• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    जासुसीका लागि यसरी प्रयोग गरिन्थ्यो परेवा र डल्फिन

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७६, मंगलवार १०:२६
  • ६५७३

    वाशिङ्गटन । अमेरिकी खुफिया एजेन्सी सीआईएले शीत युद्धका क्रममा प्रयोग गरिएको खुफिया तरिकाबारेको विवरण सार्वजनिक गरेको छ ।

    सीआईएले कसरी परेवालाई तालिम दिएर जासुसीको लागि तयार पारिन्थ्यो भन्ने विवरणसमेत त्यसमा उल्लेख छ । त्यतिबेला परेवालाई सोभियत संघको संवेदनशील क्षेत्रमा पुगेर उनीहरुले गोप्य ढंगले तस्विर खिच्न सकून् भन्ने हिसाबले सिकाइने गरेको थियो । सीआईएले यो पनि भनेको छ कि परेवालाई आफू गएको स्थानको घरको ढोकामा उपकरण राख्नका लागि तालिम समेत दिइन्थ्यो ।

    परेवाका अतिरिक्त डल्फिनलाई पनि यस्तो कार्यमा प्रयोग गरिएको थियो । सीआइएले जनावरलाई एजेन्सीको खुफिया मिसनमा राख्दा निकै सहयोग पुगेको थियो ।  भर्जिनियामा सीआइएको मुख्यालय रहेको छ । त्यसको भित्र एक म्युजियम पनि छ । जसलाई अब आम मानिसको लागि बन्द गरिएको छ ।

    बीबीसीमा बेलायती लेखक तथा पत्रकार गोर्डन कोरेराको आलेखमा भनिएको छ– मैले एकपटक सो म्युजियमका निर्देशकसँग अन्तर्वार्ता लिएको थिएँ । त्यतिबेला त्यस ठाउँमा अचम्म लाग्ने खालका कुरा देखेको थिएँ । त्यहाँ एक परेवाको मोडल राखिएको थियो । जसमा एउटा क्यामेरा बाँधिएको थियो । म त्यतिबेला दोस्रो विश्वयुद्ध सम्बन्धी एक पुस्तक लेखिरहेको थिएँ  । जसको लागि म बेलायतको तर्फबाट परेवाको प्रयोगको बारेमा जानकारी जुटाइरहेको थिएँ । सीआईएको म्युजियममा परेवामा बाँधेको क्यामेरा देखेर चासो बढेको थियो । त्यो समय अधिकारीहरुले यसबारेमा मलाई धेरै जानकारी दिएनन् । १९७० मा अपरेसनको कोड नाम ‘टकाना’ राखिएको थियो । यो अभियानमा परेवाको प्रयोग तस्बिर खिच्नको लागि भएको थियो ।

    परेवालाई खुफिया मिसनमा प्रयोग गर्नुको कारण यसको याद गर्ने क्षमता उच्च कोटीको भएर पनि हो । यसका साथै परेवा निकै आज्ञाकारी पनि हुन्छ । यसलाई कुनै पनि क्षेत्रमा उडाए पनि कैयौं माइल टाढा गएर घर फर्किने गर्दछ ।  यही कारणले सीआईएले परेवालाई गुप्त मिसनमा प्रयोग गर्ने गरेको थियो । यद्यपि परेवालाई पोस्टम्यानको रुपमा प्रयोग गर्ने गरिएको हजारौं वर्ष पहिलादेखि सुनिँदै आएको हो । यसलाई जासुसीको काममा प्रथम विश्वयुद्धको बेलामा प्रयोग गरिएको थियो ।

    दोस्रो विश्वयुद्धमा बेलायती खुफिया विभागको एक ब्रान्च एमआई १४ (डी)ले जासुसी परेवा सर्भिस सुरु गरेको थियो । यो सर्भिसको क्रममा परेवालाई कुनै डिब्बामा राखेर प्यारासुटमा बाँधेर युरोपको आकाशमा छोड्ने गरिन्थ्यो ।

    जानकारीअनुसार करिब एकहजार परेवा खुफिया जानकारी लिएर फर्केका थिए । त्यसमा बी १ रकेट लन्च गर्ने स्थान र जर्मन राडार स्टेशनको जानकारी पनि हुन्थ्यो ।  युद्धपछि बेलायतको खुफिया विभागको संयुक्त कमिटीले परेवाको सब कमिटी बनाएको थियो । यो कमिटीमा शीतयुद्धको क्रममा परेवालाई राम्रो ढंगले प्रयोग गर्ने तयारीका बारेमा छलफल हुने गरेको थियो ।

    यद्यपि पछि बेलायतले परेवा सम्बन्धी अधिकांश अभियान बन्द गर्यो । तर, सीआईएले परेवाको क्षमताको पहिचान गरेर त्यसलाई अझ राम्रोसँग प्रयोग गर्ने जनाएको थियो ।  अपरेसन टकानाका क्रममा केही अन्य जनावरको पनि प्रयोग गरिएको बताइएको छ । सीआईएको फाइलमा जनाइएअनुसार एक कागलाई पनि यसप्रकारको तालिम दिएको थियो ।

    त्यसले ४० ग्राम भार भएको वस्तुलाई कुनै भवनको ढोकामा लगेर राख्न सक्थ्यो । एक रातो लेजर लाइटको माध्यमबाट टार्गेटलाई मार्क गरिन्थ्यो । एक खास बत्तीको माध्यमबाट पंक्षी फिर्ता आउने गरेको थियो । एक पटक युरोपमा पनि सीआईएले पंक्षीको माध्यमबाट एक भवनको ढोकामा जासुसी उपकरण राख्न सकेको थियो ।
    यसका साथै सीआईएले पठाएका पंक्षीको माध्यमबाट सोभियत संघले केमिकल हतियारको प्रयोग गरे नगरेको पनि पत्ता लगाउने प्रयास गरेको थियो । यस खालको तालिम कुकुरलाई पनि दिइएको थियो ।

    यद्यपि यो बारेमा धेरै जानकारी दिइएको छैन । एक पुरानो रिपोर्टमा जनाइएअनुसार ‘अकाउस्टिक किट्टी’ नामको अपरेसनमा एक बिरालोमा पनि उपकरण जडान गरिएको थियो । त्यसले आवाज सुन्ने र रेकर्ड गर्न सक्थ्यो ।  १९६० को फाइलमा जनाइएअनुसार सीआईएले दोस्रो देशका बन्दरगाहमा जासुसीको लागि डल्फिनको प्रयोग गरेको थियो । पश्चिमी फ्लोरिडामा दुश्मनको जहाजमा हमलाको लागि डल्फिनलाई तयार पारिएको थियो ।

    यसका साथै डल्फिनलाई समुद्रमा न्युक्लियर पनडुब्बीलाई पत्ता लगाउने तरिका पनि सिकाइएको थियो । रेडियो एक्टिभ हतियारलाई पहिचान गर्न सक्ने तरिका पनि त्यतिबेला सिकाइएको थियो । १९६७ मा सीआइएले आफ्नो तीन कार्यक्रममा ६ लाख डलर भन्दा बढी पैसा खर्च गरेको थियो । ती कार्यक्रममा  डाल्फिन, पंक्षी, कुकुर र बिरालोको प्रयोगको बारेमा चर्चा गरिएको थियो ।

    एक फाइलमा जनाइएअनुसार कनाडाई बाजको प्रयोग खुफिया जानकारी जुटाउनका लागि प्रयोग गरिएको थियो । यसअघि सुगाको प्रजातीलाई पनि प्रयोग गर्ने गरिएको थियो ।

    परेवा सबैभन्दा प्रभावशाली

    सीआईएले आफ्नो अभियानको लागि थुप्रै जनावर र पंक्षीको प्रयोग गर्ने गरेको थियो । उसले यी मध्ये  परेवा सबैभन्दा प्रभावशाली पाइएको थियो । यही कारण १९७० को मध्यमा सीआइएले परेवासँग जोडिएको एक शृंखला नै शुरु गर्यो । परेवालाई दोस्रो अभियानमा पनि सामेल गर्न थालियो । एक परेवालाई जेलको माथि तैनाथ गरियो भने दोस्रोलाई वाशिङटनस्थित नौसेनाको कार्यालयमा राखियो । यो अभियानमा सामेल गर्ने क्यामेराको मूल्य २ हजार डलरसम्म पर्थ्यो । जसको तौल केवल ३५ ग्राम मात्रै हुन्थ्यो । त्यसलाई बाँध्नको लागि जुन वस्तुको प्रयोग गरिन्थ्यो त्यसको तौल ५ ग्राम भन्दा पनि कम थियो ।

    परीक्षणबाट थाहा भयो कि परेवाले नौसेनाको कार्यालयबाट १४० तस्बिर लिन सक्यो । जसमा आधा तस्बिर राम्रो गुणस्तरका थिए । यो तस्बिरमा गाडी र मान्छे पनि निकै प्रष्ट देखिएका थिए । विशेषज्ञले यो कुरा पनि थाहा पाएकी सोही क्रममा खुफिया सेटलाइटबाट खिचिएका तस्बिरको गुणस्तर परेवाको प्रयोगबाट खिचिएकाको भन्दा कम गुणस्तर थियो ।

    यद्यपि परेवाको प्रयोगमा एक डर यो थियो कि यदि कुनै व्यक्तिलाई शंका भएमा उसले परेवालाई मार्दिन सक्थ्यो र अभियानमा नै अप्ठेरो पर्न सक्थ्यो ।

    परेवालाई तत्कालीन सोभियत संघमा छोड्नको लागि निकै गोप्य तरिका अपनाइन्थ्यो । तिनीहरुलाई जहाजमा छिपाएर मस्को लगिन्थ्यो । त्यसपछि आफूले छोड्न चाहेको रणनीतिक महत्वको क्षेत्र नजिकै  ती परेवालाई छोडिन्थ्यो । यसैगरी चल्दै गरेको गाडीको झ्यालबाट समेत छोडिन्थ्यो । त्यसपछि परेवालक्षित स्थानमा जान्थे र तालिम अनुसार फर्केर आउने गरेका थिए ।

    सेप्टेम्बर १९७६को एक मेमोका अनुसार लेनिनग्रादमा एक समुद्री जहाजलाई निशाना बनाइएको थियो । त्यहाँ सबैभन्दा आधुनिक सोभियत पनडुब्बी तैनाथ हुने गरेका थिए । ती जासुस परेवाले सीआईएलाई के सूचना दिए र त्यो सूचनाबाट के फाइदा भयो भन्ने बारेमा अझै पनि रहस्य नै रहेको छ ।

    (बीबीसीमा बेलायती लेखक तथा पत्रकार गोर्डन कोरेराको आलेख)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑