• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बियर ग्रेल्सको साहसी यात्रा : सिक्किम हुँदै सगरमाथा चुचुराेसम्म

  • वीरगंज संजाल
  • Aug 18, 2019, 12:42 am
  • ६०७३

    लण्डन : डिस्कभरी च्यानल हेर्नुभएकै होला, त्यहाँ प्रशारण हुने ‘म्यान भर्सेस वाइल्ड’मा देखिने बियर ग्रेल्स एक साहसी र रोचक पात्र लाग्छन् ।

    बेलायती खोजकर्ता बियरको जीवन अनवरत रुपमा ‘एड्भेन्चर’ले भरिएको छ । परिवारले उनलाई दिएको नाम एड्वर्ड माइकल ग्रेल्स थियो । ‘बियर’ चाहीँ उनकी दिदीले जन्मिएको केही हप्तामै ‘निकनेम’ राखिदिएकी थिइन् ।

    बियर पढाइको लागि बेलायतको आकर्षक स्कुल एटोन कलेज पुगे । र त्यहाँ उनले चर्चित संस्थाको माउन्टेनियरिङ क्लब स्थापना गरे । जहाँ उनले यसबारे शीप पनि सिक्ने मौका पाए । त्यसबेला सिकेका शीप उनले पछि टेलिभिजन शो मा पनि प्रयोग गर्न पाए ।

    टिभी शो मा जोखिम मोल्ने ग्रेल्सले आफ्नो स्कुले जीवनमा भने साथीहरुको ‘बुलिङ’को पीडा खेप्नु पर्यो । साथीहरुको दवाव झेल्न पनि उनले केही साथीसँगै कराते सिकेका थिए । पछि साथीहरुले कराते छोड्दै गए । सिक्न थालेको तीन वर्षपछि नै उनले करातेको ‘ब्ल्याकबेल्ट’सम्म लिन सफल भए । साथै कराते खेल्न जापान जाने बेलायती कराते युनियनको कान्छो व्यक्ति समेत बने उनी ।

    संसारकै प्रसिद्ध कराते ग्रान्डमास्टरमध्ये एक सेन्सेइ याहाराबाट समेत कराते सिक्न पाएको बताउँछन् ग्रेल्स । जुन कुरा उनले आफ्नो ‘मड, स्वीट एन्ड टियर्स’मा उल्लेख गरेका छन् । ग्रेल्सले त्यहाँ रहँदा जटिल तालिम समेत लिने मौका पाएको बताएका छन् । ग्रेल्सका बावु माइकल ग्रेल्स १९८० को दशकमा तत्कालिन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरका निकटस्थ नेता थिए । उनी सांसदको रुपमा समेत थ्याचरलाई सघाएका थिए ।

    भारतसँग सम्बन्ध

    वाट्टी नाम गरेका बियरका एक साथी थिए । उनैसँग मिलेर बियर भारत पुगे । जहाँ उनी युवाहरुलाई माउन्टेनियरिङ तालिम दिन चाहन्थे । भारतमा केही महिना उनीहरुले हिमालय क्षेत्र र दार्जिलिङमा बिताए । यसबीचमा इन्डियन हिमालयन गाइड नामको संस्थाले चलाएको ‘विन्टर माउन्टेनियरिङ स्कुल’ समेत उनीहरुले भ्रमण गरे ।

    भारत छाड्नुअघि बियर कलकत्ता पुगे जहाँ मदर टेरेसाको ‘मिसन अफ मेर्सी’ मुख्यालय थियो । बियर उनलाई त्यहाँ भेट्न चाहन्थे । उनले आफूसँग भएको केही रकम दान पनि गरे । त्यहाँ उनले एक प्रतिक्रिया समेत लेखेका थिए । दुई महिनापछि मात्रै मदर टेरेसाले ‘धन्यवाद’ भन्दै बियरको जवाफ फर्काएकी थिइन् ।

    भारत भ्रमणबारे उनले धेरै ठाउँमा बोलेका पनि छन् । आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन् । भारत आफूले असाध्यै मन पराउने ठाउँ र लामो समय बिताउन चाहेको ठाउँको रुपमा उनले प्रशंसा गरेका छन् ।

    सेनामा पनि

    १९९४ देखि १९९७ सम्म उनले सिक्किम र पश्चिम बंगालका धेरै हिमालयन क्षेत्रमा हाइकिङ गरेका थिए । ग्रेल्सले भारत भ्रमणपछि भने भारतीय सेनामा भर्ती हुन चाहेको पनि बताएका थिए । उनी यसबाट प्रभावित बनेको उल्लेख गरेका छन् ।

    उनले बेलायती सेनामा रहेर पनि काम गरे । जहाँ उनी डेजर्ट, विन्टर वारफेर, क्लाइम्बिङ, प्यारासूटिङबारे धेरै तालिम दिए । यस्तै सर्भाइभल इन्स्ट्रक्टरको रुपमा दुईपटक त उत्तर अफ्रिका पुगे । केन्यामा प्यारासुट दुर्घटनापछि भने उनले सैन्य सेवा छोडे ।

    सगरमाथाको आरोहण

    १६, मे १९९८ मा ग्रेल्सले बाल्यकालदेखिकै सगरमाथा चढ्ने सपना पूरा गरे । उनी प्यारासुट दुर्घटनामा चोट लागेको १८ महिनापछि नै सगरमाथा चढेका थिए । ग्रेल्सले आमादब्लम पनि आरोहण गरिसकेका छन् ।

    मोदीसँग ‘एडभेन्चर’

    यही अगष्ट १० मा ग्रेल्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जंगल घुमाए । यसअघि उनले बाराक ओबामा लगायत उच्च पदस्थ व्यक्तिलाई समेत जंगल घुमाइसकेका छन् ।

    जब कि, मोदीसँगको एड्भेन्चरको भिडियो निकै विवादमा पर्यो । भारतमा त यसको ट्रेलरलाई लिएर चर्को आलोचना भयो । भारतीय सेना युद्ध गरिरहँदा मोदीले डिस्कभरी च्यानलका लागि ग्रेल्ससँग भिडियो सूटिङ गरिरहेको भन्दै यसबारे आलोचना भएको थियो । ग्रेल्सले भने मोदीसँग एड्भेन्चरको बेला निकै रमाइलो गरेको म्यान भर्सेस वाइल्ड सार्वजनिक भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑