वीरगन्ज श्रीर्सिया छोटी भन्सारका कर्मचारी र प्रहरी चैकिको मिलोमतोमा दिनहु खुलेआम तस्करी
वीरगंज संजाल
२६ भाद्र २०७६, बिहीबार १२:०४
७५६७
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मा रहेको श्रीर्सिया छोटी भन्सार कार्यलयका कर्मचारी र प्रहरी चैकिको मिलोमतोमा दिनहु खुलेआम तस्करी भईरहेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मा रहेको श्रीर्सिया छोटी भन्सार कार्यलयमा वडा न १ मा रहेको सशस्त्र प्रहरी चैकि, नेपाल प्रहरी छपकैया सिमा चैकि, अस्थायी नेपाल प्रहरी चैकि र भन्सारको कर्मचारीहरुको मिलोमतोमा दिनहु खुलेआम लाखौको माल समान तस्करी हुनेगरेको छ ।
श्रीर्सिया छोटी भन्सार कार्यलयबाट मटर, मरिच, लंग इलाइचि, छहरा, सुपारी लगायतको समान नेपालबाट भारत र भारतबाट फलामे समानहरु, मोबाइल, कपडा, फलफुल, फाष्टफुड खानेकुरा आदि समानहरु प्रहरीहरूको मिलिभगतमा तस्करी भइरहेको खुलियाम देखिन्छ ।
प्रहरी चैकि आगाडि बाटै माल समान ओसार पसार गरेको खुलियाम देखिन्छ । तस्कर मध्य एक जनाको भनाइ अनुसार हामीले प्रहरी डिउटीमा खटेका हरूलाइ दिनहु पैसा दिन्छै भने चैकि र भन्सार कर्मचारीलाइ महिना दिने गरेकको बताए । RF??ंं