सर्वाधिक अग्ला भवनहरु जत्रै क्षुद्रग्रह पृथ्वी छेउबाट गुज्रिने
वीरगंज संजाल
२२ भाद्र २०७६, आईतवार ००:०२
३९२५
एजेन्सी । आगामी सेप्टेम्बर १४ मा पृथ्वी नजिकबाट गुज्रिने भनिएको छुद्रग्रह (एस्टरोइड) विश्वका केही सर्वाधिक अग्ला भवनहरु बारबार भएको बताइएको छ । Asteroid 2000 QW7 नामक उक्त क्षुद्रग्रहको डायमिटर २९० देखि ६५० मिटर वा ४५१ फिटदेखि २,१३२ फिट भन्दा अग्लो हुन सक्ने नासाले जनाएको छ । जबकी विश्वको सबैभन्दा अग्लो भवन, ब्रुज खलिफाको उचाइ २,७१७ फिट रहेको छ ।
यसरी सो ग्रह पृथ्वीको ५३ लाख किलोमिटरको दुरीबाट पृथ्वी हुँदै २४ हजार किलोमिटर प्रति घण्टाको रफ्तारले अघि बढ्नेछ । अन्तरिक्षयात्रीहरुले यसले कुनै खतरा उत्पन्न नगराउने विश्वास गरेपनि नासाको ‘सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज’ ले यसमाथि लगातार नजर राखिरहेको छ । गत जुनमा मात्र वैज्ञानिकहरुले कुनै छुद्रग्रह पृथ्वीसँग टक्राउने भएमा, टेलिस्कोप मार्फत अवलोन गरिसकेर पनि मानिसहरुसँग अन्तै सर्न पर्याप्त समय हुने जनाएको थियो । युनिभर्सिटी अफ हवाइका अध्ययनकर्ताहरुले गत जुनमा मात्र ATLAS / Pan-STARRS सर्भे टेलिस्कोप मार्फत २०१९–एमओ नामक १३ फिट डाएमिटर भएको क्षुद्रग्रहबारे पत्ता लगाएका थिए ।
यसरी वैज्ञानिकहरुले शून्यलाई पृथ्वीसँग ठोक्किने कम सम्भावना भएको र ४ लाई अधिक सम्भावनायुक्त क्षुद्रग्रहमा वर्गीकृत गर्ने गरेका छन् । जसमा जेट प्रोपल्सन ल्याबेरोटरीले यस क्षुद्रग्रहलाई २ मा राखेको छ । यस्तोमा नेभिगेसन इन्जिनियर डेभिड फार्नोसियाले यसमाथि थप अध्ययन गर्न अनुरोध गरेका हुन् । यसरी यी आधुनिक टेलिस्कोपले ग्रह कहाँबाट प्रवेश गर्नेछ भन्ने पनि पत्ता लगाउन सक्ने बताइएको छ । यसमा १०० माइलको दुरीमा रहेका दुई टोलिस्कोपको समुह ATLAS , ले पृथ्वीमा क्षति पुर्याउन सक्ने क्षुद्रग्रहका बारेमा जानकारी संकलन गर्न प्रत्येक दुई दिन सम्पूर्ण आकाशलाई स्क्यान गर्ने गरेको छ । यसले पृथ्वी आइपुग्नु पहिले नै ससाना ग्रह पनि पत्ता लगाउन सक्छ र ठुल्ठुला क्षुद्रग्रहलाई भने धेरै दिन अगाडि देखाउन सक्छ । त्यसैले पनि यी दु्वै टेलिस्कोपले आगामी दिनहरुमा अझ धेरै र महत्वपूर्ण जानकारीहरुबारे भविष्यवाणी गर्न सक्ने वैज्ञानिकहरुको विश्वास छ । सीएनएन