वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्छ : मुख्यमन्त्री राउत
वीरगंज संजाल
Sep 17, 2019, 4:38 pm
३४९९
जनकपुरधाम : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विगतमा सही तथ्याङ्कको अभावले नीति र योजनाको निर्माण सोचेअनुरुप हुन नसकेको बताएका छन्।
फ्याक्टस रिसर्च एण्ड एनालाइटिक्स नामक संस्थाद्वारा प्रकाशित प्रदेश नं २ को तथ्याङ्क पुस्तकको आज विमोचन गर्दै मुख्यमन्त्री राउतले वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिने बताए। कुनै पनि योजना सही तथ्याङ्कले मात्र सफल हुन सक्नै बताउँदै उनले प्रकाशित पुस्तक प्रदेशको यथार्थ जानकारी दिनमा सहयोगी हुने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री राउतले प्रदेशले उपलब्ध भएका जानकारी तथा तथ्याङ्कको प्रयोगबाट सम्भाव्य अवसरको खोजी गरी विकासमूलक गतिविधितर्फ ध्यान केन्द्रित गर्ने बताए।
नीति आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झाले प्रदेश नं २ को भरपर्दो तथ्याङ्क नभएका कारण विगतमा नीति कार्यक्रम र योजना निर्माण वस्तुपरक हुन सकेको स्पष्ट गर्दैै प्रकाशित पुस्तक सार्थक प्रयास भएको विचार राखे। – रासस