• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ओली र मोदीले स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै

  • वीरगंज संजाल
  • Sep 10, 2019, 10:27 am
  • ६३५७

    काठमाडौं । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले पाइपलाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । दिउसो १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय काठमाडौं र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    “भारतीय प्रधानमन्त्री मोदीले सेन्डिङ बटम र काठमाडौंमा प्रधानमन्त्री ओलीले रिसिभ बटम थिच्नुहुनेछ,” निगम स्रोतले भन्यो, “पाइपलाइनमा डिजेल तयारी अवस्थामा राखिएको हुँदा बटम थिच्नासाथ डिजेल आउन सुरु गर्छ ।”

    नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई दिएको जानकारीअनुसार सम्पूर्ण तयारी पूरा भएको छ ।

    “पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको छ,” प्रवक्ता गोइतले भने, “नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले इलेक्ट्रिक स्वीच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन सुरु हुनेछ ।”

    उक्त उद्घाटनको दृष्य नेपाल आयल निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पोरेशनको मोतिहारी डिपोबाट प्रत्यक्षरुपमा हेर्नसक्ने व्यवस्था स्क्रिनमा गरिएको छ । उद्घाटनपछि तत्काल बरौनी डिपोबाट डिजेल आउनेछ । विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो ।

    सुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ । पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ ।

    नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको संयुक्तलागत करिब रु ७५ करोड लगानी रहेको छ ।  त्यसमा भारत सरकारको रु चार अर्ब ४० करोडको आर्थिक सहयोगमा निर्माण भएको पाइपलाइनको कूल लम्बाई ६९.२ किलोमिटर रहेको र पाइपलाइन भारततर्फ ३३.२ किलोमिटर तथा नेपालतर्फ ३६ किलोमिटर लम्बाई रहेको छ ।

    पाइपलाइनबाट प्रतिघण्टा दुई सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आउने छ । नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ ।

    पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक रु दुई अर्ब बचत हुने बताइएको छ ।  अहिले डिजेलमात्रै ल्याइने भएको छ । पेट्रोल र मट्टीतेलका लागि भण्डारणस्थल बन्न समय लाग्ने भएकाले अहिले डिजेल मात्रै ल्याउन लागिएको हो ।

    भारतीय प्रधानमन्त्रीको कार्यालयले भन्यो– पाइपलाइन नेपाल–भारत निकट सम्बन्धको प्रतीक

    भारतीय प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीमापार पेट्रोलियम उत्पादन पाइपलाइनको उद्घाटन कार्यक्रममा भिडियो कन्फेरेन्समार्फत सामेल हुने जनाएको छ ।

    भारतको प्रधानमन्त्री कार्यालयले ट्विट गर्दै मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन  दक्षिण एशियाकै पहिलो सीमापार पाइपलाइन भएको समेत जनाएको छ ।  यो पाइपलाइन दुई देशबीचको निकट सम्बन्धको प्रतीक भएकोसमेत भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
    यसले यो क्षेत्रमा उर्जा सुरक्षाका लागि मद्यत गर्ने जनाउँदै यसले ढुवानी खर्च समेत कम गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑