क्षणवा
बस्ने बर्ष ५८ को राम अशिष राउत कुर्मीलार्इ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटीएको प्रहरी टोलीले आज सोमबार ६ गते बिहान वीरगंज म.न.पा.वडा नं.१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरी आबश्यक कारवार्हीको लागी आजै सम्मानित आदलतमा पठाईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी गराउनु भएको थियो ।