उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छा्डेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ ।
समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार नै बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिएका थिए । द्वीपबाट उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।