• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    बिरगंजमा बेरोजगारलाई रोजगार दिने पसल सञ्चालनमा,मुख्यमन्त्रीले रिबन काटेर गरे उद्घाटन

  • वीरगंज संजाल
  • Sep 14, 2019, 12:00 pm
  • ५१४७

    वीरगंज। बिरगंजमा रोजगार दिने पसल सञ्चालनमा आएको छ ।बेरोजगार व्यक्तिहरुलाई उनिहरुको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघ-संस्थाहरु सम्म पुर्‍याई रोजगार प्रदान गर्ने उद्देश्यले सो पसल खुलेको हो । प्रदेश नं २ का मुख्यमन्त्री श्री मोहम्मद लालबाबु राउतले औपचारिक कार्यक्रम मार्फत पसलको रिबन काटेर उद्घाटन गरे ।

    उनले प्रदेश नं २ का होटेल, कल कारखाना, उधोग, अस्पताल, बिधालय लगायत अनेकौं प्रकारका ब्यापारीक संघ-संस्थाहरु खुलेको बताउँदै त्यहाँ आवश्यक पर्ने सबल र दक्ष कामदारहरुको माग यो पसलले सहज रुपमा पुर्‍याउनका लागि मद्दत गर्ने बताए ।CM_P2_1 1 तीन वर्षमा ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चितता गर्दै प्रदेश २ सरकारसँग ६ वटा रोजगारदाताले सम्झौता गरेका छन् ।

    सम्झौताअनुसार प्रभु बैंक, नेपाल एसबीआई बैंक, रोजगार पसल, एमाजोनको सहकार्यमा जेनिस, फ्युज मसिनका साथैं मोरङ अटो वर्क्ससँग रोजगारी दिने सम्झौता गरेको समेत जानकारी गराए ।

    प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्न प्रदेश सरकारको योजनाअनुरूप पहिलोचरणमा प्रदेश सरकार, डिफिड र सेवा प्रदायक विभिन्न ६ वटा संस्थाले बेरोजगार युवाहरूलाई सिप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने सम्झौता भएको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

    यो कार्यक्रम प्रदेशमा रहेका बेरोजगार युवा तथा वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित, महिलालाई लक्षित गरी सञ्चालन गरिने मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्री राउतले एक वर्षको प्रयासपछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एककदम अगाडि बढेको बताए ।रोजगारदाता संस्थालाई प्रदेश सरकारले आवश्यक जुनसुकै सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

    कार्यक्रममा मुख्यमन्त्री राउतले रोजगारदातालाई आवश्यक ऐन कानुन लगायतका अन्य सुविधा उपलब्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहने प्रतिबद्धता जनाए । रोजगार पसलका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरीले यो पसलले रोजगारदाता संघ-संस्था र रोजगार गर्न चाहानेको लागि एउटा पुलको काम गर्ने बताए ।

    ‘हामीले रोजगारदाता संघ संस्थाले गरेको माग अनुसारका दक्ष र सबल कामदारहरु उत्पादन गरेर पठाउछौ’ उनले भने । बिदेशमा गएर पसिना बगाउनु भन्दा सीप सिकेर सीप अनुसारको जागिर नेपालमै गरि आय आर्जन गर्न सकिने उनको भनाई थियो ।

    सन २०१२ मा स्थापना भइ देशका काठमाडौ, ईटहरी तथा पोखरा जस्ता सहरबाट पसलले यो सेवा प्रदान गरि रहेको बिजनेस म्यानेजर सन्जीव निरौलाले बताए । हाल सम्म देशैभरीबाट १ लाख ५० हजार बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनले बताए । उनका अनुसार पसलमा हाल ५ हजार बढी रोजगारदाता संघ संस्थाले आवद्धता जनाएका छन ।

    करीव ८ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीहरुमा पसल मार्फत रोजगारी गरिरहेको उनको भनाई छ । रोजगार पसल शाखा बिरगंज ले प्रदेश नं २ का बेरोजगार व्यक्तिले शाखा बिरगंज कार्यालयमा आई आफ्नो आवेदन निशुल्क रुपमा दर्ता गर्न सक्ने साथै आफनो सीप अनुसारको जागिर प्राप्त गर्नको लागि सक्दो प्राबिधिक सहयोग गर्ने परियोजना प्रमुख मनोज कुमार सुनुवारले बताए ।सीप नेपालको प्राबिधिक सहकार्यमा बिरगंज शाखा संचालनमा आएको कुरा सीप कार्यक्रमका क्षेत्रीय प्रमुख मोहम्मद साबीरले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा
  • किन जिम धाउन थाले गगन थापा ?
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    News

    किन जिम धाउन थाले गगन थापा ?

    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑