समाजमा बढ्दै गएका अपराधिक घटना न्युनिकरणका लागी नेपाल प्रहरीले देशै भर लागु गरेको समुदाय– प्रहरी साझेदारी कार्यक्रमलाई महोत्तरी प्रहरीले तिब्रता दिएको छ । समुदाय प्रहरी साझेदारी अबधारण अन्तर्गत आज महोत्तरीको औरहीमा लैङगिक हिंसा न्यनिकरण,लागु औषधी र मानब बेच बिखन सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रममा स्थानीय राजनीतिकर्मी दरेश यादवले शान्ति सुरक्षालाई ठिक ढङ्गले अगाडी बढाउनका लागि प्रहरी साझेदारी कार्यक्रम प्रशंसनीय भएको भन्दै प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी तरिकाले अगाडी बढाउनुपर्ने बताउनुभएको छ । बिभिन्न अपराध र हिँशाजन्य क्रियाकलापलाई रोक्नका लागि सरोकारवाला जिम्मेवार र जवाफदेही बन्नुपर्ने उनको भनाई थियो । सामाजिक बिकासका लागि प्रहरीको भूमिका महत्वपुर्ण हुने बताउदै सुरक्षालाई बिकास संग र बिकास निर्माणका हरेक क्रियाकलापलाई शान्ति सुरक्षा संग जोड्नुपर्ने बताउनुभयो ।