• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मालपोत कार्यालय कलैंयामा खुल्लम खुल्ला घुसखोरी, कर्मचारीहरुको कार्यशैलीबाट लेखापढी व्यवसायीहरु आक्रोशित

  • वीरगंज संजाल
  • २४ भाद्र २०७६, मंगलवार १९:२४
  • ३८५३

    बारा। बाराको कलैंयामा रहेको मालपोत कार्यालय, भुमिसुधार तथा नापी कार्यालयका कर्मचारीहरुले खुल्याम घुस लिने गरेका छन् । काम विशेषले सेवा लिन पुगेका सेवाग्राहीहरुसँग कर्मचारीले बिभिन्न वहानामा पेलान्टी ठोकी रकम असुली गरि रहेका छन् ।

    सरकारले तोकेको राजस्व रकम भन्दा बढी रकम नलिई कर्मचारीहरुले कामै नगर्ने गरेको गरेको स्रोतको दाबी छ । जग्गा पास गर्नको लागि २ सय देखि १ हजार रुपैया सम्म,मोठ फाँटमा पुर्जा बनाउँन १०० रुपैया तथा कम्पुटरबाट पुर्जा झिक्न १०० रुपैया लिने प्रचलन नै मालपोत कार्यालयमा कायम गरिएको छ ।

    सरकारले तोकेको राजस्व रकम अनिर्वाय बुझाए पछि घुसको रमक कर्मचारीहरुले खुल्लेयाम रुपमा माग्ने गरेका छन् । घुस नदिने सेवाग्राहीको कागाजत मिलेको भन्दै कर्मचारीहरुले सेवाग्राहीलाई फर्काउने गरेका छन् । मातपोत कार्यालय कलैंयाका अधिकृत कामोद पंडित घुस लिनेमा सबै भन्दा अगाडी देखिएका छन् ।

    पछिल्लो समयमा उनी सेवाग्राहीसँग खुल्लेयाम घुस लिने गरेका छन् । भिडभाड नहुदाको अवस्थामा उनी काम गर्दैनन् भने भिड जम्मा भए खुल्लेयाम घुस माग्छन् । सेवाग्राहीहरुलाई अनावश्यक रुपमा चर्को घाँममा लाईन वस्न बाध्य बनाएर झ्यालबाटै सवैको सामु घुसको रकम उनी बुझने गरेका छन् ।

    मालपोत कार्यालय तथा सेवाग्राहीहरु विच समन्वयकारी भुमिका खेल्दै आएका लेखापढी व्यवसायीहरुलाई एकरती नगन्ने कामोद पंडित सबै भन्दाबढी घुस लिने कर्मचारीको रुममा मालपोत कार्यालय कलैंया बारामा परिचित रहेका छन् ।
    लेखापढी व्यवसायीहरुले पटक पटक आफ्नो आचरण सुधार्न आग्रह गरे पनि उनी व्यवसायीहरुलाई गालीगलौज गर्ने गरेका एक जना लेखापढी व्यवसायीले बताए ।

    पैसा नदिए पनि काम समेत नगर्ने बानी उनको रहेको लेखापढी व्यवसायीहरुको भनाई रहेको छ । कामोद पंडितको रहकतबाट व्यवसायीहरु इति आर्जित भइसकेका छन् कि उनको बिषयमा लेखापढी व्यवसायी संघको वैठकमा प्रस्ताव नै राखेर छलफल भएको छ । लेखापढी व्यवसायीहरुले उनले आफ्नो आचरण नसुधारे बाध्य भएर आन्दोलन गर्नु पर्ने जनाएको छ ।

    कामोदले खुल्लेयाम घुस लिइरहेको भिडियोको नै लेखापढी व्यवसायीको मिटिङ्गमा एक जना व्यवसायीले सार्वजनिक गरे पछि उनको काला कर्तुतको पर्दाफास भएको छ । भिडियोमा हरेक फाइलसँगै पंडितले घुस लिएको देखाइएको छ । भिडियोको एक कपि नेपाल पोष्ट डेलीको कार्यालयमा पनि सुरक्षित रहेको छ । त्यसै गरी घुस खाने लहरमा रामविश्वास साह पनि धेरै माथी रहेको स्रोतको दाबी छ ।

    रजिष्ट्रिशन फाँटमा काम गर्दै आएका उनी राजस्व तिर्न गएका सेवाग्रहीहरुसँग आनाधकृत रुपमा रकम असुली गर्न माहिर मानिन्छ । उनले सोमवार सेवाग्राहीसँग काम गराउँन गएका एक जना लेखापढी व्यवसायीलाई घुस नदिए काम नगर्ने भन्दै बिवाद समेत गरेका थिए ।

    साहले बिवादको क्रममा लेखापढी व्यवसायी माथी चप्पल नै निकालेर हान्ने प्रयास गरेको लेखापढी व्यवसयाी संघ वाराका अध्यक्ष जितनारायण पटेलले वताउनु भयो । उनको यो कामले लेखापढी व्यवसायीहरु आन्दोलित भएको छ । लेखापढी व्यवसायी संघ वाराले घटनाको छानविन हुनु पर्ने तथा सिसिटिभि हेर्नु पर्ने माग गरेको छ ।

    घुस सेवाग्राहीहरु दिन नचाहेको भए पनि कार्यालयका कर्मचारीहरुले बाध्य पार्ने गरेको अध्यक्ष पटेलको भनाई रहेको छ । उनले घुस खाने कर्मचारीहरु माथी कारवाही हुनु पर्ने वताए । त्यसमा संघको सहयोगको आवश्यकता पर्छ भने लेखापढी व्यवसायी हरेक सहयोग गर्न तयार रहेको उनले बताए ।

    मालपोत कार्यालय नजिकै रहेको नापी शाखामा पनि पछिल्लो समय खुल्लेयाम घुखोरी भइरहेको छ ।
    नापी शाखाका विशेश्वर गोस्वामी,अचर्ना खड्का तथा सोभा गोस्वामी घुस लिनेमा अग्र स्थानमा रहेको सेवाग्राहीहरुको भनाई रहेको छ ।

    यसरी अबैध रुपमा कमाई भएको रकमलाई कार्यालयका हाकिम सम्मले पनि वाडिचुडी खाने गरेको कारण कार्यालयमा मातहतका कर्मचारीहरुले खुल्लम खुल्ला घुस खादा समेत केहि एक्शन नलिइने गरिएको स्रोतको दाबी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑