• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    २४ वर्षको उमेरमै १९६ देश भ्रमण गरेका व्यक्तिको यस्ता सुझाव

  • वीरगंज संजाल
  • Sep 1, 2019, 1:51 am
  • २१३३

    एजेन्सी । केबल २४ वर्षको उमेरमै १९६ देशको भ्रमण गरिसकेका व्यक्ति अहिले उनी समानका धेरै युवाहरुका लागि प्रेरणाका पात्र बनेका छन् । अघिल्लो वर्ष मात्र गिनिज बुकले उनलाई आधिकारिक रुपमा सबैभन्दा धेरै देश भ्रमण गर्ने विश्वकै कान्छो व्यक्तिको नाम दिएको हो । हाल २८ वर्षका जेम्स एसक्विथ लन्डनस्थित बैंकमा काम गरिरहेका छन् । उनले आफ्नो पहिलो यात्रा जम्मा १८ वर्षको उमेरमा सुरु गरेका हुन् ।

    यसरी सानैदेखि विभिन्न काम गरि भ्रमणका लागि पैसा जोगाउने गरेको उनी बताउँछन् । १२ वर्षको उमेरमा नै उनी छिमेकमा कारहरु सफा गर्ने काम गर्दथे भने सम्पूर्ण भ्रमणको खर्चका लागि पनि उनले कडा संघर्ष गरेको बताए । उनी भन्छन्, “सबैलाई लाग्थ्यो कि मेरा आमाबुवा धनी भएकाले नै मैले यति ठूलो सफलता हासिल गर्न सकेको हुँ । तर वास्तवमा मेले आफ्नो रहर पूरा गर्न धेरै कठिनाइको सामना गरेको छु ।”

    केही भ्रमणका क्रममा आफूले विभिन्न होटल र बारहरुमा समेत काम गरि खानेबस्ने निःशुल्क बन्दोबस्त मिलाएको उनी बताउँछन् । उनका अनुसार आफूले जसरी यात्रामा जाँदा खानबस्नमै धेरै खर्च लाग्ने गर्दछ । पाँच वर्ष भित्रमै १९६ देशको भ्रमण गर्न सफल जेम्स भन्छन्, “केबल रेकर्डकै लागि यत्तिका देशहरुको भ्रमण गर्छु भनेर मैले कहिल्यै सोचिन तर केही समय यता मलाई धेरैले ‘तिम्रो रेकर्ड तोड्छु’ भनिरहेका छन् ।”

    यसरी उनलाई आफ्ना पितासँग घुम्न सुरु गरेदेखि नै भ्रमणप्रति रुची जागेको बताए । उनले भने, “त्यसबेला मैले सोचेँ, मलाई अझै धेरै कुरा हेर्नुछ ।”

    यस्तोमा १८ वर्षको हुँदा युनिभर्सिटीको पढाइ सुरु गर्नु अगाडि उनी एक वर्षको ग्याप लिएर आफूले बचाएको रकम लिइ पहिलोपटक साथीहरुसँग दक्षिण एसिया घुम्न गएका थिए ।

    तर तीन महिने भ्रमणका रुपमा सुरु भएको उनको यात्रा पाँच वर्षसम्म जारी रहेको हो । जसक्रममा उनी युद्धग्रस्त अफगानिस्तान समेत पुगेर जिपमा सोमालिया घुमेका हुन् ।

    यसरी तीन महिना अगाडि मात्र इन्स्टाग्राम अकाउन्ट खोलेका उनको अहिले ६ लाख भन्दा बढी फलोअर छन् । लन्डनमा अर्थशास्त्र लिएर पढ्दै गर्दा पनि उनले विभिन्न स्थल भ्रमण गर्ने समय मिलाएको बताउँछन् ।  तर भ्रमणप्रति उनको रुचीलाई पूरा गर्नु आर्थिक हिसाबले धेरै चुनौतिमय रहेको हुँदा कुनै समय आफूले एकैपटक तीन ठाउँ काम गर्नु परेको उनी बताउँछन् ।

    यस्तोमा उनले शेयर बजारमा समेत हात हालेको र त्यसमा भाग्यले साथ दिएकै कारण यति ठूलो उपलब्धि हासिल गरेको बताएका हुन् । कमाएको सबै पैसा उनले भ्रमणमै खर्च गर्ने गरेको बताए ।  साथै एयरलाइन इमेलमा साइन अप गर्नुले पनि उनलाई धेरैपटक सस्तोमा उडान भर्ने अवसर दिलाएको बताएका छन् ।

    बिजनेस इन्साइडरसँग कुरा गर्दै उनले जोर्डान र सिरिया लगायत मध्य पूर्वको भ्रमणलाई सबैभन्दा यादगार बताएका हुन् । त्यस्तै अफ्रिकामा चाहिँ उनले धेरै समय एक्लोपन महसुस गरेको बताए । आफूले प्रत्येक देशमा कम्तीमा पनि एक रात बिताउने प्रयास गरेको उनको भनाइ छ । तर अझैपनि आफूले धेरै सिक्न र देख्न बाँकी भएकाले यात्रा अहिले नै अन्त्य नभएको उनी बताउँछन् ।

    सीएनएनसँग कुरा गर्दै उनले आफू जस्तैगरी यात्रामा जान चाहने युवाहरुका लागि भने यस्तो सुझाव दिएका हुन्, “जस्तो सुकै यात्राका लागि पनि सधैँ तयार हुनुपर्छ र कुनै कुरासँग पनि डराउनु हुँदैन । पछिल्लो समय शिर्ष समाचारमहरुमा नकारात्मक खबर बढी आइरहेका छन् तर बहादुरीता नै जस्तोसुकै लक्ष्य पूरा गर्ने एकमात्र हतियार हो ।”

    यसरी कुनैपनि नयाँ कुरा सिक्न यात्रा र भ्रमण भन्दा राम्रो तरिका नहुने बताउँदै उनले युनिभर्सिटीमै पढेका भरमा सबैकुरा जानेको छु भन्नेमा विश्वास नराख्न भनेका हुन् ।  उनले भने, “मेरो अनुभवमा नयाँ ठाउँ घुमेर त्यहाँका मानिस, समाज र संस्कृति अनि परम्पराबारे जानेर नै संसारको वास्तविकता बुझ्न सकिनेछ । यसले नै मेरो किशोरावस्था अरुको जस्तो तनावयुक्त र आक्रामक नभएर उत्साहजनक बन्न पुगेको हो ।”

    फेरि यस्तो भ्रमणमा गए के गर्नु हुन्थ्यो भन्ने प्रश्नमा चाहिँ उनले आफूले सबै ठाउँमा धेरै दिन बिताउन चाहेको बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ
  • बिहारमा रेल दुर्घटना ,६ जनाकाे मृत्युु
  • इजरायल आक्रमण: एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा
  • विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑