
आईतवार मलेसियाको राजधानी क्वालालम्पुर बुकित बिन्ताङमा अवस्थित क्याफे काठमाडौंको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच अधिबेशन सभ्य भब्य रुपमा सम्पन्न भएको थारु समाज मलेसियाको संस्थापक/संरक्षक समाजिक अभियन्ता,पत्रकार घनश्याम चौधरी (आरएन थारु)ले बताउनु भयो ।
थारुले जानकारी गराए अनुसार प्रवासी थारु सेवा समाज मलेसियाको अधिबेशनले सर्व सम्मतीबाट छानिएको पदाधिकारीहरुको नमावली निम्न प्रकारको रहेको छ ।
आर.पी चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा थारु समाज केन्द्र क्वालालम्पुर,पेनाङ क्षेत्रीय समितीको अध्यक्ष परशुराम चौधरी,नेपाल मगर संघ पेनाङका पदाधिकारी इन्दिरा राना मगर,दलित एकता संजालका राधा लुहार,अर्जुन चौधरी,रितोश चौधरी,पत्रकार कृष्ण गुप्ता लगायतको उपस्थित पदाधिकारीहरु बिच २०२० मा अरु देशमा जस्तै मलेसियामा समेत थारु समुदायको प्रमुख चाड माघे सङ्क्रान्ती,माघी महोत्सव आयोजना गरिने बारे,थारु समुदायको कला संस्कृतिलाई विश्व सामु कसरी चिनाउन सकिन्छ भन्ने बारे र संस्थागत कामकुरा बारे विशेष छलफल भएको थियो। साथै कार्यक्रमा थारु समुदायको मुख्य परिकार मानिने घोङ्गीको समेत ब्यवस्था रहेको थियो ।

