• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विश्व आत्महत्या रोकथाम दिवस : नेपालमा दैनिक १५ जनाले गर्छन् आत्महत्या

  • वीरगंज संजाल
  • २४ भाद्र २०७६, मंगलवार १०:१६
  • ६११९

    काठमाडौं : नेपालमा पछिल्लो पटक आत्महत्या गर्ने क्रमम बढेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आत्महत्याको अवस्था भयावह र विकराल बन्दै गएको देखिन्छ ।

    नेपाल प्रहरीका अनुसार पछिल्लो एक वर्षमा करिब ६ हजार जनाले आत्महत्या गरेका छन् भने आर्थिक वर्ष २०७५–७६ मा नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका छन् ।

    पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्याको दर घट्नुभन्दा बढ्दै गएको छ। आव ०७०–७१ मा ४ हजार ५ सय ४ जनाले आत्महत्या गरेका थिए भने २०७१–७२ मा आत्महत्या गर्नेको संख्या ४ हजार ३ सय ३२ जना रहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै २०७२–७३ मा ४ हजार ६ सय ८० जनाले आत्महत्या गरेका थिए भने २०७३–७४ मा यो संख्या बढेर ५ हजार १ सय २४ पुगेको थियो। यस बीचमा तीन वर्ष निरन्तर आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । ०७४–७५ सालमा ५ हजार ३ सय १७ जनाले आत्माहत्या गरेको प्रहरी तथ्यांकले देखाउँछ भने गत आवमा ५ हजार ७ सय ५४ ले आत्महत्या गरेका छन् । यो अघिल्लो आवभन्दा ४३७ ले बढी हो ।

    आव०७४–७५ सालको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्नेमा पुरुषको संख्या २ हजार ८ सय ५४ पुरुष, २ हजार २ सय महिला, १ सय ११ बालक र १ सय ३९ बालिका रहेको तथ्यांकमा उल्लेख छ ।
    तथ्यांक अनुसार औसतमा नेपालमा १५देखि १६ जनाले दैनिक रुपमा आत्महत्या गर्दछन् ।

    यसमध्ये ७५ प्रतिशतले झुण्डिएर आत्महत्या गरेको देखिन्छ भने २३ प्रतिशतले विष पिएर आत्महत्या गर्ने गर्दछन् । त्यसैगरी ५ प्रतिशतले प्रेममा धोका पाएपछि आत्महत्या गरेको र १५ प्रतिशतले पारिवारिक कलहका कारण आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेको सहायक कारण गरिबी भएको पनि देखिएको छ । गरिबीका कारण ७.५ प्रतिशतले आत्महत्या गरेका छन् भने असफलताका कारण २.५ प्रतिशत, व्यवसायीक तनावका कारण ३.७ प्रतिशत र आर्थिक लेनदेनका कारकणले २ प्रतिशतले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ ।

    वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले मानसिक रोगका कारण र सामाजिक अवस्थाका कारणले आत्महत्या गर्ने क्रम बढ्दो भएको बताउछन् ।

    डा. पाण्डेका अनुसार मानसिक र व्यावहारिक समस्या (९० प्रतिशत), मनोसामाजिक तथा अन्य आघातजन्य घटना, घरेलु हिंसा र यौन दुर्व्यवहार, लागुऔषध र मादक पदार्थको दुर्व्यसन, एक्लोपन, अन्तरवैयक्तिक सम्बन्ध बिग्रनु, आफ्नो नजिकको मान्छे गुमाउनु, असफलता, प्रेममा असफलता, आर्थिक समस्या, सामाजिक रूपमा बदनाम हुनु र नकारात्मक तनाव व्यवस्थापन जस्ता विषयले आत्महत्या बढ्दो छ ।

    महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार आत्महत्या गर्नेमा १५ देखि ४५ वर्ष उमेर समूहका ७२ प्रतिशत छन् भने त्यसमा पनि ज्यालादारीमा काम गर्ने र बेरोजगार धेरै छन् ।

    आत्महत्याको प्रयास गर्नेमध्ये झण्डै ९५ प्रतिशत मानसिक रोगी रहेको विश्वव्यापी तथ्यांकले देखाउँछ भने ८० प्रतिशत कारण डिप्रेसन मानिछ । आत्महत्या गर्नेहरुमा ९० प्रतिशत कारण मानसिक र व्यावहारिक समस्या रहेको पाइन्छ ।

    माथि उल्लेखित तथ्यांक प्रहरीमा भएको दर्ता वा जानकारी मात्रै हो। आत्महत्या गर्नेको संख्या यो भन्दा बढी हुनसक्ने चिकित्सक बताउँछन् ।

    विश्व स्वास्थ्य संगठनको २०१२ को सर्वेक्षण अनुसार नेपाल आत्महत्या गर्ने देशमध्ये ७औं नम्बरमा थियो। विश्व स्वास्थ्य संगठनका अनुसार मुत्यु भएका एक लाख मानिसमध्ये २५ जनाको मृत्यु आत्महत्याका कारणले भएको मान्न सकिन्छ ।

    संसारभर १५ देखि २९ वर्ष समूहमा मानिसको मृत्यु हुनुमा आत्महत्या दोस्रो प्रमुख कारण हो।

    मर्ने इच्छा नराखी अन्य उपलब्धिको लागि जानीजानी आफूलाई हानि गर्नुलाई आत्महत्या नमानिने चिकित्सक शाक्य बताउँछन् । आत्महत्या अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक एवं अपराध मानिन्छ । तर आधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज र आत्महत्याको सोच तथा कोसिसलाई तत्कालै उपचार गर्नुपर्ने संवेदनशील चिकित्सकीय विपदको रुपमा हेरिन्छ ।

    प्रत्येक वर्ष विश्वमा १६ लाख व्यक्तिले आत्महत्याको प्रयास गर्छन् भने ८ लाख मानिसको मत्युको कारण आत्महत्या हुने गरेको अध्ययनले देखाएको छ ।

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार वर्षेनी करिब १० लाख मानिस आत्महत्याको प्रयास गर्छन् भने ४० सेकेण्डमा एकको मृत्यु हुने गरेको पाइन्छ। यो संख्या समस्त प्राकृतिक तथा मानव निर्मित प्रकोप, युद्ध, आतकंकारी हमला, हत्या र हिंसाहरुबाट हुने वार्षिक मृत्युदर भन्दा पनि बढी हो। प्राय महिलाहरु पुरुषभन्दा बढी आत्महत्याको प्रयास गर्ने गर्दछन्। तर खतरनाक तरिका अपनाउने हुनाले पुरुष नै बढी मर्ने गरेको पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑