• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    बजेट भाषण २०८० / ८१ Live

    होमपेज / Breaking News

    वीरगन्ज कारागारमा मुख्य नाईकेको साम्राज्य

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार २३:२६
  • ७२२३

    वीरगन्ज : वीरगन्ज कारागारमा कैदीबन्दीसंग अवैध असुली गर्नका लागि वासिङ्ग रुम संचालनमा रहेपनि कारागार प्रशासन र जिल्ला प्रशासन कार्यालय बेखबर छ । कारागारका मुख्य नाईके शेख सहामद उर्फ शेख भोलाले कारागार भित्र आफनो सम्राज्य चलाएका छन । लागु औषध कारोबार देखि लिएर रंगदारी असुली सम्मको धन्धा कारागार भित्र संचालन भएपनि स्थानिय प्रशासनलाई खबर छैन ।

    विभिन्न अपराधिक गतविधिमा पक्राउ परेका व्यक्तिहरुलाई अदालतले सजाय तोकेपछि वीरगन्ज कारागार भित्र छिर्ने वित्तिकै भोलाले आफनो हुकुम्म चलाउँने गरेका छन । कैदीको व्याकग्राउण्ड हेरी हेरी वासिङ्ग रुममा लगेर यातना दिने गरेको वीरगन्ज कारागारमा एकजना भुक्त भोगीले नाम नछाप्ने सर्तमा बताए ।

    बाहिर सोचेको जस्तो कारागार भित्र छैन् उनले भने, भित्र पस्ने वित्तिकै भोला र उनको भाई नाईकेहरुले (वासिङ्ग रुमले परिचित) एउटा अन्ध्यारो कोठामा लगेर निर्घात कुटपिट गर्ने काम हुन्छ, जति विलौना गरेपनि केहि सुनवाई हुदैन पहिला राम्ररी कुटपिट गरी चरमयातना दिईन्छ त्यसपछि रकमको डिमान्ड गर्ने गरेका छन ।

    शुरुमा कैदीबन्दीलाई पशुसरह निर्घात कुटपिट गरीन्छ त्यसपछि पैसाको डिमान्ड हुन्छ, मागेजतिको रकम नदिए २४ घण्टा वासिंङ्ग रुपमा राखेर चरमयातना दिने गरेका छन । कैदीको क्षमता अनुसारको उनको परिवार संग रकम मगाउँने गरेका छन ।

    कैदी संग १५ हजार देखि ३ लाख ४ लाख सम्म अवैध असुली गर्ने गरेका छन । कारागार भित्र मुख्य नाईके भोलाको नियम कानुन चल्छ, प्रशासनको होईन् । श्रोतका अनुसार कारागार भित्र असुलेको रकमको स्थानिय प्रशासन र कारागार प्रशासनलाई समेत भागबन्डा हुने गरेको छ ।

    वीरगंज कारागारमा रहेका एकजना कैदीका परिवारले नाम नछाप्ने सर्तमा भने– मैले आफनो छोरालाई चरणयातनाबाट बचाउँन ४५ हजार रुपैया रंगदारी बुझाउँनु प¥यो । यातना बारे प्रशासनलाई जानकारी गराउँन थप पिडा दिने धम्की समेत दिने गरेको छन । मुख्य नाइके वा भाइनाइकेले मेरोबारेमा सुइँको पाएपछि उनीहरूले कारागारमा यातना दिने उनको भनाइ थियो । यस्ता घटना जेलभित्र जाने अधिकांश कैदीले भोगिरहेका छन् ।

    रंगदारीको रकम नबुझाए २४ घण्टा वासिङ्ग रुपमा राखेर यातना दिने गरेका छन । शौचालय जान देखि लिएर खाना खान सम्म आफना एकजना भाईनाईकेलाई पछाडी लगाउने गरेका हुन्छन् दाँया बाँया हेर्योकी हिकाई हाल्छन् । अहिले पनि आधा दर्जन भन्दा बढी कैदीहरु वासिंङ्ग रुपमा राखिएको छ ।

    कारागार भित्र शेख भोलाले सुविधा सम्पन्न जीवन विताई रहेका छन । उनले कारागार भित्र नै २४ घण्टा फोन तथा इन्टरनेट सुविधासहित २२ जना कैदीलाई आफनो सुरक्षामा विभिन्न पद दिएर खटाएका छन् । भोला दिनभरि कारागारबाहिर बस्ने, सामान खरीद गर्न दैनिक बजारमा जाने गर्छन् ।

    कारागार भित्र संचालित पसलहरु भोलाकै ईसारामा संचालन हुने गरेको छन । चुरोट, खैनी, पानपराग, पान लगायत अन्य खद्यान्य समाग्री तेब्बर चौब्बर मुल्य तिरेर विक्री गर्ने गरेका छन । यहाँ सम्म कारागारमा आफन्त संग कुरा गर्न राखिएको मोबाईल सेवामा समेत तेब्बर रकम असुल्ने गरेका छन । भोलालाई रगंदारी बुझाउँनु पर्ने भएकोले ५ रुपैयाको समान १५ रुपैयामा विक्री गर्ने गरेको एकजना कैदीले बताए ।

    कारागार भित्रबाट नै भोलाले लागु औषधको कारोबार गर्ने गरेको पनि श्रोतको दावी छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटी रहेको भोलाले स्वयं रक्सौलका एकजना मुस्लीम व्यक्तीको सहयोगमा लागु औषध ब्राउन सुगरको काम गर्ने गरेको श्रोतको दावी छ । त्यसैगरी बाराको गंजभवानीपुरका अर्का बन्दी सुनिल जैसवाल र वीरगन्ज बिक्की साहले पनि लागु औषध चरेस र टिटि ईन्जेक्शनको कारोबार गर्ने गरेका छन ।

    कारागार भित्रबाट नै आफना मान्छेहरु परिचालन गरेर लागु औषधको कारोबार गराउँने गरेको श्रोतको दावी छ । नेपाल तथा सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र रहेको कारागारमा हुने यो अपराधबाट सुरक्षाकर्मी अनभिज्ञ छैनन् । तर कारागारभित्र सबै काम सेटिङमा हुने हुनाले उनीहरू भित्रको कुरालाई नजरअन्दाज गरेर बसेका छन् । सरकारले कैदीबन्दीलाई दिने सेवा सुविधा, उपचार खर्च, खाद्यान्त, पोशाक तथा दैनिक उपभोग्य सामानहरूको व्यवस्थामा समेत भोलाले कटौती गर्ने गरेका छन ।

    कारागार प्रमुख र मुख्य नाईकेको मिलेमतोमा कारागार भित्र र बाहिर हुने अनियमितता ढाकछोप गर्ने गरेको श्रोतले जनाएको छ । कारागारभित्र हुने ज्यादती तथा अनियमितताको बारेमा स्थानिय प्रशासनलाई गोप्य सूचना गरेपनि स्थानिय प्रशासनले वेवास्था गर्दै आएको छ ।

    गोप्य उजूरीपेटी, गुनासो सुन्ने अधिकारीसमेत तोकेको भएपनि कैदीबन्दीबाट कुनै यस्तो समस्या नआएको कारागार व्यवस्थापकको भनाइ छ । तर कैदीहरू भने उजूरी गर्नुको अर्थ थप यातना पाउनुभएकोले कसैले यसबारेमा उजूरी गर्दैन । जेलभित्र बसेको अवस्थामा त्यहाँको क्रियाकलापबारे उजूरी गर्न सक्ने सामथ्र्य कुनैपनि कैदीबन्दीहरूले गर्न सकेका छैनन् ।

    उजुरी गरेपनि केहि सुधार हुनेवाला छैन, वेला वेलामा अनुगमन आउँने गरेको पनि छ, अनुगमन बारे नाईके भोलालाई पहिला नै जानकारी हुन्छ, उसले कारागार भित्र माईकिंग नै गरेर आफू विरुद्ध वा यहाँको अन्य गतिविधि बारे कसैलाई बताए यसको परिणाम नराम्रो हुने चेतावनी दिएका कारण कसैले उसको विरुद्धमा भित्र बोलेका छैन ।

    यही कारण हो, कारागारभित्र विरोध हुँदैन र कारागारबाट बाहिरिएपछि कारागारभित्रका कुराहरू छताछुल्ल हुने गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई कारागारमा त्यस्ता कुनै गतिविधि नभएको दावी गर्छन । कारागारबारेमा गुनासो आउने गरेको र आपूmले गोप्य तरीकाबाट सोधखोज गर्दा कसैले पनि गुनासोको बारेमा पुष्टि गर्दैन उनले भने, मुख्य नाईकेले गल्ती गरेको पाईए कारवाही हुने छ । कारागार भित्र १०२ महिला बन्दी सहित करिब १३ सय ५० जनाको हाराहारीमा कैदीबन्दीहरु रहेका छन ।the nepal to

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा
  • जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू
  • मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने
  • वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

    जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू

    मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै

    मेयर सिंहको सहजिकरणमा वीरगंजका चार स्थानमा नयाँ ट्रान्सफर्मर जडानको काम सुरु

    नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

    जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू

    मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

    News

    जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू

    News

    मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

    News

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

    News

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑