• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    पहाड केन्द्रीत सीके राउत

  • वीरगंज संजाल
  • Sep 13, 2019, 9:52 am
  • २८१३

    काठमाडौं : स्वतन्त्र मधेसको राजनीति परित्याग गरेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा। सिके राउत संगठन निर्माण गर्न पहाड चढेका छन्। गएको फागुनमा सरकारसँग सम्झौता गरेर विखण्डकारी राजनीति परित्याग गरेका राउतले मुलधारको पार्टी बनाउने घोषणा गरेका थिए। त्यसपछि उनले जनमत पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन्।

    आयोगमा दल दर्तासँगै पार्टीको संगठनमा जोड दिँदै आएका राउतले तराई मधेसका २२ जिल्लासँगै सात प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्। १, २ र ५ बाहेकको संगठन विस्तार पहाड केन्दित छ। प्रदेश नम्बर ३, ४ र ६ मासमेत जनमत पार्टीले संगठन विस्तार गरिरहेको छ।

    नमत पार्टी पदाधिकारी दीपक शाहले भने, ‘प्रदेश नम्बर ७ मा मात्रै पार्टीको प्रादेशिक संगठन बनाउन बाँकी छ।’ पार्टी संचालनको प्रमुख कुरा संगठन भएको भन्दै शाहले जनमत पार्टी सबै प्रदेशका सबै जिल्लामा संगठन बनाउन लागि परेको बताए।

    विगतमा स्वतन्त्र मधेस गठबन्धको ब्यानरमा ‘छुटै मधेस राष्ट्र’को नारा लगाउँदै आएका राउतले तात्कालीन मधेसी पार्टीलाई पहाडसँग जोडेर पटक–पटक आलोचना गरेका थिए। राउतले गएको फागुन सम्झौतापछि पनि मधेसी केन्द्रित भनेर चिनिएका राजपा नेपाल र समाजवादी पार्टीको चर्को आलोचना गरेका थिए।

    राउतको पार्टी उपनिर्वाचनमा सहभागी हुने चर्चा चलिरहेको भए पनि शाहले भने अहिले संगठन विस्तारको काम मात्र भइरहेको बताए।

    ‘हामीले अहिले उपनिर्वाचन भन्दा पनि संगठनलाई नै प्राथमिकता दिएका छौँ’, शाहले भने। राउत अमेरिकामा हुँदा गठन गरेको गैरआवासीय मधेसी संघको अहिले ४४ देशमा संगठन रहेको छ। ति सबै संगठनले जनमत पार्टीको जनसम्पर्क समितिको रुपमा काम गर्नेछन्।

    राउतले विखण्डवादी नारा लगाउदा यी विदेशमा रहेका मधेसी संगठनले सहयोग गरेको आरोप थियो। राउतको निकटसमेत रहेका शाहले राउतले हालै गरेको अन्य देशको भ्रमण पनि तीनै संगठनको विस्तारमा केन्द्रित भएको बताए।

    राउत विभिन्न देशको भ्रमण सकेर भर्खरै स्वेदश फर्किएका हुन्। आइतबार काठमाडौं फर्किएका राउतले सोमबार पार्टी निकट युवालाई सम्बोधन गरेका थिए। अहिले संगठन निर्माण र प्रशिक्षण कार्यक्रमा व्यस्त रहेको राउत नेतृत्वको पार्टीले काठमाडौंको डिल्लीबजार–ज्ञानेश्वर क्षेत्रमा पार्टी कार्यलयसमेत बनाएको छ।

    काठमाडौंको पार्टी कार्यालय संचालनमा आउन अझै एक हप्ता लाग्न सक्ने जनमत पार्टीका अर्का पदाधिकारी तथा सहजकर्ता चन्दन सिंहले बताए। काठमाडौंमा कार्यालय स्थापन भइसकेपछि राउत आमसभा गर्ने योजनामा छन्। मंसिरमा काठमाडौंमा आमसभा गर्ने तयारी भइरहेको राउत निकट नेताहरुको भनाइ छ। अन्नपूर्ण पोष्ट दैनिकमा नवीन झाले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा
  • किन जिम धाउन थाले गगन थापा ?
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    News

    किन जिम धाउन थाले गगन थापा ?

    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑