• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    असोज महिनाभरी तपाईको राशिफल कस्तो छ, हेर्नुहोस !

  • वीरगंज संजाल
  • १ आश्विन २०७६, बुधबार ०७:५६
  • ६२५३

    असोज २०७६ असोज महिनाभरी तपाईको राशिफल कस्तो छ

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    कामको सफलताले जोस–जाँगर बढ्नेछ। प्रतिस्पर्धाले सीप र कलामा निखारता ल्याउनेछ। स्रोत–साधन जुट्नुका साथै लामो समयदेखि रोकिएका काम बन्नेछन्। मिहिनेतले कर्मयोगको उचाइमा पुर्याउन सक्छ। पुरुषार्थी कार्य गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। विगतमा ईर्ष्या गर्नेहरू सहयोगीका रूपमा देखापर्नेछन्। रोग र शत्रु परास्त हुनेछन्। आध्यात्मिक चेतना जागृत हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। प्रयत्न गर्दा अरूका हातमा गएको धन फिर्ता गर्न सकिनेछ। नयाँ उद्योग, व्यवसाय आदि प्रारम्भ गर्न सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने समय छ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    यो महिनामा कामको चाप बढ्नेछ तर स्वास्थ्य भने अलि कमजोर रहनेछ। सगोलको सम्पत्ति र साझा व्यापार खण्डित हुनाले एकल अवधारणातर्फ अग्रसर भइनेछ। तत्काललाई चुनौती देखिए पनि सम्भावनाका बाटाहरू प्रशस्त फेलापर्नेछन्। नोकरी तथा पेसा–व्यवसायमा मनग्गे फाइदा हुनेछ। विद्यार्थीहरूलाई प्रयोगात्मक अध्ययनले उचाइमा पुर्याउन सक्छ। प्रतिस्पर्धाले बौद्धिक पक्षमा निखारता आउनेछ भने क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। अध्ययनका लागि देश–विदेशको यात्रा गर्ने साइत समेत जुर्न सक्छ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। पुरानो मित्रता पारिवारिक सम्बन्धमा रूपान्तरित हुन सक्छ। सानो प्रयत्नले जीवनस्तरमा सुधार आउनेछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    घरेलु समस्याले मन अशान्त रहनेछ। परिवारजनको सहमति नजुट्नाले चिताएको काम पूरा नहुन सक्छ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउनाले आफन्तमाझ एकताको भावना विखण्डित हुनेछ। निकटजनहरूसँग दूरी बढ्न सक्छ। तथापि सत्पात्रको संगतले व्यवहारमा सुधार आउनेछ। अप्ठ्यारो समयमा साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले घरेलु समस्या समाधान हुनेछ। व्यापार, कृषि र पशुपालनमा भने केही समस्यासँग जुध्नुपर्नेछ। आर्थिक पक्षमा धेरै उन्नति नभए पनि व्यावहारिक आवश्यकता पूरा हुनेछन्। अध्ययन तथा लेखनमा प्रगति हुनेछ। अवसरका केही लागि दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा उच्च रक्तचाप, ज्वरो तथा छातीको समस्याले सताउन सक्छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    पहिलेका समस्या स्वतः समाधान हुनेछन्। उद्योग–धन्दा र व्यापारमा विशेष फाइदा हुनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन्। तारिफयोग्य काम गर्दै यश लिने अवसर प्राप्त हुनेछ। ईष्र्या गर्नेहरूले पनि मित्रताका हात अघि सार्नेछन्। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। परिस्थितिले नयाँ जिम्मेवारी दिलाउनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    प्रयत्न गर्दा आँटले काम लिन सकिनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धन आर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू भने टाढिन सक्छन्। यन्त्र, उपकरण वा विलासी वस्तुमा भने धन खर्च हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र बौद्धिक सफलताले पनि उत्साह जगाउनेछ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष भइरहनेछ। तापनि परिस्थितिले नयाँ जिम्मेवारी दिलाउनेछ र जीवनशैलीमा परिवर्तन आउनेछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    यो महिनामा शीर्षस्थानमा रहने सूर्यको प्रभावले चैतन्य शक्ति जागृत हुनेछ। तर स्वास्थ्यमा पित्तदोषका कारण ज्वरो, टाउको दुख्ने, पिनास वा आँखासम्बन्धी समस्या आउन सक्छ। आत्मसम्मानका लागि स्वाभिमानी काम गर्ने समय छ। आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। मिहिनेतले सफलताको उचाइमा समेत पुर्याउन सक्छ। महत्त्वाकांक्षा, आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ। पूर्वाधार कमजोर हुनेहरूलाई विभिन्न चुनौती समेत आइपर्नेछन्। अरूको टिप्पणी तथा आलोचनाबाट मात्र कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। त्यसैले बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला। प्रेमको बन्धन कसिनेछ र गृहस्थी आनन्द प्राप्त हुनेछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    खर्चिलो काम गर्ने समय रहेकाले ऋणभार बढ्न सक्छ। महिनाभरि अर्थअभावले सताउन सक्छ। व्यापारमा सोचेको लाभ नहुनाले लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। हठ गर्ने बानीले समस्या निम्त्याउनेछ भने कमजोरी लुकाउँदा थप नोक्सान हुन सक्छ। सरकारी नीतिले केही कार्ययोजना स्थगित गर्नुपर्ने अवस्था आउन सक्छ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउने हुँदा सावधान रहनुहोला। महिनाको उत्तरार्धमा आयस्रोत सबल बन्नाले धेरै समस्या समाधान हुनेछन्। विदेश ताक्नेहरूलाई राम्रो अवसर आउन सक्छ। तर, ठूलो आशा देखाउनेहरूको विश्वासमा नपर्नुहोला। चोटपटकको योग देखिएकाले जोखिमयुक्त काम, हतियार र सवारी प्रयोगमा सावधान रहनुहोला।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    विभिन्न अवसर प्राप्त हुनाले यो महिना उत्साहवर्धक रहनेछ। रोकिएका धेरै काम बन्नेछन् भने आयआर्जनका स्रोत पनि बढ्नेछन्। प्रयास गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। व्यापार, कृषि तथा पशुधनबाट पनि मनग्य लाभ हुनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ। महिनाको उत्तरार्धमा उपलब्धि जोगाउन विशेष सावधानी अपनाउनुहोला।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    यो महिनामा विभिन्न अवसर प्राप्त हुनेछन्। सामाजिक प्रभाव बढ्नेछ र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन तथा सीप विकासका लागि देशविदेश घुम्ने मौका आउनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    यो महिना केही संघर्षमय रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि पछिका लागि कर्म सञ्चय गर्ने समय छ। अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। केही समय अरूका काममा जुट्नुपरे पनि अन्ततः फाइदा आफैंलाई हुनेछ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र वा शुभचिन्तकको सहयोग प्राप्त भइरहनेछ। विभिन्न अवसरले उत्साहित पनि भइनेछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    महिना केही उतारचढावमय रहनेछ। अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक काम यो महिनाको प्राथमिकतामा नपर्न सक्छ। सानो कमजोरीले पारिवारिक असन्तुष्टि जन्माउने हुँदा बोली–व्यवहारमा सजग रहनुपर्ला। अरूको भरपर्दा गोपनीयता बाहिरिन सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा कमी आउनेछ। राजनीतिक र सामाजिक प्रभाव पनि कमजोर बन्ने देखिन्छ। समयको प्रतिकूलताले नयाँ आर्थिक कारोबार र लगानी सुरक्षित नहुन सक्छ। नयाँ काम र दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउने चेष्टा गर्नुहोला। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    अध्ययनमा धेरै समय दिन नसकिए पनि व्यावहारिक ज्ञान बढ्नेछ। खर्च लागे पनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। कृषि तथा व्यापारमा फाइदा हुनाले केही धन सञ्चय गर्न सकिनेछ। परिवेश रमाइलो रहनेछ तर महिना खर्चिलो हुने देखिन्छ। उत्तरार्धमा अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला। प्रेम तथा दाम्पत्यमा असमझदारी बढ्न सक्छ। धेरै आम्दानी नभए पनि व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। महत्त्वाकांक्षी योजनामा अघि बढ्न नसकिएला। तर पहिलेको उपलब्धि र साख जोगाउन भने सफल भइनेछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
  • आईपीएलको उपाधि बेंगलुरुलाई
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    आज बुधबारको राशिफल

    आन्दोलन स्थगित भएपछि चल्न थाल्यो सार्वजनिक यातायात

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    News

    आईपीएलको उपाधि बेंगलुरुलाई

    News

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑