• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    वीरगञ्ज महानगरपालिका मेयरका काण्डै–काण्ड, बेगम भने ठण्डा

  • वीरगंज संजाल
  • २९ भाद्र २०७६, आईतवार २३:२७
  • ५८९५

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको मेयर बनेपछि विजय सरावगी विभिन्न काण्डमा मुछिएका छन् । महानगरपालिका भित्र भइरहेको बेथिति, अनियमितता र कमिशन लगायत भ्रष्टाचार काण्डमा जोडिएका मेयर सरावगी विरुद्ध राष्ट्रिय जनता पार्टी (राजपा)ले सार्वजनिक ढंगले सडकमा उत्रिन पुग्यो । यसले मेयर सरावगीले गरेका अनियमितता छताछुल्ला हुन पुगेको हो ।

    महानगरपालिकाका लागि चाहिने विभिन्न सामाग्रिमा मोटो कमिशन लिएर खरिद गर्ने आरोप लागेका मेयर सरावगीमाथि विभिन्न निर्माण कार्यगर्दा भ्रष्टाचार गर्दै आएको बात पनि लागेको छ ।

    महानगरको निर्वाचन अगाडि नेपाली कांग्रेसले टिकट नदिएपछि राजपा, तत्कालीन नेकपा एमालेसँग कुरा नमिलेपछि समाजवादी पार्टीमा गएर टिकट लिई जितेका सरावगीले अहिले समाजवादी पार्टीका नेताहरुलाई समेत गन्न छोडेका छन् । समाजवादी पार्टीका स्थानीय र प्रदेशका नेता कार्यकर्तालाई नगन्ने मेयर सरावगीलाई समावादी पार्टीका स्थानीय नेताहरुले ‘ध्रुबे हात्ती’ भनेर उडाउने गरेका छन् । पहिले उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष समेत रहेका सरावगी नेपालकै नाम चलेका केमिकल सप्लार्यस हुन् । मारवाडी समुदायबाट व्यापारि हुँदै राजनीतिमा प्रवेश गरेका सरावगीले महानगरभित्र पनि नाफा नोक्सान केलाउदै हिसाबकिताब गर्ने गरेको महानगरकै कर्मचारी बताउँछन् ।

    समाजवादी पार्टीका नेता करिमा बेगमसमेत मेयर सरावगीको कार्यशैलिबाट आजित बनेकी छन् । आफ्नो निकटहरुदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवसम्म उनले मेयर सरावगीका विषयमा गुनासो गर्दै आएकी छन् । बेलाबखत मेयर सरावगीले नेता बेगमले भने अनुसार केही काम गरेपनि कमिशन आउने काम भने नगरेको गुनासो बेगमले गर्दै आएकी छन् ।

    नेता बेगमले एउटा मोटो कमिशन आउने काम मेयर सरावगीलाई भन्दा नगरिदिएपछि उनी आगो बनेकी थिइन् । यो कुरा थाहापाएर मेयर वीरगञ्जबाट सिँधै काठमाडौं पुगेर उपप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष यादवलाई भेटेर कुरा मिलाएका थिए ।

    त्यसोत अहिले वीरगञ्ज महानगरपालिकामा अनियमितता र बेथिति बढेको छ ।महानगरपालिकामा भइरहेको अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धन आयोगदेखि राष्ट्रिय सर्तकता केन्द्री हुँदै सार्वजनिक खरिद अनुगमन कार्यलय काठमाडौंमा समेत उजुरी परेको बताइन्छ । अख्तियार कार्यालय बर्दिबासले महानगरमा भइरहेको अनियमितताका विषयमा छानबिन गरिरहेको बुझिएको छ ।

    पछिल्लो पटक महानगरको मसलन्द शीर्षक अन्तर्गत भएको अनियमितताको उजुरी अडभेट स्टोर चन्द्रागिरि, काठमाडौंका नामबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दर्ता भएको छ । उजुरीमा महानगरपालिकाले ६० लाख रुपैयाँभन्दा बढी रकम खरिद गर्दा विद्युतीय खरिद निर्दशिका २०७४ लाई मेयर सरावगीको निर्देशनमा लत्याइएको छ ।

    यसैगरी, मालसामान खरिद गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको स्ट्यान्डर्ड बीड डकुमेन्ट प्रयोग गर्नुपर्नेमा ऐनको बर्खिलाप गरी बदनियतपूर्ण तरिकाले बीड डकुमेन्ट बनाएको उजुरीमा उल्लेख गरेका छन् । यसका साथै वाइटमवाइज दररेटमा मात्र प्रतिस्पर्धा गराएकोमा ऐनविपरीत प्रक्रिया अगाडि बढाएको भनी उल्लेख गरेका छन् ।

    अनुगमन कार्यालयले जारी गरेको स्ट्यान्डर्ड बीड डकुमेन्टको प्रयोग नगर्दै स्पेसिफिकेसन तयार गरी कुल लागत अनुमान स्वीकृत गर्नुपर्नेमा सो प्रक्रियालाई पनि नजरअन्दाज गरेको अनुगमन कार्यालयको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    ६० लाख रुपैयाँभन्दा बढीको खरिद गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको खरिद विद्युतीय खरिद निर्देशिका २०७४ को दफा ३५ मा उल्लेख भएबमोजिम विद्युतीय खरिद प्रणालीबाट खरिद कार्य नगरेको तथा सो सम्बन्धमा आवश्यक पूर्वाधारसमेत तयार गर्न नसकेको अवस्था देखिएको हुँँदा प्रचलित ऐन २०६३ को ६१ (क) तथा ६५ (२क) बमोजिम प्रक्रियाविपरीत खरिद कार्यमा संलग्न कर्मचारीलाई विभागीय कारबाहीका लागि सो महानगरपालिका तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाएको आफ्नो प्रतिवेदनमा सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलले उल्लेख गरेको छ ।

    त्यसोत २०५४ सालतिर वीरगञ्ज महानगरका तत्कालीन कर्मचारी हालका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यस्तै खरिदकाण्डमा मुछिएपछि अख्तियारको मुद्दा झेल्दै राजनीतिमा होमिएका थिए । पछि सो मुद्दा राउतकै पक्षमा निर्णय भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑