• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    Birgunj sanjalमेयर पदका उम्मेदवारहरूBirgunj sanjalपार्टी चुनाव चिन्हकुल मत
    राजेशमान सिंहछाता 33919
    विजयकुमार सरावगीसुर्य 17808
    गिरीश गिरीहलो 2389

    Birgunj sanjalउपप्रमुख पदका उम्मेदवारहरूBirgunj sanjalचुनाव चिन्हकुल मत
    इम्तियाज आलमगाछी20784
    पुरुषोतमलाल झासाइकल 4792
    बिना जैसबालहलो3699
    रम्‍भा मिश्रागुलाफ 2752

    थप विवरण

    होमपेज / देश

    पशुपति आरतीमा राष्ट्रिय गान बन्द गर्न कांग्रेसको माग

  • वीरगंज संजाल
  • २३ भाद्र २०७६, सोमबार १९:०६
  • ११६३

    काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथ मन्दिरमा आरती सुरु गर्नुभन्दा अगाडि राष्ट्रिय गान बजाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्रतिनिधसभा बैठकमा आइतबार विशेष समय लिएर कांग्रेस सांसद प्रधानले जहाँ पायो त्यहीँ राष्ट्रिय गान बजाउँदा राष्ट्रिय गानकै अपमान हुने बताए ।

    ‘पशुपतिनाथमा हरेक साँझ हुने आरतीअघि राष्ट्रिय गान गाउँदा दाहसंस्कार गर्ने कि उभिने ?’ प्रश्नगर्दै प्रधानले भने, ‘यसरी ठाउँ–कुठाउँ जताततै राष्ट्रिय गान गाउँदा इज्जत होइन बेइज्जत हुन्छ । यो कार्य तत्काल फिर्ता हुनुपर्छ ।’ राष्ट्रिय गानप्रति अनादर पैदा हुने विवादास्पद काम तत्काल रोक्न प्रधानले माग गरे ।  ‘पशुपतिनाथ दर्शनका लागि विश्वभरी छरिएर रहेका हिन्दू धर्मावलम्बीहरू पुग्ने गरेका छन्, उनीहरूलाई नेपालको राष्ट्रिय गानबारे थाहा हुँदैन,’ प्रधानले प्रश्न गरे, ‘राष्ट्रिय गान बज्दा उनीहरू उभिएनन् भने के हुन्छ ?’

    उनले पशुपति मन्दिरमा झै अन्य धार्मिक स्थलमा राष्ट्रियगान अनिवार्य गर्ने कि नगर्ने भन्ने प्रश्न पनि उठाए । उनले भने, ‘प्रत्येक शुक्रबार नेपालको मुस्लिम समुदायले घण्टाघर नजिकको मस्जिदमा नमाज पढ्छन् । नमाज पढ्नुअघि पनि राष्ट्रिय गान बजाउन भन्ने कि नभन्ने ?’

    पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी रकिरियापुत्रीहरू पनि हुने भएकाले दुःखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरूले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने प्रधानको भनाइ थियो । उनले प्रधानले सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर हुने धारणा प्रकट गरे । उनले प्रश्न गरे, ‘यो सरकार बारम्बार किन विवादित कुरा ल्याउँछ ?’ उनले सरकारको शाख गिरेकोमा आफूलाई चिन्ता लागेको बताए । उनले भने, ‘यस्तै–यस्तै कारणले गणतन्त्रमाथि नेपाली जनताको अनास्था प्रकट भएको छ ।’

    सरकारले असोज ३ गते संविधान दिवसदेखि सिनेमा हलमा पनि चललिचत्र सुरु हुनुअघि पनि राष्ट्रिय गान बजाउनुपर्ने र सम्मान स्वरूप सबै दर्शकले उठ्नुपर्ने निर्देशन जारी गरेको छ । सिनेमा घरमा सिनेमा सुरु हुनुअघि र पशुपतिनाथ मन्दिरको आर्यघाटमा हरेक साँझ हुने आरतीअघि राष्ट्रिय गान बजाउनै पर्ने सरकारको निर्देशन छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनमा पशुपतिमा आरतीअघि राष्ट्रिय गान बज्न थालेको छ । निर्देशन अनुसार सिनेमा हलमा अजोज ३ गते सुरु हुने छ । सरकारको यो निर्देशनको चौतर्फी विरोध भइरहेको छ । संस्कृतिविद्हरूले आश्चर्य प्रकट गरेका छन् । उक्त निर्देशनको संसद्, सामाजिक सञ्जाल लगायतमा आलोचना भइरहे पनि सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताले निर्देशनको समर्थन गरेका छन् ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी
  • पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज
  • भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता
  • एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी

      पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

      भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

      एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा

      मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना नियन्त्रणमा

      विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

      बाराको देवताल गाउँपालिकामा उदय प्रसाद यादव अध्यक्षमा विजयी

      सिरहामा बाबु–छोराको धारीलो हतियार प्रहार गरी हत्या, घटना संकास्पद

      जनकपुरधाम मतगणनाको परिणाम

      ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

      दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी

      पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

      भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

      एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा

      मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना नियन्त्रणमा

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारको बाजी

      News

      पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

      News

      भरतपुरमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

      News

      एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा

      News

      मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना नियन्त्रणमा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑