• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अर्थतन्त्र

    घर लुटपाट गर्ने योजना बनाउँदै गर्दा

  • वीरगंज संजाल
  • २३ भाद्र २०७६, सोमबार ०९:५१
  • ९४९

    Shares

    काठमाडौं  । काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्धको एक घरमा ठूलोमात्रामा नगद तथा गरगहना रहेको सूचनाका आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार साँझ आठ जनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

    पक्राउपर्नेमा गोरखा अजिरकोटका कुशल अधिकारी, नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ, नुवाकोट विदुरका धर्मराज तामाङ र पिटर तामाङ गुल्मी इस्माका युवराज भण्डारी, रसुवा छोदिङ्मोका योर्साङ घले, धादिङ खनिबादका विजय तामाङ र नुवाकोट तारकेश्वरका राजन तामाङ पक्राउ परेका छन् ।

    पक्राउ परेकासँग प्रहरीले दुई थान चाइनिज पेस्तोल, सोको म्यागजिन दुई थान, सोको गाली चार राउण्ड, नक्कली सुन एक किलोग्राम, फलाम काट्ने औजार एक थान, लुटिएको पर्स, एटिएम कार्ड र मोबाइल दुई थान, मोटरसाइकल चार थान र पक्राउ परेकाले बोक्ने मोबाइल नौ थान बरामद गरेको छ । परिसरले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिका–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्सबारमा लुटपाटको योजना बुन्दाबुन्दै पक्राउ गरिएको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले भदौ १९ गते नवलपरासी बर्दघाटका सुन व्यापारी योगेश विश्वकर्मालाई गोंगबुस्थित मुस्ताङ गेष्ट हाउसको ४०४ नम्बरको कोठामा लुटपाट गर्ने समूह रहेको बताए । “सुन व्यापारी विकले दिएको निवेदनका आधारमा प्रहरीको टोलीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएका हौँ”, उनले भने ।

    विकको दुई लाखभन्दा बढी लुटिएको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । सिसी क्यामरा र निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा आठ जनालाई पक्राउ गरेको परिषरले जनाएको छ ।

    प्रहरीले शुरुमा युवराज भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा बाँकी व्यक्तिलाई पक्राउ गर्न सफल भएको सिंहले बताए । पक्राउ परेका पाँच जनालाई रेष्टुरेन्ट एण्ड डान्सबारका सञ्चालक भएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका अधिकारी भगौडा सेना हुन् । उनी यसअघि पनि नक्कली नोट र नक्कली सुन कारोवारमा पक्राउ परेका थिए । यस्तै भण्डारी सशस्त्र प्रहरी बलका बहालवाला सिपाही हुन् ।

    परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले नक्कली सुनलाई सक्कली भनेर किन्न बोलाउने र उनीहरुसँग भएको नगद तथा गरगहना लुट्ने गरेको बताए । पक्राउ परेकाले बोक्ने पेस्तोल चालू अवस्थामा रहेको छ । “विशिष्ट खालको पेस्तोल र गोली बोकेका छन्, पेस्तोल कसरी पाए भन्नेबारे अनुसन्धान जारी छ”, बोगटीले भने ।

    नेपाल प्रहरीले पनि उही खालको पेस्तोल बोक्ने गरेकामा पेस्तोल कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ । (रासस)

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट
  • श्रीलंकाको जेलमा २६ महिला रहेको खुलासा
  • पाँच वर्षमा नेपाल विकासशील देशमा स्तरोन्नति : प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा भएन
  • बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट

    श्रीलंकाको जेलमा २६ महिला रहेको खुलासा

    पाँच वर्षमा नेपाल विकासशील देशमा स्तरोन्नति : प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा भएन

    बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस

    भारतकाे निजी अस्पतालमा काेराेना खोपको मूल्य २५० रुपैयाँ निर्धारण

    आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल

    पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग

    नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग

    वीरगंज बाट २५ केजी चाँदीका गरगहनासहित विराट सराफ पक्राउ

    सामाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

    आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट

    श्रीलंकाको जेलमा २६ महिला रहेको खुलासा

    पाँच वर्षमा नेपाल विकासशील देशमा स्तरोन्नति : प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा भएन

    बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस

    भारतकाे निजी अस्पतालमा काेराेना खोपको मूल्य २५० रुपैयाँ निर्धारण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट

    समाचार
    News

    आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट

    News

    श्रीलंकाको जेलमा २६ महिला रहेको खुलासा

    News

    पाँच वर्षमा नेपाल विकासशील देशमा स्तरोन्नति : प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा भएन

    News

    बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस

    News

    भारतकाे निजी अस्पतालमा काेराेना खोपको मूल्य २५० रुपैयाँ निर्धारण


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑