प्रतीक दैनिकको ३३औं वार्षिकोत्सव सम्पन्न, पत्रकार, न्यायाधीश हुनुभएन –मेयर सरावगी
वीरगंज संजाल
२ भाद्र २०७६, सोमबार १६:५९
६५६९
वीरगंज | प्रतीक दैनिकको ३३औं वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित वार्षिकोत्सव समारोह तथा सुबोध स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका मेयर विजय सरावगीले पत्रकार न्यायाधीशको भूमिकामा प्रस्तुत नहुन सुझाव दिए ।
उनले पत्रकारिता पेशा आपैmमा जोखिम र सम्मानपूर्ण पेशा भएको बताउँदै पत्रकारहरूले सत्यतथ्यलाई पस्कनुपर्ने र न्यायाधीशको रूपमा जनता हुनुपर्ने बताए । केही पत्रिका र पत्रकारको कारण आम जनताको नजरिया पत्रकारप्रति गलत भइरहेको भन्ने कुरामा उनले ध्यानाकर्षण गराए ।
मेयर सरावगीले पत्रिका र पत्रकारिताको विकासको लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतीक दैनिकले पत्रकारिताको विकासमा खेलेको भूमिकाको प्रशंसा गरे । वीरगंजबाट प्रकाशित पत्रिकाहरूमा प्रतीकले छुट्टै पहिचान कायम गरेको र सही समाचार पस्केर जनविश्वास बटुलेको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरीले पनि प्रतीक दैनिकले पत्रकारिता क्ष्Fेत्रमा गरेको सङ्घर्षको सराहना गरे । उनले फरक सन्दर्भमा प्रदेशको राजधानी र नामाकरणको विषय गम्भीरतापूर्वक नलिइएको बताए । उनले केही व्यक्तिले विरोध गर्दैमा प्रदेशको राजधानी वीरगंज नआउने र नामाकरणको काम पनि नरोकिने बताउँदै त्यसको लागि राजनीतिक सहमति गर्न सुझाव दिए । सडकमा र सामाजिक सञ्जालको भित्तामा विरोध गरेर राजधानी वीरगंजमा नहुने तर्क गर्दै उनले त्यसका लागि नेकपा, नेपाली कांग्रेसलगायतले आप्mना सांसदलाई सोही प्रकारको भूमिका निर्वाह गर्न निर्देशन दिनुपर्ने बताए । समाजवादी पार्टी र राजपाका सांसदहरू त्यसका लागि तयार रहेको र अन्यलाई पनि सोही बमोजिम भूमिका निर्वाह गर्न सुझाव दिए ।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले आपूm पनि प्रतीक दैनिकसँग ९ वर्ष आबद्ध रहेको बताउँदै वीरगंजको पत्रकारितामा प्रतीकले छुट्टै पहिचान बनाएको बताए । उनले पत्रकारिताको विकासको लागि सबै पत्रकारहरूलाई सत्यतथ्य समाचार पस्केर जनविश्वास जित्न सुझाव दिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका पूर्व अध्यक्ष पशुपति विक्रम शाहले पनि प्रतीक दैनिकले वीरगंजको पत्रकारितामा देखाउँदै आएको भूमिकाको प्रशंसा गरे । सो अवसरमा उनले प्रतीक दैनिकका आर्थिक स्तम्भकार विश्वराज अधिकारीद्वारा लिखित ‘अमेरिकी अर्थतन्त्रका विशेषता’ पुस्तकको विमोचन गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा आयोजित सुबोध स्मृति पत्रकारिता पुरस्कार फोटो पत्रकार सफलता खतिवडालाई प्रदान गरिएको थियो । रु २५ हजार राशिको पुरस्कार, प्रमाणपत्र र पूmलमाला अबीर लगाएर मेयर सरावगीले खतिवडालाई पुरस्कृत गरेका थिए ।
यसैगरी वार्षिकोत्सवमा प्रतीक दैनिकका रौतहट संवाददाता शैलेन्द्र झालाई प्रदेशसभा सदस्य गिरीले पुरस्कृत गरेका थिए । रु १० हजार राशि पुरस्कार, प्रमाणपत्र, अबीर माला लगाएर झालाई पुरस्कृत गरिएको थियो । त्यस्तै स्तम्भ लेखन पुरस्कार अधिवक्ता वीरेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको थियो । राजपाका सहमहासचिव निजामुद्दीन समानीले यादवलाई रु ५ हजार राशिको पुरस्कार, प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतीक प्रकाशन समूह प्रालिका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा सम्पादक प्रताप श्रेष्ठले स्वागत गरेका थिए भने प्रधान सम्पादक जगदीशप्रसाद शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।ptratic daily