• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    Birgunj sanjalमेयर पदका उम्मेदवारहरूBirgunj sanjalपार्टी चुनाव चिन्हकुल मत
    राजेशमान सिंहछाता 40175
    विजयकुमार सरावगीसुर्य 20457
    गिरीश गिरीहलो 2986

    Birgunj sanjalउपप्रमुख पदका उम्मेदवारहरूBirgunj sanjalचुनाव चिन्हकुल मत
    इम्तियाज आलमगाछी20784
    पुरुषोतमलाल झासाइकल 4792
    बिना जैसबालहलो3699
    रम्‍भा मिश्रागुलाफ 2752

    थप विवरण

    होमपेज / Breaking News

    हंसपुर झडप : लाशमाथि राजनीति

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार २३:२२
  • २९१९

    जनकपुरधाम : हंसपुर नगरपालिका केन्द्र विवादको झडपमा मारिएका ५७ बर्षिय तपेश्वर मण्डलको परिवारजनले दोषीलाई कडा कानुनी कार्वाहीको माग गरिरहँदा मृतकको नाममा मेयर र उपमेयरले राजनीति सुरु गरेको परिवारजनको आरोप छ ।

    मृतकका परिवारजनका अनुसार हंसपुरका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाले मृतक मण्डलको नाममा राजनीति गर्न खोजे पनि मण्डल कुनै पनि राजनीतिक दलमा आवद् नभएका ब्यक्ति हुन् ।
    मेयर मण्डल र उपमेयर झाले राष्ट्यि जनता पार्टी ( राजपा ) बाट चुनाव जिते पनि मृतक मण्डल राजपाको साधारण सदस्य नभएको बताउँदै क्रियापुत्रि बसेका उनका कान्छा छोरा उपेन्द्र मण्डलले घट्नाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्बाही गर्न सहयोग गर्नुको साटो आफ्नो मृतक बुवाको नाममा राजनीति गर्न सुरु गरेको आरोप लगाए । मेयर मण्डल र उपमेयर झा दुबैले मृतक मण्डलको नाममा आफू अनुकुल राजनीति गर्न खोजेको उपेन्द्रको भनाई छ ।

    मेयर र उपमेयर एकअर्काबिरुद्व जाहेरी दर्ता गराउँदै उम्किन खोजेको तथा मेयर रामज्ञान मण्डलले जाहेरी फिर्ता लिन दबाव दिदै मृतक मण्डललाई शहिद घोषणा गर्ने र उचित क्षतिपुर्ति दिलाउने आश्वसन दिन थालेको तथा उपमेयर झाले जाहेरी फिर्ता नलिन दबाव दिने गरेको परिवारजनको भनाई छ ।

    जाहेरी फिर्ता नलिए पार्टीले शहिद घोषणा गरेर उचित क्षतिपुर्तिको ब्यवस्था गरिदिने आश्वसन उपमेयर झाले दिईरहेको मृतक मण्डलको परिवारजनले बताए । घट्ना घटेको महिना दिन बित्न लाग्दा समेत छानबिन समिती समेत नबनाएकोमा आक्रोस पोख्दै उपेन्द्रले भने , झडपमा मेरो बुवालाई मरणासन्न हुने गरि पिट्नेहरुको नामै किटेर उजुरी हाल्दा समेत प्रहरीले दोषीलाई पक्राउ गरेको छैन ।

    केन्द्र सार्ने बिषयमा साउन २१ गते दुई पक्षविच झडप हुँदा मण्डल घाईते बनेका थिए । उनको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा भदौ १८ गते निधन भएको थियो । मण्डलको अझै सम्म पोष्ट मार्टम रिपोर्ट आएको छैन ।
    मृतक मण्डल साधारण किसान थिए । उनका तीन भाई छोरा र एक बहिनी छोरी छन् । सबैको विवाह भईसकेको छ । जेठा छोरा रामदेव मण्डल बैदेशिक रोजगारीमा छन् भने माईला र कान्छा छोरा गाउँमै कृषि गर्छन् । उनिहरुको ५ कठ्ठा जग्ग्गा छ ।
    मृतक मण्डलको क्रियापुत्रि बसेका कान्छा छोरा उपेन्द्र ज्वोरो र रुघाखोकीले ग्रसित बनेका छन् । उनि उठेर बोल्न सक्ने अवस्थामा समेत छैनन् । सिटामोल खाई रहेका उनि उपचारको लागी अश्पताल पनि गएका छैनन् ।

    अझै त्रसित छन् बघचौडावासी

    साउन २१ गते मंगलवारे हटियाको दिन भएको झडपबारे अझै पनि कोही खुलेर बोल्न चाहँदैनन् । कोही नौलो मान्छे देख्नसाथ हंसपुरवासी तर्सिने गरेकाछन् । बघचौडाको श्री उच्च माध्यामिक विद्यालय अगाडी भएको झडपमा महिला र बालबालिका समेत घाईते बनेको स्थानिय बृद्ध रामचन्द्र साहले बताए । स्वं साह पनि झडपमा घाईते बनेका थिए ।

    विहान ११ बजे ट्याक्टर लिएर बघचौडास्थित हंसपुर नगरपालिका कार्यालयको भौतिक सामाग्रि लिन आएका मेयर मण्डल पक्षधरहरुसँग उपमेयर रेणु झा पक्षको झडप भएको थियो ।
    मेयर मण्डल बेल्हिचोकमा नगरपालिकाको केन्द्र सार्न चाहन्छन् भने उपमेयर झा साविककै बघचौडामा केन्द्र कायम गर्न चाहन्छिन् । र यहि बिषयलाई लिएर उत्पन्न बिवाद अहिले उत्कर्षमा छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन
  • मदिराको नशामा नयाँ बजारमा युवकको हत्या, २ जना पक्राउ
  • वीरगञ्जमा रगतको अभाव
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह

      पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

      मदिराको नशामा नयाँ बजारमा युवकको हत्या, २ जना पक्राउ

      वीरगञ्जमा रगतको अभाव

      पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

      बाराको पचरौताबाट सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा गाजा बरामद

      पर्सामा माओवादीको सुपडा साफ, पछिल्लो पटक ३ पालिका जित्दा अहिले २ वडामै सिमित

      पर्सागढी नगरपालिकाबाट घरेलु बन्दुक सहित एक जना पक्राउ

      बाराको महागढीमाई नगरपालिकाको मेयरमा उपेन्द्रप्रसाद यादव दोहोरिए

      लाटोकोसेरो चरा (उल्लू) १ गोटा सहित दुई जना भारतीय नागरीक नियन्त्रणमा

      मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह

      पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

      मदिराको नशामा नयाँ बजारमा युवकको हत्या, २ जना पक्राउ

      वीरगञ्जमा रगतको अभाव

      पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह

      News

      पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

      News

      मदिराको नशामा नयाँ बजारमा युवकको हत्या, २ जना पक्राउ

      News

      वीरगञ्जमा रगतको अभाव

      News

      पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑