नेपाली कांग्रेस पर्साद्वारा वीरगन्जमा प्रर्दशन तथा चक्का जाम – भिडियो सहित
वीरगंज संजाल
Sep 16, 2019, 10:32 pm
४३४१
वीरगन्ज। नेपाली कांग्रेस पर्साले सोमबार वीरगन्जमा प्रर्दशन तथा चक्का जाम गरेको छ । बाँके घटनाको दोषीलाई कर्वाहीको मांग गर्दै नेपाली कांग्रेस पर्साले वीरगन्जको घण्टाघरमा आज केही बेर चक्का जाम गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
बांकेमा नेपाली कांग्रेसको जागरण अभियान भइरहदा नेकपा कार्यकर्ताद्वारा जिल्ला सभापती किरण कोइराला लगायत नेता तथा कार्यकर्ता माथी भएको कुटपिटको विरोधमा नेपाली कांग्रेस पर्साले वीरगन्जमा जक्का जाम गर्नुको साथै प्रदर्शन समेत गरेको हो ।
सयौंको संख्यामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वीरगन्जको घण्टाघरमा १५ मिनेट चक्का जाम गर्नुको साथै त्यहांबाट जिल्ला प्रशासन कार्यालय पर्सामा पगी ज्ञापन पत्र बुझाएका हुन ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, जिल्ल सभापति अजय द्विवेदी, नेता सुरेंद्र चौधरी, अनिल रुंगटा, प्रदेश सभा सदस्यहरू राजेश्वर साह तेली, ओम प्रकाश शर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।yatra daily