• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    ७३ वर्षीया महिलाले दिइन् जुम्ल्याहा छोरीलाई जन्म,आमा तथा बच्चाको स्वास्थ्य सामान्य

  • वीरगंज संजाल
  • २० भाद्र २०७६, शुक्रबार ०३:२४
  • ३३२९

    नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एकजना ७३ वर्षीया बृद्धा महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । महिलाको नाम येरामति मंगायम्मा हो र उनले गएको बुधबार बिहान १०ः३० बजे सिजेरियन गरेर जुम्ल्याहा बच्चाको जन्म दिएकी बीबीसीले जनाएको छ ।

    उनको अपरेसन गर्ने चिकित्सक उमा शंकरले बीबीसीलाई बताएअनुसार आमा र जुम्ल्याहा छोरीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको छ । छोरीहरुलाई आगामी २१ दिन सम्म चिकित्सकको निगरानीमा राखिने उनले बताएकी छन् ।

    जुम्ल्याहा बच्चालाई जन्म दिने यी महिला विश्वकै सबैभन्दा बढी उमेरकी महिला हुने अपेक्षा गरिएको छ । सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने विश्वकै रेकर्डमा अहिलेसम्म स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाम रहेको छ । उनले सन् २००६मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।
    यद्यपि कतिपय मानिसको विश्वास छ कि यो रेकर्ड भारतकै ओमकारी पनवारको नाममा रहेको थियो ।

    ओमकारीले सन् २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चाको जन्म दिएको बताइने गरेको छ ।

    मंगायम्माले खुसी जनाउँदै भनेकी छन्,“मान्छेहरुले मलाई निःसन्तान महिला भन्ने गर्थे । त्यतिबेला  साह्रै दुःख लाग्थ्यो । यस कारणले मैले बच्चा जन्म दिने फैसला गरेँ । मेरो जीवनमा यो सबैभन्दा खुसीको पल हो ।”

    उनका पति यरामति सीताराम राजारावले भने,“अब म खुसी छु । यो सबै चिकित्सकहरुका कारण सम्भव भयो । हामी अनेक अस्पतालमा गएर अनेकौं उपाय अपनायौं । एक पटक फेरि प्रयास गर्नका लागि हामी यो अस्पतालमा आयौं । यहाँ आएको दुई महिना भित्रै मेरी पत्नी गर्भवती भइन् । हामी गएको ९ महिनादेखि अस्पतालमै छौं । मानिसहरु हामीलाई निःसन्तान व्यक्ति भन्थे । अब यो सकिएको छ । हामी अब यी दुवै छोरीको राम्रो रेखदेख गर्नेछौं ।”

    यो दम्पती पहिलाको पूर्व गोदावरी जिल्लाको नेलापर्तिपडु गाउँमा बस्दै आएको थियो ।

    उनीहरुको विवाह सन् १९६२ को मार्च २२ का दिन भएको हो । बच्चाको चाहनामा यो दम्पती कैयौ वर्षसम्म अस्पतालको चक्कर लगाउँदै आएको थियो ।

    केही  पहिला जब यही क्षेत्रकी ५५ वर्षीया महिलाले आइभीएफ अर्थात् टेस्टट्युब बेबी प्रक्रियामार्फत् बच्चालाई जन्म दिइन् त्यतिबेला यो दम्पतीले पनि सोही प्रक्रियाद्वारा बच्चाको जन्म दिनका लागि प्रयास गर्ने तय गर्यो ।

    गएको वर्ष यो दम्पती गुंगूरको  क्लिनिकमा गए  । डा. उमा शंकरले सबै परीक्षण गरेपछि उनीहरुको औषधि शुरु गरेका थिए । महिलामा बढ्दो उमेरसँगै शुक्राणुको संख्या कम हुँदै जान्छ र ३५ वर्षपछि निकै तीब्र गतिमा यसको कमी हुने गर्छ । मंगायम्माको रजोनिवृत्ति रोकिइसकेको थियो । यसले गर्दा बिनाकुनै चिकित्साकीय परामर्श उनी गर्भवती हुनु सम्भव थिएन ।

    गर्भधारणका लागि यो दम्पतीले एक दातासँग अण्डाणु लिएका थिए । त्यसपछि आइभीएफ तरिकाबाट उनका पति सीताराम राजारावको शुक्राणुमा त्यसलाई मिलाइयो । यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा रोपित गरिएको थियो ।

    बृद्धा महिलाका लागि गर्भधारण एक जटिल प्रक्रिया हो । यस्तो मामिलामा अधिक सावधानीको आवश्यकता पर्ने चिकित्सकहरु बताउँछन् । (बीबीसी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’
  • दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप
  • अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार
  • इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑