बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था डामा डोल – नेता शिव पटेल
वीरगंज संजाल
Sep 11, 2019, 8:05 pm
४२९२
शेयर
पर्सा । पर्साको बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था डामा डोल रहेको मेयरका प्रत्यासी तथा राजपा नेपालका नेता शिव पटेलले बताएका छन् ।
बहुरमाई नगरपालिकामा भईरहेको बिध्यार्थीहको आन्दोलनको शिसिलामा बिध्यालयको अवस्था बुझन पुगेका नेता पटेलले नगरपालिकामा रहेको शिक्षा समिति केबल भ्रष्टाचारमा मात्र लिप्त रहेको अरोप लगाउनु भयो । नगरपालिका अन्तर्गत रहेको डकैला बहुवरी तथा नगरदाहामा रहेको बिध्यालयको अवस्था निकै नाजुक रहेको आफुले देखेको बताउनु भयो ।
वहाँले बिध्याथीृहरुको आन्दोलन जायज रहेको र आफु पनि उनिहरुको साथमा रहेको पनि बताउनु भयो । भेट्मा बिध्यार्थीहरुले वहाँ संग बिध्यालयको शैक्षिक अवस्था सुधारमा सहयोग गरिदिनु आग्रह गरेका छन ।
मेयर नितेन्द्र साहले केवल गोल मटोल कुरा मात्र गरेको तर आज सम्म कुनै प्रभावकारी कदम शिक्षामा नचालेको बिध्यार्थीहरुले नेता पटेल संग भनेका छन् ।जवाफमा नेता पटेल आज देखि निरन्तर खबरदारी गरि रहने प्रतिबद्धता जाहेर गरेका छन ।