डेंगु संक्रमण बढेपछि अमेरिकाले जारी गर्यो ‘ट्राभल नोटिस’
वीरगंज संजाल
२७ भाद्र २०७६, शुक्रबार १०:१४
२८६७
काठमाडौं। अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ ।
एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेकाे छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो ।
यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जारी गरेको सूचनामा बांगलादेश, फ्रेन्च पोलिनेसिया (ताहिती र बोराबोरा), फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ । क्षेत्रमा संक्रमण उच्च रहेकाले उसले सतर्क रहन भनेको छ ।
‘जागरणमा नेपाल अगाडि’
एसियाका नेपाल, भारत, बांगलादेशलगायतका देशहरु लामखुट्टेजन्य रोगको संक्रमणमा परे पनि यसको नियन्त्रणका लागि नेपाल अगाडि रहेको www.news18.com ले जनाएको छ । स्थानीय तहलगायतसँग सहकार्य गरेर जागरण अभियान सञ्चालन गरिएको भन्दै उसले नेपालको प्रशंसा गरेको छ ।
समाचारमा उसले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. प्रकाश साहको भनाइ पनि समेटेको छ । जसमा उनले गृहमन्त्रालयले सार्वजनिक स्थानहरु सफाइका लागि निर्देशन दिएको जनाएका छन् ।
दक्षिण एसियाली देश बांगलादेशमा भने संक्रमण बढ्दै गएको जनाइएको छ । संक्रमण बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
छिमेकी देश चीन पनि डेंगुबाट प्रभावित भएको छ । समाचार अनुसार पूर्वी चीनका ६ सयभन्दा बढी डेंगु संक्रमणका कारण बिरामी परेका छन् । सभार:अन्लाईन खबर