ग्राहकका सवारीसाधनलाई बैंकद्वारा निषेध जारी सार्वजनिक बाटोमा नो पार्किड्ढो साइनबोर्ड
वीरगंज संजाल
३० भाद्र २०७६, सोमबार ०६:१३
४३०१
वीरगंज | वीरगंज महानगरपालिकास्थित बैंक तथा वित्तीय संस्थाहरूले सवारीसाधन पार्किङमा चरम लापरवाही देखाउँदै आएका छन् ।बैंक तथा वित्तीय संस्थाहरूले सेवाग्राहीहरूको सवारी पार्किड्ढो व्यवस्था स्वयंले गर्नुपर्नेमा वीमनपाले कैयनपटक सरोकारवालाहरूसँग बैठक गरी सवारी पार्किड्ढो लागि सहमति बनाएपनि बैंक तथा वित्तीय संस्थाहरूले सो सहमति कार्यान्वयनमा ल्याएका छैनन् । द्वन्द्वकालमा आप्mनो पार्किङस्थलमा ग्राहकहरूको सवारी पार्किङ निषेध गरेका बैंक तथा वित्तीय संस्थाहरूले अहिलेको सहज अवस्थामा पनि निषेध यथावत् राखेका छन् ।
बैंकमा आउने ग्राहकहरूको सवारीसाधनको पार्किङ गर्ने स्थल बैंकले नै व्यवस्था गर्नुपर्ने भन्दै मनपाले कैयन् पटक लिखित पत्राचार गरिसकेको छ तर त्यो पत्रलाई अहिलेसम्म अटेर गरिएको व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले बताए । उनले बैंकले आप्mनो पार्किङमा ग्राहकको सवारीसाधन राख्न नदिएको र मनपाको मेनरोड र सहायक रोडमा सवारी पार्किङमा पनि डिभाइडर राखेर नो पार्किङ बनाएकोमा आपत्ति व्यक्त गरेका छन् । आप्mनो पार्किङमा सवारी पार्क गर्न नदिने र सार्वजनिक स्थलमा नो पार्किड्ढो बोर्ड झुन्ड्याउने बैंकको गैरजिम्मेवारीपन भएको उनले बताए ।
आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बैंकहरूले लापरवाहीको सीमा नाघेको बताएका छन् । उनले पटक–पटकको सहमति कार्यान्वयन नगर्नु र एकतर्फी पार्किङमा आप्mनो प्रवेशद्वारमा नो पार्किड्ढो बोर्ड झुन्ड्याएर ट्राफिक व्यवस्थापनमा व्यवधान खडा गरिएको बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रनि राजकुमार सिंहले बंैक अगाडि राखिएको नो पार्किड्ढो बोर्ड कैयन्पटक नियन्त्रणमा लिइएको बताए । उनले बैंकले सार्वजनिक सडकमा नो पार्किड्ढो बोर्ड झुन्ड्याउने गैरजिम्मेवारीपन हो भन्दै पुनः कारबाई प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
वीरगंजमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू मेनरोड, सहायक रोडमा छन् । उनीहरूमध्ये २५ प्रतिशतको आप्mनै सवारी पार्किङ छ । सवारी पार्किङ भएका हिमालयन, लक्ष्मी, सिद्धार्थ, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एसबिआई बैंकलगायतले ग्राहकको सवारीसाधन पार्क दिएका छैनन् । सवारी पार्किङ नभएका बैंकहरूले पनि पार्किड्ढो व्यवस्था गर्नुको साटो आआप्mनो कार्यालय अगाडि नो पार्किड्ढो बोर्ड झुन्ड्याएर ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना गरेको देखिन्छ ।