• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    ११ वर्षमा १५ सय मिर्गौला प्रत्यारोपण, प्रत्येक वर्ष तीन हजार नयाँ बिरामी थपिँदै

  • वीरगंज संजाल
  • १९ भाद्र २०७६, बिहीबार ०१:५४
  • ५५५

    Shares

    काठमाडौं । नेपालमा ११ वर्षमा करिब १५ सय सफल मिर्गाैला प्रत्यारोपण भएको छ । सरकारीस्तरका तीन र निजीस्तरका पाँच अस्पतालले प्रत्यारोपण अनुमति पाएका छन् । यस ११ वर्षको एक हजार चार सय ३२ मिर्गौलाको सफल प्रत्यारोपण भएको तथ्याङ्कले देखाएको छ ।

    नेपालमा सन् २००८ मा त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु भएको हो । अस्पतालले पहिलो मिर्गाैलाका प्रत्यारोपण हेमराज श्रेष्ठमा गरेको थियो । श्रेष्ठलाई उनकी श्रीमतीले नै मिर्गौला दान गरेकी थिइन् ।

    नपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मिर्गौलाको समस्या रहेका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषीकुमार काफ्ले बताए । “अझै पनि कतिपय बिरामी अस्पतालसम्म आउन सकेका छैनन् । सहरी क्षेत्रका ग्रामिण क्षेत्रका तुलनामा छिटो आउने गरेका छन्,”उनले भने, “हरेक वर्ष मिर्गौलारोगको उपचारमा तीन हजार नयाँ बिरामी थपिने गरेका छन् । जुन अस्पतालमा आउने बिरामीको मात्र तथ्यांक हो ।” पछिल्लो समय मिर्गाैलाका बिरामीहरु बढ्नुका कारण खानपान र जीवनशैलीका कारण रहेको उनले बताए ।

    नेपाल सरकारको पछिल्लो तथ्यांकअनुसार करिब चार हजार पाँच सय मिर्गौलारोगीले नियमित डायलाइसिस गराइरहेका छन् ।

    राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र वि.सं. २०६९ कात्तिक २७ देखि हेमोडायलाइसिस सेवा सुरु गरेको थियो । सोही माघ ६ मा केन्द्रले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । त्यस यता हालसम्म ६ सय ५६ जनामा मिर्गौला प्रत्यारोपण गराएको तथ्यांक छ । केन्द्रले सबैभन्दा बढी मृगौला प्रत्यारोण गरेको देखिन्छ ।

    त्यसैगरी, त्रिवि शिक्षण अस्पतालले हालसम्म पाँच सय ७२ जनामा प्रत्यारोपण गरेको तथ्यांकले देखाएको छ । यसरी हेर्दा मिर्गौला प्रत्यारोपणको अनुमति लिएका आठ अस्पतालमध्ये करिब ८६ प्रतिशत हिस्सा मानवअंग प्रत्यारोपण र टिचिङ अस्पतालको ओगटेको देखिन्छ ।  वीरले हालसम्म जम्मा एक सय ५० जनामा मिर्गौला प्रत्यारोपण गराएको छ । वीरमा प्रत्यारोपणको गति सुस्त हुनुमा अस्पतालममा रहेका विशेषज्ञहरु छोड्नु र हाल भएका विशेषज्ञले नेतृत्व लिन नसक्दा प्रत्यारोपण कम संख्यामा भएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

    निजस् अस्पतालतर्फ वि.स २०७३ असार १० मा सरकारले ग्रान्डी अस्पताललाई मिर्गाैला प्रत्यारोपणको अनुमति दिएको थियो । त्यसयता हालसम्म ४५ जनाको प्रत्यारोपण गरेको छ । सोही प्रत्यारोपण अनुमति पाएको निदान अस्पतालले भने हालसम्म जम्मा पाँच जनाको मात्र प्रत्यारोपण गरेको बताइन्छ ।
    । त्यस्तै, सुमेरु सामुदायिक अस्पतालले असार ३० र साउन २ मा एकजनामा आधा शुल्क लिएर प्रत्यारोपण गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले चार लाखमा नै प्रत्यारोपण सेवा दिने समेत जानकारी दिएको छ ।

    कलेज अफ मेडिकल साइन्सेस भरतपुरले दुई जना बिरामीमा प्रत्यारोपण गरेको छ । चितवन मेडिकल कलेजले भने गत वैशाखमा प्रत्यारोपण अनुमति पाए पनि हालसम्म प्रत्यारोपण गर्न सकेको छैन ।  मिर्गौला रोग विशेषज्ञ डा. पुकार चन्द श्रेष्ठले मिर्गौला प्रत्यारोपणका लागि दाताको अभाव हुने, प्रत्यारोपणपछिको महँगो औषधि खर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेकोे बताए ।

    त्यस्तै, मानव अंग प्रत्यारोपण  निर्देशिका, २०७५ को दफा २८ को उपदफा २ मा अस्पतालमा अंग प्रत्यारोपणसम्बन्धी शल्यचिकित्सक र फिजिसियन पूर्णकालीन हुर्नुपर्ने उल्लेख छ । सोही उपदफामा नै सूचीकृत अस्पतालमा प्रत्यारोपणका लागि दुईवटा अप्रेसन थिएटर, एनेस्थेसियाको इक्विपमेन्ट, भेन्टिलेटर, मनिटर, रक्तपरीक्षण २४ घण्टै उपलब्ध हुनुपर्ने उल्लेख छ ।

    सरकारले वि.स २०७४  वैशाख १ बाट मिर्गौला प्रत्यारोपण निःशुल्क गरेको थियो । त्यसअघि नै मिर्गौलाको डायलासिस सेवा निःशुल्क गरिसकेको थियो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल
  • धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते
  • वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित
  • सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सामा थपिए ५० बाराका ४ रौतहटका ३ जना कोरोना सङ्क्रमित पुष्टी

    आज शनिवार-०४ बैशाख २०७८ को राशिफल

    नेपाल पत्रकार महासंघ पर्साको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आज आइतवार- ०५ बैशाख २०७८ को राशिफल

    News

    धनुषामा बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते

    News

    वीरगञ्जमा थपिए ३८ जना कोरोना संक्रमित

    News

    सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण कार्यक्रम तथा दलित दबाब समुह गठन

    News

    भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑