बाढी आउने भन्दै सतर्क रहन बाढी पुर्वानुमान शाखाको सुचना
वीरगंज संजाल
३१ भाद्र २०७६, मंगलवार १७:०१
४०२५
नेपाल सरकारको बाढी पुर्वानुमान शाखाले निरन्तरको वर्षाका कारण बाढी आउने भएकाले आज र भोलि देशका पुर्व देखि मध्यपश्चिमसम्मका क्षेत्रमा बहने नदीका तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।
शाखाले कोसी, बागमती, नारायणी,पुर्वीराप्ती,रिउखोला,आरूण,तिनाउ,बाणगंगा,मनहरी, लोथरखोला,लालबकैया लगायत मकबानपुर बारा,पर्सा,चितवन,नवलपरासी,रूपन्देही,कपिलबस्त’, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले तटिय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो ।