बारामा १ सय ५० क्वीन्टल सुपारीसहित ट्रक नियन्त्रणमा
वीरगंज संजाल
२३ भाद्र २०७६, सोमबार ०९:३३
२७७३
पर्सा|बाराबाट प्रहरीले १५ टन सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले १५ टन सुपारी बरामद गरेको हो ।
बाराको निजगढ नगरपालिका–९ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँचको क्रममा अवैध सुपारीसहितको ट्रक बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गमा सवारी साधन चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको सुपारीको बजार मुल्य ३१ लाख ३५ हजार ७ सय ५० रुपैयाँ पर्ने बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।
नियन्त्रणमा लिइएको ट्रक आवश्यकको अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।