• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    बजेट भाषण २०८० / ८१ Live

    होमपेज / जीवनशैली

    नयाँ पितालाई किन कसैले सोध्दैन ?

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७६, मंगलवार १०:२८
  • ३३९१

    बीबीसी । अष्ट्रेलियामा बस्ने ३३ वर्षीय एक व्यक्तिका लागि पिताको नयाँ जिम्मेवारी सम्हाल्नु सहज थिएन । तर पनि सन्तानको जन्मपछि उनले कार्यालयबाट पितृत्व बिदा पाए र त्यसको पाँच हप्तापछि उनी निद्राबाट वञ्चित अवस्थामा कार्यालय पुगे । उनी भन्छन्, “मलाई काम गरिरहँदा पनि आफ्नी पार्टनरबारे बारम्बार चिन्ता लागिरहेको थियो जो घरमा रोइरहेको बच्चासँग एक्लै बसेकी थिइन् । यता मैले आफ्नो काम पनि पूरा गर्नैपर्ने भएको हुँदा सो क्षण अत्यन्तै तनावग्रस्त बन्न पुग्यो । ”

    यसको केही महिनापछि उनी एन्जाइटी र डिप्रेसनको शिकार भए । यसरी बच्चाको जन्मपछि मानसिक रोगको शिकार हुने सयौँ पुरुषहरुमा आफू पनि परेको डेभ एडवर्डले पछि मात्र थाहा पाएका हुन् । उनका अनुसार कार्यालयमा सबैले घरमा के भइरहेको छ, तिम्री पार्टनरलाई कस्तो छ भनेर सोधिरहन्छन् तर उनका बारेमा भने कसैले केही सोधेनन् ।

    वकालत समूह, ‘पोस्टपार्टम सपोर्ट इन्टरनेस्नल’का अनुसार अमेरिकामा मात्र १० मध्ये एकजना पिता र सातमध्ये एकजना आमा बच्चाको जन्मपछि डिप्रेसनको शिकार हुने गरेका छन् । यसरी प्रायः सबै विकसित देशहरुको अवस्था यही रहँदै आएको छ । बेलायतमा पनि एक तिहाइ भन्दा धेरै पिताहरु बच्चासँगै थपिने नयाँ आर्थिक जिम्मेवारी र अपूरा निद्राका कारण मानसिक स्वास्थ्य सम्बन्धी चिन्तित रहने गरेको पाइएको हो ।

    यसरी पिताका साथै आमाहरुमा पनि यो समस्या देखिन्छ जसले बच्चाको जन्मपछि करिअर र परिवारलाई सन्तुलित राख्न उत्तिकै चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ । ‘सेन्टर अफर प्यारेन्टियल लिभ लिडरशीप’ की संस्थापक एमी बिएकमले माइक्रोसफ्ट लगायतका कम्पनीसँगको सहकार्यमा आमा र बाबु दुवैलाई दिइने सुत्केरी बिदाको सदुपयोग सम्बन्धी प्रशिक्षण दिने गरेकी छन् । उनका अनुसार आमालाई बच्चा हुर्काउने र बाबुलाई चाहिँ घरमा सबैकुरा पुर्याउने जिम्मेवारीको भार हुन्छ । यसले नयाँ अभिभावकमा डिप्रेसन र तनावका घटना बढाइरहेको छ । यस्तोमा उनको संगठनले विभिन्न कम्पनीहरुलाई सुत्केरी अवधिभर एकवर्षसम्म आफ्ना कर्मचारीको मानसिक स्वास्थ्य परीक्षण गराइ बाबुआमा दुवैलाई सक्दो सहयोग प्रदान गर्न पहल गरिरहेको छ । यसले अष्ट्रेलिया, बेलायत र हङकङमा अभिभावकहरुलाई करिअर, परिवार र स्वास्थ्यबीच सन्तुलन राख्न ट्रेनिङ दिइरहेको छ ।

    यसरी परिवारमा बच्चाको आगमनपछि धेरै पुरुषहरुमा बढी काम गर्नुपर्ने सोच आउने गरेको र घरमा पनि उत्तिकै संघर्ष गर्नुपरेतापनि उनीहरु कार्यस्थलमा मद्दत माँग्न हिचकिचाउने गरेका छन् ।

    यस्तोमा पाँच वर्षीया छोराका पिता एलेक्स लुगानले ‘बेटर ड्याड्स’ नामक नयाँ वेबसाइट बनाएका हुन् । यसले पहिले डिभोर्सबाट गुज्रिरहेका पुरुषहरुको समर्थनमा काम गथ्र्यो भने अहिले चाहिँ पारिवारिक र कामका विषयमा पनि पुरुषहरुलाई सहायता गर्छ ।

    लागुनाका अनुसार पुरुषहरु घरको चिन्ता लिँदै काम गरिरहेका हुन्छन् र जति बढी काम भएपनि नाई भन्न सक्दैनन् । यस्तोमा म्यानेजरहरुले नयाँ पितालाई उनीहरुले कस्तो महसुस गरिरहेका छन् भनेर सोध्दै गर्नुपर्ने र कुनैपनि किसिमको समर्थन प्रदान गर्न तयार रहनुपर्ने मार्क विलियम्स बताउँछन् ।
    उनले पनि आफ्ना बच्चाको जन्मपछि डिप्रेसन र एन्जाइटीकै कारण काम छाड्नु परेको थियो । यस्तोमा उनले फादर्स रिचिङ आउट भन्ने अभियान र च्यारिटी स्थापना गरेका हाुन् ।

    यसरी विश्वभर काम गर्ने आमाहरुलाई सुत्केरी बिदा हुन्छ भने पिताका लागि पनि विशेष बिदा छुट्याइएको छ ।

    यसका लागि कोरिया र जापानमा सबैभन्दा धेरै, ५२ दिनसम्मको बिदा दिइन्छ तरपनि उनीहरु कामबाट निकालिने डरले सबै बिदाको उपयोग गर्दैनन् । अझ जापानमा त देशभरका केबल ५ प्रतिशत पिताहरुले मात्र यो सुविधाको फाइदा उठाउने गरेका छन् ।

    अर्कोतर्फ क्यानडा, अमेरिका, न्युजिल्यान्ड लगायतका देशहरुमा भने यस किसिमको कुनै व्यवस्था छैन जसकारण पनि नयाँ पिताहारु मानसिक समस्याको शिकार हुने सम्भावना अधिक रहेको बताइएको छ ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ
  • एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित
  • ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला
  • अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

    वर्षा नहुँदा पर्सामा चापाकल सुक्न थाल्यो

    पर्साकाे गदियानीबाट २२ केजी गाँजा बरामद,तस्करहरु फरार

    दलितकाे अधिकारका लागि दलित जनप्रतिनिधिहरु नै जागरुक बन्नुपर्छ : प्रदेशसभा सदस्य पटेल

    आजको राशिफल

    वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    News

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    News

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    News

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    News

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑