• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

  • वीरगंज संजाल
  • ५ भाद्र २०७६, बिहीबार ००:४०
  • ५२१७

    नयाँदिल्ली : भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सिबिआई) ले बुधबार साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो ।

    सिबिआईले ७३ वर्षीय चिदम्बरम माथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन्२००८मा गरिएको अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लगाएको छ।

    सिबिआईले उनलाई दिल्लीको जोरबागस्थित निवासबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नका लागि चिदम्बरमको घर पुगेका सिबिआईका अधिकारीहरुले निकै कसरत गर्नु परेको थियो। निवासको मूलढोका नखोलिएपछि उनीहरु पछाडिको ढोकाबाट प्रवेश गरेका थिए। सिबिआईका केही अधिकारीहरु त पर्खाल नाघेर समेत भित्र पसेका थिए।त्यसअघि चिदम्बरमले आफूमाथि सिबिआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए। तर, मंगबालर उच्च अदालतले उनको माग अस्विकार गरेको थियो।

    त्यसपछि सिबिआई र प्रवर्तक निर्देशनालय (इनफोर्समेन्ट डाइरक्टरेट–ईडि) को टोलीले चिदम्बरमलाई पक्राउ गर्न खोजी शुरु गरेको थियो। त्यसका लागि मंगलबार दुई पटकसम्म उक्त टोली उनको निवास पुगेको थियो। तर, उनलाई फेला पार्न सकेको थिएन।


    बुधबार बिहान चिदम्बरम पक्षका वकिलहरुले उनी प्रतिष्ठित राजनीतिज्ञ र पूर्वमन्त्री समेत भएकाले विदेश भााग्ने सम्भावना नरहेकको भन्दै जमानतका लागि सर्वोच्च अदालत गएका थिए। तर, सर्वोच्चले मुद्दाको चापका कारण उनको मुद्दाको सुनवाई शुक्रवार अघि हुन नसक्ने आदेश दिएपछि चिदम्बरम पक्राउ पर्ने निश्चित ठानिएको थियो। त्यसपछि पनि उनी कहाँ थिए भन्ने अज्ञात नै थिए।

    एकाएक बुधबार साँझ कंग्रेस पार्टीको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलनमा सार्वजनिक भएका थिए। उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिदम्बरमले आइएनएक्स मिडिया प्रकरणमा प्रत्यक्ष आरोप नलगाइएको हुँदा मंगलबार राति र बुधबार दिनभर वकिलहरुसँगको परामर्शको व्यस्त रहेको र न्यायिक प्रक्रियाको अपहेलना गर्न नखोजेको प्रष्टिकरण दिएका थिए।

    उक्त पत्रकार सम्मेलनपछि उनी आफ्नो निवास पुगेका थिए। चिदम्बरम आफ्नो निवास पुगेलगत्तै सिबिआई र ईडीको टोली उनलाई पक्राउ गर्न त्यहीँ पुगेको थियो। निवास प्रवेश गरेको करीब आधा घन्टापछि सिबिआई र ईडको टोली चिदम्बरमसहित बाहिर निस्केको थियो। चिदम्बरम कम्तिमा पनि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई नहुँदा सम्म सिबिआई मुख्यालयमै रहने छन्।

    चिदम्बरम अर्थमन्त्री भएकाले केन्द्रीय वैदेशिक लगानी बोर्डले सन् २००८ मा पिटर र इन्द्रानी मुकर्जीयाको कम्पनी आइएनएक्स मिडियामा विभिन्न तीनवटा मोरिसस कम्पनीबाट करीब ३०५ करोड भारु वैदेशिक लगानीका लागि अनुमति दिएको थियो। पछि राजस्व विभागले त्यो लगानी भित्र्याउँदा सम्पत्ती शुद्धिकरण गरेको र वैदेशिक लगानीसम्बन्धी कानूनहरुको पूर्ण पालना नभएको तथ्य फेला पारेको थियो। र, त्यसको छ वर्ष पछि आइएनएक्स मिडियासँग चिदम्बरमका छोरा कार्ति चिदम्बरमको कम्पनीको पनि सम्बन्ध भएको खुलेको थियो।

    पछि सिबिआईसँगको बयानमा इन्द्रानीले कार्ति चिदम्बरम र आफूहरुबीच वैदेशिक लगानी स्वीकृतिका लागि दश लाख डलरको डिल भएको बताएकी थिइन्।इन्द्रानीको बयानपछि सिबिआईले कार्त्ति चिदम्बरमलाई पनि पक्राउ परेको थियो।

    पछि ईडिले कार्ति चिदम्बरमको करीब ५४ करोड भारुको सम्पत्ति आइएनएस मिडिया डिलसँग जोडिएको दावी गर्दै अनुसन्धान अगाडि बढाएको थियो। त्यसपछि ईडी कार्यालयले पि चिदम्बरमलाई पनि पटकपटक सोधपुछ गरेको थियो। कान्तिपुर दैनिकबाट साभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑