• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संघीय संसद भवन निर्माणका लागि छनोटमा परेका १० मध्ये ८ कम्पनी चिनियाँ

  • वीरगंज संजाल
  • २६ भाद्र २०७६, बिहीबार ०९:५१
  • ८३३३

    काठमाडौं : संघीय संसदको सिंहदरबार हातामा बन्ने आधुनिक भवन निर्माणका लागि टेण्डर प्रस्ताव पेश गरेका १० वटा कम्पनीको कम्पनीको आर्थिक पक्षमाथि मंगलबारदेखि मूल्यांकन सुरु भएको छ । प्रस्ताव पेश गरेका १७ कम्पनी मध्ये प्राविधिक १० कम्पनीलाई पूर्वयोग्यता छनोट सूचीमा राखिएको थियो ।

    १० मध्ये एकल प्रस्ताव पेश गर्ने ४ वटा चिनियाँ र एक भारतीय एक कम्पनी छन् । भवन निर्माणका लागि नेपालका कुनैपनि कम्पनीले एकल प्रस्ताव गरेका छैनन् । अन्य पाँचवटा मध्ये चीन र नेपालका कम्पनिले चारवटा संयुक्त प्रस्ताव पेश गरेका छन् । अर्को एउटा कम्पनी भारतीय र नेपालीको संयुक्त हो । प्राविधिक मूल्यांकनमा ७ कम्पनी अस्वीकृत भएका थिए ।

    चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सनको अपरेसन, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेट लिमिटेड, आनहुइङ सुयन, कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, कोभेक—सिआरईजिसी जेभीले एकल प्रस्ताव पेश गरेका हुन् । नेपाली कम्पनीहरु समानान्तर, शर्मा, श्रेष्ठ र तुँदीले चिनियाँसँग संयुक्त प्रस्ताव पेश गरेका छन् ।

    भारतीय एनबीसीसीले एकल प्रस्ताव पेश गरेको छ । नेपालको गौरीपार्वतीले भारतीय कम्पनीसँग संयुक्त प्रस्ताव पेश गरेको छ । सहरी विकास तथा भवन विभागका सिनियर डिभिजन इन्जिनियर प्रकीर्ण तुलाधरका अनुसार मूल्यांकनका क्रममा नियमपूर्वक प्रस्ताव पेश भएको देखिएमा सबैभन्दा कम रकममा उल्लेख गरेको एउटा कम्पनीलाई निर्माणको जिम्मेवारी दिइनेछ । नेपाली कलात्मक शैलीमा बनाइने भवनका लागि विभागले गत जेठमा ग्लोबल टेन्डर आह्वान गरेको थियो ।

    संघीय संसद्को नयाँ भवन बन्दै
    विभागका महानिर्देशक मणीराम गेलालका अनुसार भवन तीन वर्षमा बनाइसक्ने लक्ष्य राखिएको छ । उक्त भवनको प्रधानमन्त्री केपी ओलीबाट आगामी असोज १ गते शिलान्यास गर्ने कार्यक्रम तय छ । ‘कम्पनीहरुले पेश गरेको आर्थिक प्रस्तावमा मसिनो ढंगले मूल्यांकन गरिरहेका छौं’ महानिर्देशक गेलालले भने । करिब ७ अर्बको लागत अनुमान गरिएको उक्त भवन एक सय ७३ रोपनी ८ आना अर्थात् ८८ हजार २ सय ७१ वर्ग मिटरमा क्षेत्रमा हुनेछ ।

    सिंहदबारको पुतली बगैंचामा निर्माण हुने संसद भवन ‘हाइटेक’ इन्जिनियरिङ डिजाइन प्रविधि अपनाएर वास्तुकला झल्कने संरचनाको हुनेछ । प्रतिनिधिसभामा सत्ता र प्रतिपक्ष सांसदहरु आमनेसामने हुनेगरी ४ सय जना बस्ने घुमाउरो संरचना बनाइनेछ ।

    फ्लोरमा संसदको संयुक्त बैठक बस्न पुग्ने सिट संख्या निर्धारण गरिएको छ । ुसंघीय संसद भवन परिसर नाम’ दिइएको उक्त स्थानलाई मुख्यतः भवन, हरियाली, पार्किङ र सडक पूर्वाधार क्षेत्रमा विभाजन गरिएको छ । परिसरमा भवन क्षेत्रले २७ र खुला हरियाली ४५ प्रतिशत ओगट्नेछ ।

    सरकारले २०६४ सालदेखि भाडा तिरेर अहिलेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनको रुपमा प्रयोग गर्दै आएको छ । सरकारले केन्द्रलाई बर्सेनी १५ करोड भाडा तिरिरहेको छ । कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑