• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  कला मनोरंजन

    इन्डोनेशियामा बन्धक बनाइएकी नेपाली चेलीको कथा

  • वीरगंज संजाल
  • Sep 14, 2019, 12:19 pm
  • ४४९५

    अस्ट्रेलिया लैजाने सपना देखाएर नौ महिना इन्डोनेशियाको जाकार्ता र बालीमा बन्धक बनाइएकी एक नेपाली युवतीले दलाललाई लाखौँ रुपैयाँ बुझाइन् तर उनी अस्ट्रेलिया कहिल्यै पुगिनन् ।
    यौन आक्रमणबाट समेत बच्न सफल भएकी उनी कसरी नेपाल फर्किइन् ?

    ****************
    म नेपाल फर्किएको केही दिन भइसकेको छ । तर म अहिले पनि इन्डोनेशियामा बन्धक नै छु जस्तो लागिरहेको छ ।

    मलाई विश्वासै लागिरहेको छैन कि म अहिले नेपाल फर्किइसकेँ भनेर । मेरो जीउ अझै थरथर काँप्छ ।

    म अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेको छु ।

    मेरो विदेश यात्राको कथा झन्डै एक वर्षअघि सुरु भएको थियो ।

    नयाँ शैली र नयाँ मार्ग प्रयोग गरेर नेपालबाट यसरी हुन्छ, मानव तस्करी ।

    ‘साउदीमा १० वर्ष शोषण, बन्धकको जस्तो जीवन’
    नेपालमा मेरा उमेरका धेरै साथीहरू विदेश गएर रमाएका तस्बिरहरू देख्दा मलाई पनि विदेश जान मन लाग्थ्यो ।

    १२ कक्षासम्मको अध्ययन पूरा गरेपछि पढाइ रोकिएको थियो ।

    मेरा धेरै साथीहरू अस्ट्रेलिया गइरहेको देखेर मलाई पनि त्यहाँ जान रहर लाग्यो ।

    म घरकी जेठी छोरी । अहिले २३ वर्षकी भएँ । घरमा आमा, बुवा र दुई भाइ छन् । घरको आर्थिक अवस्था कमजोर भएकोले मनमनै अस्ट्रेलियामा थप अध्ययन गर्ने र फुर्सदमा पैसा कमाउने योजना बुन्न थालेँ ।

    काठमाडौंमा सोधीखोजी गर्दा अस्ट्रेलिया लैजाने एक जना दाई भेटिए ।

    ‘अस्ट्रेलिया यात्रा प्रारम्भ’
    उनले पैसा धेरै नलाग्ने र जाने प्रक्रिया पनि छिटो हुने बताए । मेरो बुबाआमा गाउँमा सामान्य खेतीकिसानी गर्नुहुन्छ ।

    उहाँहरूसँग त्यति धेरै पैसा थिएन । जसोतसो ऋण खोज्ने कुरा भयो । हामीले घरजग्गा धितो राखेर एउटा बैंकबाट १६ लाख ५० हजार रुपैयाँ ऋण लियौँ ।

    सुरुमा अस्ट्रेलिया लैजाने ती दाईलाई डेढ लाख रुपैयाँ बुझाएँ । उनले ‘सेटिङ्ग मिलाएर’ उडिहाल्ने योजना सुनाए ।

    २०७५ साल मंसिर १२ गते म र एक जना नेपाली दाई मलेशिया उड्यौँ । त्यहाँबाट हामीलाई (इन्डोनेशियाको राजधानी शहर) जाकार्ता पुर्याइयो ।

    त्यहाँ हामीलाई लिन एकजना भारतीय दलाल आए । हामीलाई एउटा होटलमा लगेर राखियो ।

    त्यसपछि हाम्रो दुःख सुरु भयो । अस्ट्रेलिया उड्नको लागि भिसा बनाउन र ‘सेटिङ्ग’ मिलाउनका लागि थप पैसा चाहिन्छ भन्दै नेपालबाट थप पैसा मगाउन दवाव दिन थालियो ।

    हामीले थप पैसा मगायौँ र बुझायौँ । तर अस्ट्रेलिया उड्ने दिन कहिल्यै आएन ।

    जाकार्ता र बालीमा बन्धक
    जाकार्तामा कुरेर बस्दै गर्दा नेपालबाट अरू दाईहरू पनि आउन थाले । हामी १३–१४ जना भयौँ । सबैलाई कोठामा बन्धक जस्तै बनाएर राखियो तर काम केही भएन ।

    हामी छटपटाउँन थाल्यौँ । खाने र पिउने बन्दोबस्त पनि भएन । कोठामा थुनेर राखियो ।

    हामीले थप पैसा बुझाए अस्ट्रेलिया जान सजिलो हुने भनियो । त्यसपछि हामीले फेरि पैसा मगायौँ र बुझायौँ ।

    मैँले पटक–पटक गरेर १६ लाखभन्दा बढी बुझाएँ । तर अस्ट्रेलिया जाने दिन कहिल्यै आएन ।त्यसपछि हामीलाई बाली पुगेर त्यहाँबाट अस्ट्रेलिया जान सजिलो हुन्छ भनियो ।

    चीन र कोरियामा बेचिन्छन् ‘नेपाली दुलही’
    ‘देह व्यापारमा लगाउन छिटो बढ्ने औषधी’

    दुई दिनको ट्याक्सी यात्रापछि हामी बाली पुग्यौँ । त्यहाँ पनि एउटा होटलमा राखियो । जहाँ खान पकाउन मिल्ने सुविधा थियो ।

    तर हामीलाई राम्ररी खान पनि दिइएन । म रोएर बस्थे । नेपाली दाईहरुले नै खाना खोजेर ल्याइदिन्थे ।

    (बालीमा संसारभरीबाट मानिसहरु घुम्न जान्छन् ।) हामीलाई कतै घुम्न जान पनि दिइएन । त्यहाँ पनि दिन बित्दै गयो । तर केही भएन ।

    दाईहरूलाई क्यानडा पठाइदिने भनिएको रहेछ । तर केही भएन ।

    बालीमा एक महिना जति राखेपछि हामीलाई फेरि जाकार्ता फिर्ता लगियो । त्यतिबेला हामीले अस्ट्रेलिया जान मिल्छ भन्ने आशा पूरै त्याग्यौँ ।

    हामीलाई नेपाल फर्किने व्यवस्था मिलाइदिन दलाललाई आग्रह गर्यौँ । तर तोकिएको भन्दा लामो समय इन्डोनेशिया बसेर ‘ओभरस्टे’ भएको भन्दै हामीलाई प्रहरीले पक्रिएर जेल हाल्न सक्छ भन्दै तर्साइयो ।

    उम्कनका लागि हामीले लाखौँ रुपैयाँ जरिवाना तिर्नुपर्ने भनियो ।

    यौन शोषण गर्ने प्रयास
    हामीलाई जाकार्ता शहरको एउटा कोठामा फेरि बन्धक बनाएर राखियो ।

    पैसा मगाइदिन्छु नेपाल फर्काइदेउ भन्दा दलालले अर्को कोठामा लगेर मलाई यौन शोषण गर्ने प्रयास पनि गर्याे । तर नेपाली दाइहरूले मलाई बचाउनुभयो । त्यसपछि म साह्रै विक्षिप्त र दुःखी भएँ । रोएर दिन र रात बिताउन थाले ।

    कति दिन त आत्महत्या गर्ने सोच पनि बनाएँ । तर नेपाली दाईहरूले आड भरोसा दिइरहनु भयो ।
    दलालले हाम्रो पासपोर्ट र मोबाइल फोन पनि खोसेर राखेका थिए ।

    ऊ त पैसाको लागि जति पनि गिर्नसक्दो रहेछ । पैसाको लागि जे पनि गर्न तयार हुने रहेछ ।
    मैले एउटा मोबाइल फोन आफैँ लुकाएर राखेको थिएँ ।

    एक दिन कुनै उपाय निकालेर त्यसबाटै नेपालमा रहेका एक समाजसेवी दाई र भाउजुसँग सम्पर्क गरेँ र आफ्नो समस्या बताएँ ।

    उहाँहरूले मलाई नेपाल फिर्ता लैजाने आश्वासन दिनुभयो । त्यसपछि म केही आशावादी भएँ ।

    नेपालबाट सहयोगी हात
    भित्रभित्रै कुरा मिलाएर उहाँ मलाई उद्धार गर्न एक दिन जाकार्ता आउनुभयो । रकम तिरेर मलाई फिर्ता लैजाने भन्दै दलाललाई भेट्नु भयो ।

    उहाँहरूले जाकार्तामा धेरै हैरानी खेप्नु पर्यो र धेरै खर्च गर्नुभयो ।

    भित्रभित्रै कुरा मिलाएर धेरै जनाको सहयोग लिएर उहाँले जाकार्तामा हामीलाई फर्काउन कागजपत्र बनाउनुभएछ ।

    उहाँले नै (ती भारतीय दलालसहित) हामी सबैजनालाई भदौको पहिलो साता नेपाल ल्याउनु भयो । (लगत्तै भारतीय दलाल र उनका सहयोगी पनि पक्राउ परेका छन् ।)

    अहिले म न्यायको पर्खाइमा छु । मेरो खेर गएको रकम फिर्ता पाउने आशामा छु ।

    युवायुवतीलाई सन्देश
    म जे जस्तो भोगेँ त्यो त मलाई नै थाहा छ । मैले आत्महत्या गरेको भए मेरो जीवन मेटिन सक्थ्यो तर मेरो घर परिवारले समेत निकै दुःख पाउन सक्थे ।

    तर म आज बाँचेकी छु ।

    नेपालबाट पैसा कमाउन भन्दै विदेश जान चाहने म जस्तै युवालाई मेरो सन्देश एउटै छ, तपाईँहरू विदेश जाँदै हुनुहुन्छ भने वैध र कानुनी बाटोबाट मात्र जानुहोस् ।

    इजाजतप्राप्त कम्पनीको मात्र भर पर्नुहोस् । सबै कागजपत्र र बिल भर्पाई लिनुहोस् ।

    अर्को देशमा ट्रान्जिटमा गएर कुरेर फेरि त्यहाँबाट पछि जाने भन्ने जस्ता जाल वा पासोमा नपर्नुहोस् ।

    (एक नेपाली समाजसेवीको सहयोगमा हालै नेपाल फर्काइएकी ती युवतीले बिबिसीका सुरेन्द्र फुयाललाई आफ्नो कथा–व्यथा सुनाएकी हुन् ।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑