• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विज्ञान/प्रविधि

    चन्द्रयान– २ मा इसरोलाई अब असली ‘च्यालेन्ज’

  • वीरगंज संजाल
  • Sep 2, 2019, 5:15 pm
  • ४६४१

    आज २ सेप्टेम्बर सोमवारको दिन  भारतीय अंतरिक्ष अनुसन्धान संस्थान इसरोका लागि  अत्यंत चुनौती पूर्ण रहेको छ   । आज दिउँसो  १२ बजेर ४५ मिनेटदेखि १३ बजेर १५ मिनेटका बीचमा इसरोले  चंद्र यान -२ अभियान  अंतर्गत एउटा ठूलो खुड़कीलो  पार गर्नु छ। त्यों  हो, चंद्र सतहदेखि ११९* १२७ किमीमाथिको ऑर्बिटबाट  चंद्रपरिक्रमा गरीरहेको मुख्ययान ऑर्बिटरसंग  पठाइएको  ल्याण्डर विक्रम नाम गरेको चन्द्रमामा ओर्लिने यानलाइ ऑर्बिटरबाट बेग्लै गरी चन्द्रमामा अवतरणका लागि अघि बढाउनु पर्ने ।

    चंद्रयान-२  को पृथ्वीबाट प्रक्षेपण गरेपश्चात्  हिजो १ सेप्टेम्बरसम्म इसरोका वैज्ञानिकले  चंद्रयानमा जे जे परिवर्तन र गतिविधि  गरे त्यों  इसरोका  वैज्ञानिकहरुको लागि  पूर्वमा अनुभव संगालेको विषय थियो  । २००८ मा  पहिलो पटकको चंद्र अभियानमा इसरोले यी सबै गतिविधि संपन्न गरेर  अनुभव प्राप्त गरीसकेको थियो  ।
    चंद्रयान -२  लाइ इसरोले  १ सेप्टेम्बरमा चन्द्रमाको ११९*१२७ किमी तल्लो चंद्र  ऑर्बिटमा स्थापित गर्यो ।यस अघि ३० अगस्त  ,२८ अगस्त ,२१ अगस्तमा चंद्रयानलाई पटक पटक गरी इसरोका वैज्ञानिकले   झन झन तल्लो  चंद्र ऑर्बिटमा स्थापित  गराउँदै गएका थिए । त्यों भन्दा पहिला पृथ्वीछाडेर चन्द्रमातिर  उड़दै गईरहेको चंद्रयानको गति कम गराएर यसलाई  चन्द्रमाको  ऑर्बिटमा प्रवेश गराउनु र यस अघिका  तमाम गतिविधि र  तमाम अप्रेसनबारे  इसरोसंग  चंद्र अभियान -१ कै अनुभव थियो ।

    स्मरणीय छ २००८ मा इसरोले  गरेको  पहिलो चंद्र अभियानको उद्देश्य  चन्द्रमामा ओर्लिनु न भएर चन्द्रऑर्बिटसम्म पुग्नु  मात्रै रहेको  थियो । इसरोको चंद्र  अभियान एकमा चंद्रयान   चन्द्रमाको तल्लो ऑर्बिटसम्मा पुग्यो ,त्यही रहेर यसले आफ्ना गतिविधि गर्यो ।  यस अभियान को लक्ष्य चन्द्रमाको धरातल स्पर्श गर्नु   थिएन  । तर आफ्नो दोस्रो  अभियानमा इसरोले  चंद्र अवतरण गर्ने  ठूलो महत्वाकांक्षा बोकेको छ ।

    चन्द्रमामा ‘सॉफ्ट ल्यान्डिंग’ गर्नु जटिल कार्य हो । अहिलेसम्म विश्वका तीन देशले मात्रै  यो सफल रूपमा गर्न सकेका छन।  रूस, अमेरिका र चीन बाहेक कुनै अन्य देशले चन्द्रमामा ओर्लिने सफलता पाएका छैनन ।२०१९ को प्रारंभमा इस्रायलले यो प्रयास गरे पनि अंतिमका पांच मिनटमा उसको प्रयास असफल हुन पुगेको थियो ।

    इसरोका चेयरमैन के सिवनका अनुसार २ सेप्टेम्बरको अप्रेसन   यस मिसनको पहिलो सबैभन्दा ठूलो चुनौती हो । ऑर्बिटर र  ल्याण्डरको ‘सेप्रेसन’ गर्नु  इसरोका लागि  पहिलो घटना हुन  गईरहेका छ । यो ‘सेप्रेसन’ अत्यंत वेगले उडीरहेको ऑर्बिटरबाट गर्नुछ । यो झन्डै झण्डै त्यस्तै  प्रक्रिया  हो जुन कृतिम उपग्रहलाइ ‘लांचर रॉकेट’बाट बेग्लै गर्दा गर्नुपर्ने हुन्छ  । यसलाई सामान्य भाषामा यसरी बुझ्न सकिन्छ – अहिले चंद्रयान  -२ मा  २वटा यान  ‘इंट्रीग्रेटेड’  छन,आजको हाम्रो काम ‘इंट्रीग्रेटेड’ रहेका  दुबै यानलाई बेगला बेग्लै  गर्नु हो । ‘इंट्रीग्रेटेड’ रहेका  दुबै ‘स्पेसक्राफ्ट’ लाइ  हामी पृथ्वीबाट  ‘कमांड’ पठाउछौ , ‘कमांड’ पाएर ‘इंट्रीग्रेटेड यान’ को ‘ऑनबोर्ड  सिस्टम’ ले यसलाई ”एग्जिक्यूट’ गरेर   ऑर्बिटरबाट  ल्याण्डरलाइ ‘सेप्रेट’  गर्छ ।

    यसपछि हाम्रो काम  झनै बढ्छ । अहिलेसम्म हामी एउटै यानलाइ नियंत्रित गरीरहेका थियो ,’सेप्रेसन’ पश्चात् हामीले २ वटै यानलाई ‘कंट्रोल’ गर्नुपर्ने हुन्छ  । ऑर्बिटरलाई चंद्र ऑर्बिट मै नियंत्रित र संचालित गरिन्छ र ल्याण्डरलाइ २-३ पटकको अर्को आप्रेसन गर्दै  चन्द्रमामा ‘ल्याण्ड’ गराइन्छ।

    के सिवनका अनुसार ऑर्बिटरले अर्को एक वर्षसम्म ऑर्बिट मै रही हामीलाई सन्देश पठाई रहने छ ।ल्याण्डरले  ७ सेप्टेम्बरमा निर्धारित कार्यक्रम अनुसार चन्द्रमामा ल्याण्ड गर्ने छ ।ल्याण्डर र यसभित्र रहेको रोभर प्रज्ञानले १४ दिन सम्म अर्थात २१ सेप्टेम्बरसम्म काम गर्ने छ।

    सिवन ले भने – इसरोले  पहिलोपटक ३८४००० किमी टाढा रहेको’ इंट्रीग्रेटेड यान’लाइ ‘सेप्रेट’ गर्न गईरहेका छ  ।कुनै पनि नौलौ काममा उत्तेजना हुनु ,नर्भस हुनु, बिभिन्न आशंका हुनु र एक किसिमको डर लाग्नु  स्वाभाविक हो ।  तर यी  सबै किसिमका  मन मुटु कम्पित गराउने  भय र उत्तेजनाका बीच हाम्रा वैज्ञानिक गंभीरतापूर्वक उत्साह र आफ्नो दक्षतामा विश्वास राखेर आजको ‘अप्रेसन’ सफल हुनेमा पूर्णरूपेण आश्वस्त छन ।

    आजको ‘सेप्रेसन’ पछि ७ सेप्टेम्बरको ‘ल्यान्डिंग समय’ हाम्रो लागि मिसन कै सबै भन्दा ठूलो चुनौतीका रूपमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • बिहारमा रेल दुर्घटना ,६ जनाकाे मृत्युु
  • इजरायल आक्रमण: एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑