• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    अस्पतालको बेडमा जीवन-मरणको दोसाँधमा छटपटाइरहेकी मुस्कान !

  • वीरगंज संजाल
  • २५ भाद्र २०७६, बुधबार २३:३०
  • २१७७

    प्रधानमन्त्रीलाई भेट्न आउन अभिभावकको आग्रह

    दिनभरको घरायसी कामले लखतरान परि रातिदेखि सन्चो नभएर घरमै सुतिरहेकी आमा सहनाजलाई एक्कासी छोरीमाथि एसिड प्रहार भएको खबर सुन्नसाथ पृथ्वी हल्लियजस्तो भयो ।

    एक त बिरामी त्यसमाथि छोरीको खबरले उनको आँखा अगाडि सबै अन्धकारमय भयो । छेउमै रहेका श्रीमान र छोरालाई पनि देखिनन् सहनाजले । भावविहल भएकी उनी एकोहोरो कराउन थालिन आफ्नी प्रिय छोरीलाई सम्झदै । घटनापछि छोरीलाई नजिकैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लागियो । प्रारम्भिक उपचारपछि उनलाई काठमाडौं ल्याइयो । अहिले उनको उपचार काठमाडौंको कीर्तिपुर अस्पतालमा भइरहेको छ ।

    द नेपालटपसँग कुरा गर्दै मुस्कानको पीडा सबै नेपाली चेलीहरुको पीडा भएको बताउँदै रसुलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालमा आएर आफ्नी छोरीलाई भेट्नका लागि आवाह्वान गरे ।

    सधै झैँ बिहान ४ बजे उठेर नवाज पढिसकेपछि बिहान विद्यालय जाने तयारी गर्दै थिइन् मुस्कान खातुन । विद्यालय जाँदा उनीसँग प्रायः आमासँगै हुन्थिन् । विहान आमा मर्निङवाक पनि हुने छोरीलाई साथी पनि हुने भन्ने सोचेर सधै आमाछोरीसँगै निस्कन्थे । त्यस दिन अलि सन्चो नभएका कारण घरमै आराम गरिरहेकी थिइन्, सहनाज । तर, त्यसैदिन मुस्कानको जीवन माथि ठूलो बज्रपात पर्यो । सोच्दै नसोचेको घटना भयो । पढेर ठूलो मान्छे हुने र राम्रो जागीर खाने लक्ष्य लिएकी मुस्कानका सबै सपना त्यही नै चकनाचुर हुन पुगे । कल्कलाउँदो उमेर र सुन्दर अनुहार मुस्कानको निम्ति अब पीडा बल्झाउने सम्झना मात्रै हो । उनी अहिले जिवन र मरणको दोसाँधमा छन् ।

    छोरीमाथि एसिड प्रहार भएको सातादिन बितिसक्दा पनि जन्म दिने बुबाआमाको आँखामा आँशु रोकिएको छैन । छोरीको छट्पटाहट हेर्दा कति पीडा हुँदो हो, सायदै कसैले बुझ्ला ? त्यहाँ पुग्नेकाको आँखा नरसाउने पनि कमै होलान् । पुग्नेले सान्त्वना र साथ दिनु बाहेक अरु के नै गर्न सकिदो रहेछ र ।

    कतिपय मिडियाले तथ्यलाई मोडेर समाचार प्रसारण प्रकाशन गरेकोमा आपत्ति जनाउँदै रसुलले सत्यतथ्य समाचार प्रसारण गर्न र दोषिलाई कडा कारवाहीका लागि माग गरिदिन सबैलाई आग्रह गरे । मिडियाले पीडामाथि पीडा नथप्न आग्रह गरे ।

    मुस्लिम समुदायकी किशोरी मुस्कान कीर्तिपुर अस्पतालको एक बेडमा अहिले पनि छट्पटाइ रहेकी छन् । उनलाई भएको पीडा सायद कसैले अनुभव र महशुस गर्न कसैले सक्दैनन् होला ।

    हिजो मंगलबार द नेपालटप रिपोर्टिङको लागि कीर्तिपुर अस्पतालमा पुग्दा जुन दृश्य देखिएको थियो त्यो दृश्य अब कसैको नहोस् । हामी पुग्दा खातुन अस्पतालको बेडमा थिइन् । जो न बोल्न सक्थिन न त हिड्डुल गर्न नै । उनको उपचारका लागि त्यहाँ रहेका बुबाआमा पीडामै थिए ।

    एडिस प्रहारको पीडामा डुबीरहेकी मुस्कानको आइतबार कीर्तिपुर अस्पतालमा तीन घण्टा लामो सल्यक्रिया भयो । सल्यक्रियापछि उनलाई आइसियू कक्षको बेड नं ४०६ मा राखिएको छ । तर, शल्यक्रियापछि उनको कानमा इन्फेक्सन भएको छ । दुवै हातलाई पट्टीले बाँधेर झुण्ड्याइएको अवस्थामा छट्पटाइ रहेकी छन् १४ वर्षीया मुस्कानको हृदयविदारक दृश्यले सबैको मुटु छुन्छ ।

    मुस्कानको कम्मरमाथिको सबै शरीर पट्टीले बाँधिएको छ भने कम्मरमुनीको भागलाई पातलो ब्ल्यांकेटले छोपिएको छ । अनुहारको दाहिने गालामा एसिडले जलाएको छ ।

    जब उनलाई औषधी लठ्याउछ तब शान्त हुँदै निदाउछिन् । जब औषधीले काम गर्न छोड्छ तब फेरी सुरु हुन्छ उनको छट्पटाहट ।

    एक दिदी, दुई भाई र १ बहिनी छन् मुस्कानका, उनका बुबा रसुल खातुनले बताए । जेठी छोरीको बिवाह भइसकेको छ । अंग्रेजी भाषामा श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत मुस्कानको धेरै पढ्ने र जागीर खाने लक्ष्य थियो छोरीको, गहभरी आशु पार्दै बुबाले भने ।

    छेउमै उभिएकी आमा सहनाज भने आँखाभरी आशु लिएर मात्र कुरा सुनिरहेकी थिइन् ।
    मुस्कानका बुबा भन्दै थिए आज मुस्कानलाई आक्रमण गर्यो भोलि यस्ता अरु मुस्कानमाथि यस्तो आक्रमण नहोस् ।

    अहिले उनका बुबाआमा उनको रेखदेखका लागि अस्पतालमै छन् । आखाँभरी आशु पार्दै छोरीमाथि भएको घटना पीडा सहन वाध्य छन् ।

    विद्यालय जाँदै गर्दा उनिहरु बाटोमा ढुकेर आफूलाई जिस्काउने गरेको देख्दा आजित भएकी थिइन् मुस्कान । ‘मुस्कानले हिम्मत गरेर आफूमाथी हुने गरेको व्यवहारबारे आफ्नी आमालाई सुनाइन् ।’ बुबा रसुल खातुनले भने, ‘आफ्नी नाबालक छोरी आफ्नै गाउँमै असुरक्षीत रहेको सुन्दा निकै चिन्ता लाग्यो ।’

    घटनाको बारेमा सोध्दा पीडाको घाँउ झन बल्झिने हो की भन्नेपनि लाग्यो तर सोध्नैपर्ने बाध्यता । हामीले मलिन स्वरमा सोध्यौ । सामान्य आर्थिक अवस्थाको परिवारमा हुर्किरहेकी मुस्कान गत भदौ २० गते शुक्रबार बिहान करिब ६ बजेतिर विद्यालय हिँडिरहेको अवस्थामा घरनजिकै एसिड आक्रमणमा परिन् ।

    घटनाका विषयमा बेलिविस्तार लगाउँदै जाँदा थाहा भयो, केही दिनदेखि नजिकैको चोकमा बसेर मुस्कानलाई जिस्काउने गरेका रहेछन् वीरगञ्ज २ छपकैयाका माजिद मियाँ हजार र सम्साद मियाँ हजार ।

    विद्यालय जाँदै गर्दा उनिहरु बाटोमा ढुकेर आफूलाई जिस्काउने गरेको देख्दा आजित भएकी थिइन् मुस्कान । ‘मुस्कानले हिम्मत गरेर आफूमाथी हुने गरेको व्यवहारबारे आफ्नी आमालाई सुनाइन् ।’ बुबा रसुल खातुनले भने, ‘आफ्नी नाबालक छोरी आफ्नै गाउँमै असुरक्षीत रहेको सुन्दा निकै चिन्ता लाग्यो ।’

    ‘श्रीमतिले यो कुरा भनिपछि छोरीलाई जिस्क्याउने ती दुई युवकलाई सम्झाए ।’ रसुल खातुनले थप्दै भने, ‘सम्झाएको भोलीपल्टदेखी मुस्कानलाई जिस्काउन छाडेका थिए ।’

    ‘केही समयपछि मैले छोरीलाई सोधे तिमीलाई ति केटाहरुले जिस्काउछन् कि जिस्काउँदैनन् । छोरीले भनी नाइ जिस्काउदैनन् ।’ उनले बरबराउदो स्वरमा भने, ‘यस्तो दिन आउछ भन्ने थाहा पाएको भए तिनीहरुलाई त्यसै छोड्ने थिइन । तर, उनीहरु सुध्रिएका रहेनछन् ।

    उनले यस्तो हुन्छ भन्ने थाहा भएको भए उनीहरुलाई यसै छाड्ने थिइन् आक्रोशित स्वरमा भने । उनको कुरा सुनि रहेकी आमा सहनाज भने सुक्कसुक्क गर्दै थिइन् ।

    एक महिनासम्म पनि उनले छोरीलाई सोधिरहे बाटोमा फेरी पहिले जस्तो समस्या छ की भन्दै सोधिरहे तर छोरीको जवाफले उनि ढुक्क थिए ।

    उनीहरुको त्यो ढुक्कपनाले दिगो भने पाउन सकेनन् । छोरी मुस्कानको अनुहारमा कहिल्यै नमेटिने दाग लाग्यो । आफ्नै गाउँले दाजुभाईको आक्रमणकोसिकार भइन् मुस्कान् ।

    उनीहरुको त्यो ढुक्कपनाले दिगो भने पाउन सकेन । छोरी मुस्कानको अनुहारमा कहिल्यै नमेटिने दाग लाग्यो । आफ्नै गाउँले दाजुभाईको आक्रमणकोसिकार भइन् मुस्कान् ।

    प्रधानमन्त्रीलाई भेट्न आउन आग्रह
    द नेपालटपसँग कुरा गर्दै मुस्कानको पीडा सबै नेपाली चेलीहरुको पीडा भएको बताउँदै रसुलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालमा आएर आफ्नी छोरीलाई भेट्नका लागि आवाह्वान गरे ।

    ०७६ सालयता ५ महिनामा एसिड आक्रमणका दुई घटना सार्वजनिक भएका छन् । गत जेठ १ गते बुधबार राति काठमाडौंको कालोपुलमा २२ वर्षीया युवतीमाथि आफ्नै श्रीमानले एसिड प्रहार गरेका थिए । त्यसको चार महिनापछि मुस्कानमाथि आक्रमण भयो । यस्ता घटनाले छोरीचेलीलाई घरबाट बाहिर निस्कनै डर भएकाले प्रधानमन्त्री स्वयम् यसमा गम्भिर हुनुपर्ने उनले बताए ।

    रसुलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भेटेर आफुलाई हौसला दिँदै मुस्कानको उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन् ।

    सांसद सधै आउछन् मेयर आएन
    वीरगञ्ज उपमहानगरपालिकाका मेयरले विजय कुमार सरावगीले सुरुमा १५ हजार दिए । तर त्यसपछि उनले एक पटक पनि हामीलाई सम्झेका छैनन् । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले भने दिनहुँ जसो मुस्कानको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आउने गरेको बुबा रसुलले बताए ।

    मिडियालाई सुझाव
    कतिपय मिडियाले तथ्यलाई मोडेर समाचार प्रसारण प्रकाशन गरेकोमा आपत्ति जनाउँदै रसुलले सत्यतथ्य समाचार प्रसारण गर्न र दोषिलाई कडा कारवाहीका लागि माग गरिदिन सबैलाई आग्रह गरे । मिडियाले पीडामाथि पीडा नथप्न आग्रह गरे ।

    के छ कानुनी व्यवस्था ?
    गत भदौदेखि प्रचलनमा आएको मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा ‘कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किइ वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन’ भन्ने लेखिएको छ ।

    सजायको हकमा भनिएको छ ‘कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

    अनि यो जरिवानावापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्तिवापत दिनुपर्ने कानुनी व्यवस्था छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास
  • पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद
  • पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान
  • वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना सक्रमण मुक्त

      सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने एक पक्राउ

      बिन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै

      जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

      नेप्सेमा दोहोरो अंकको गिरावट

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      News

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      News

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      News

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      News

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑