• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजमा डेंगु रोगी १३०, महानगर शिक्षक र विद्यार्थी परिचालन गर्दै

  • वीरगंज संजाल
  • Sep 19, 2019, 11:13 pm
  • ५०२५

    प्रस| पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर र बिहारको जनताको लागि उपचारको केन्द्र मानिने वीरगंजमा डेंगु रोगीको सङ्ख्या बढ्ने क्रम जारी छ । एक महीनाभित्र डेंगु रोगी १३० जना पुगेका छन् । वीरगंजको करीब आधा दर्जन अस्पताल तथा दुई दर्जन क्लिनिकहरूबाट आएको तथ्याङ्कको अधारमा वीरगंजमा करीब १ सय ३० जना डेंगु रोगीको उपचार भइरहेको पाइएको छ ।

     नेपाल मेडिकल एसोसिएशन नारायणी वीरगंजको तथ्याङ्क अनुसार १३० मध्ये ५० प्रतिशत रोगी उपचार गराई घर फर्किसकेका छन् । ५० प्रतिशत विभिन्न अस्पतालमा उपचार गराइरहेको एसोसिएशनका महासचिव डा. उदयनारायण सिंहले जानकारी गराए । उनले नारायणी अस्पतालमा ६० जना, नेशनल मेडिकल कलेजमा ३० जना, तराई अस्पतालमा ११ जना, गण्डक अस्पतालमा छजना, हेल्थ केयरमा छजना, एडभान्समा १४ जना र भवानीमा तीनजना गरी करीब १३० जना रोगी अस्पताल तथा क्लिनिकको सम्पर्कमा आएको बताए । अहिले वर्षात्को मौसम भएकोले सफा पानी जम्ने ठाउँ रहिरहेसम्म डेंगु रोगीको सङ्ख्यामा वृद्धि भइरहने चिकित्सकहरूको भनाइ छ ।

    वीरगंजमा फेला परेको डेंगुमध्ये  करीब १० प्रतिशत भारत बिहारका पनि रहेको बताइएको छ । नारायणी अस्पतालका अर्का डा. नीरजकुमार सिंहका अनुसार हेटौंडा र चितवनमा काम गर्ने तराईका जिल्लाजस्तै पर्सा, बारा, रौतहटका बासिन्दा पनि हाल गृह जिल्ला फर्केर नारायणीमा उपचार गराइरहेकाले पनि वीरगंजको तथ्याङ्कमा बढोत्तरी भएको बताए । अर्कोतर्फ भारत बिहारका डेंगु रोगी पनि वीरगंजमा आएर उपचार गराइरहेका छन् । अवस्था चिन्ताजनक रहे तापनि भयावह नरहेको वीरगंज महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोले बताए ।

    उनले १३० जना डेंगु रोगीमध्ये ३७ जनामात्र वीरगंजवासी रहेको र बाँकी छिमेकी जिल्ला र भारतीय रहेको बचाए । उनले महानगरले डेंगु रोग नियन्त्रणको लागि वडा–वडामा औषधी छर्ने तथा विद्यार्थी–शिक्षकलाई परिचालन गर्ने काम पनि शुरू गरेको बताए ।

    आइतवारदेखि महानगरका ५० वटा विद्यालयका ५० जना शिक्षकलाई तालिम दिई कक्षा ८, ९, १० मा पढ्ने सयौ विद्यार्थाी परिचालन गरी डोर टु डोर शिविर चलाई डेंगुबाट बच्ने ज्ञान दिइने बताए । शिक्षक–विद्यार्थीले वडास्तरमा स्थानीयलाई आप्mनो घर, स्कूल, विभिन्न कार्यालय वरपर डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान सफाइ गर्ने सीप सिकाउने छन् ।

    डेंगु रोकथामबारे अन्तत्र्रिmया
    प्रस, पचगावाँ/    जगरनाथपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा डेंगु रोग रोकथाम तथा सतर्कताबारे एकदिने अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
    गापा उपाध्यक्ष विस्मिला खातुनले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । सहस्वास्थ्य संयोजक प्रमेन्द्र साहले डेंगु रोगबारे जानकारी दिंदै लामो समयसम्म ज्वरो आउनु, टाउको दुख्नु, बान्ता हुनु, पसिना आउनु, खान रूचि नहुनु, जोर्नी तथा जीउ दुख्नु, आँखा रातो हुनु डेंगु रोगको लक्षण रहेको बताएका थिए । उनले घर वरपर जाली लगाउने, झुल लगाएर सुत्ने, लामखुट्टे भगाउने विषादि प्रयोग गर्नुपर्ने, घर नजीकै टायर नराख्न सुझाव दिएका थिए ।
    कार्यक्रममा वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, शिक्षकलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑