व्यापार युद्धले आर्थिक मन्दीको चपेटामा एशियाली मुलुक
वीरगंज संजाल
१५ भाद्र २०७६, आईतवार ०२:१४
२९५१
वाशिङटन । अमेरिका र चीनबीचको व्यापार युद्धका कारण विश्वकै अर्थतन्त्रमा मन्दीको अवस्था उत्पन्न भएको छ । यो मामिलाबाट निर्दोष एशियाली मुलुकहरु पनि आर्थिक बृद्धि र रोजगारीलाई लिएर चिन्तित हुनुपर्ने अवस्था आएको छ । मन्दीले एशियाका ठूला अर्थतन्त्रलाई खासै असर नगरेको भए पनि अर्थतन्त्र अलि धीमा गतिमा गएको छ । यो क्षेत्रका साना व्यापारिक केन्द्र हङकङ र सिंगापुरमा पनि जोखिम देखिएको छ ।
एशिया इकोनोमिक्स एट अक्सफोर्ड इकोनोमिक्सका प्रमुख लुइज कुइज्स वाशिङटन र बेइजिङको झगडाले अन्य मुलुकलाई असर गरेको बताउँछन् । ‘‘ती साना र खुला अर्थतन्त्र हुन् जहाँ चीनसँगको व्यापार निकै महत्वपूर्ण छ,’’ उनले भनेका छन् । एशियाका मुख्य अर्थतन्त्रलाई कस्तो असर परिरहेको छ त ?
चीन
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भए पनि उसको आर्थिक विकास सन् १९९०को दशक यताकै सुस्त भएको छ । चीनको जीडीपी (ग्रस डोमेस्टिक प्रडक्ट)को उत्पादन दोस्रो चौमासिकमा ६ दशमलब २ प्रतिशत मात्रै बृद्धि भएको छ । अमेरिकाले लगाइदिएको चिनियाँ सामानमा बिलियन्स डलरको करले चीनलाई थप तनाव सिर्जना गरेको छ । यसले केही चिनियाँ कम्पनीलाई ठूलो चोट पनि लागेको छ ।
देशको कम्तिमा २० प्रतिशत निर्यात अमेरिकामा हुने गरेको थियो ।
यो विवाद कहिले सम्ममा अन्त्य हुन्छ भन्ने कुराको टुंगो नलाग्दा उनीहरु थप चिन्तित भएका छन् । ‘‘अमेरिकी कर भन्दा पनि दीर्घकालीन बिजनेश प्लान बनाउन नपाउँदा त्यसको झन् ठूलो असर परेको छ,’’ कुइज्स भन्छन् । बेइजिङ्गले आर्थिक सुधारका लागि यो वर्ष धेरै प्रयास गरेको छ । जस्तो ट्याक्स कटौति गरिएको छ भने पूर्वाधारको खर्चपनि घटाएको छ । २०१९को लागि सरकारले बृद्धिको लक्ष्य ६ देखि ६ दशमलब ५ प्रतिशत लक्ष्य लिएको छ ।
जापान
कुइज्सका अनुसार चीनको विषयमा के हुन्छ त्यसले एशियाका सन्दर्भमा ठूलो अर्थ राख्छ । चीनमा सुस्त आर्थिक विकास हुँदा त्यसले जापानको बिजनेश कन्फिडेन्स बढाउँछ । उनीहरुको विद्युतीय उपकरण र कारका सामानको निर्यात बढाउन सक्छ । तर, उसको पछिल्लो आर्थिक फिगर भने त्यति राम्रो छैन । प्रारम्भिक तथ्यांक अनुसार जीडीपीको बृद्धि दोस्रो चौमासिकमा शून्य दशमलब ४ प्रतिशत पाइएको छ । पहिला शून्य दशमलब १ प्रतिशतको अनुमान गरिएको थियो । विश्वको तेस्रो ठूलो अर्थतन्त्रले अझै पनि चुनौती सामना गर्नु परिरहेको छ । ट्याक्स बढेपछि घरेलु माग अहिले घटेको जापान इकोनोमिस्टका क्यापिटल इकोनोमिक्स मार्सेल थाइलिएन्ट बताउँछन् ।
भारत
एशियाको तेस्रो ठूलो अर्थतन्त्र भएको मुुलुक भारतमा कमजोर लगानी र घरेलु कमजोर मागका कारण बृद्धि अप्ठेरोमा परेको छ । पछिल्लो चौमासिकमा भारतको जीडीपी बृद्धि गएका ५ वर्षको तुलनामा सबैभन्दा तल ५ दशमलब ८ प्रतिशतमा पुगेको छ ।
अर्कोपटकको जीडीपी ३० अगस्टसम्मको झन् कमजोर हुने ठानिएको छ । कारको बिक्री समस्यामा परेको एउटा उदाहरणका रुपमा लिन सकिन्छ । गएको जुलाइमा यात्रु भेइकल बिक्री ३१ प्रतिशतले घटेको छ । यो गएको झण्डै दुई दशकपछिकै कम हो । यो क्षेत्रले रोजगारी गुमाइरहेको छ र उत्पादन घटेको बेलामा बिक्री पनि कम हुँदै गइरहेको छ । यो वर्षको अहिलेसम्म भारतको केन्द्रीय बैंकले चार पटक दर कटौति गरिसकेको छ । बेन्चमार्क रेट अहिले सम्म दशककै न्यून बनाइएको छ ।
हङकङ
एशियाको फाइनान्सियल हब मानिने हङकङ राजनीतिक संकट र व्यापार युद्धले अप्ठेरोमा परेको छ । केही अर्थशास्त्रीले जनाए अनुसार जीडीपी गएका तीन महिनामा शून्य दशमलब ४ प्रतिशतले घटेको छ । तर, यसले प्रजातन्त्र पक्षको आन्दोलनको असरलाई भने उल्लेख गरेको छैन । जसले पर्यटन र खरिद लगायतका कुरालाई अप्ठेरोमा पारेको छ । हङकङ प्राविधिक मन्दीमा परेको पाइएको छ ।
सिंगापुर
सिंगापुर विश्वव्यापी रुपमा कमजोर मागको चपेटामा परेको छ । सिंगापुर हाइ टेक निर्यातमा निर्भर हुँदै आएको छ । साथै सिंगापुरबाट विद्युतीय सामग्रीमा सफ्टर डिमाण्ड हुने गर्छ । अहिले यहाँको अर्थतन्त्र अँध्यारो भएको पाइएको छ । अर्थतन्त्र दोस्रो चौमासिकमा ३ दशमलब ३ प्रतिशत खस्केको छ । यो अवस्थाले गर्दा सिंगापुरको बृद्धि आँकलन शून्य देखि १ प्रतिशतमा झरेको छ । व्यापार युद्धको चीनमा भएको असर भन्दा बढी हङकङ र सिंगापुरमा भएको अर्थशास्त्रीहरु बताउँछन् ।
दक्षिण कोरिया यो वर्षको शुरुमा नै दक्षिण कोरियाको मन्दी बढ्ने अनुमान गरिएको थियो । यद्यपि उसले यसमा आबश्यक व्यवस्थापन गरेको छ । दोस्रो चौमासिकमा सरकारको खर्चले गर्दा ठिक अवस्थामा नै ल्याएको छ । जुन सम्मको तीन महिनाको जीडीपी १ दशमलब १ प्रतिशत भएको छ । यो अघिल्लो चौमासिकसँगको तुलना हो । गएको जुलाईमा दक्षिण कोरियाको केन्दीय बैंकले गएको तीन वर्ष यता नै पहिलो पटक दर कटौति गरेको थियो । धेरैजसो उसलाई परेको तनाव भनेको टेक निर्यातामा परेको समश्या हो । विद्युतीय सामानको निर्यातले करिब ३० प्रतिशत अर्थतन्त्र धानिरहेको छ । उसको जापानसँगको व्यापार युद्धले अर्थतन्त्रमा अप्ठेरो अवस्था सिर्जना गरेको छ । (बीबीसी)