पर्सा | रामकिशोर चौधरी | पर्साको राष्ट्रिय बन र राष्ट्रिय निकुञ्ज उचाडीने अवस्था पर्साको वन्यजन्तु आरक्षणबाट दैनिक रूपमा वन फडानी भैरहेको छ।दैनिक वन जङ्गलमा सयौंको संख्यामा तस्करहरु प्रवेश गरि अबैधरुपमा काचो रुखकटान गरि दाउरा बनाउने गरेको स्थानीयको भनाइ छ ।
हरेक दाउरा काटनेहरु संग रू.१००देखि रू.२००/-सम्म बन कर्मचारीहरुले लेने गर्छन् ,टाउकोमा सालको काचो ३फिट्को काठ महिलाहरु बोकेर अबैध फर्निचर उधोग र चिरान मिलमा तस्करले पुर्याउने गर्ने गरेको छ एक तस्करको भनाइ अनुसार हामीहरुलाई जङ्गलको बन कर्मचारीले तस्कर लाई फोन गरेर बोलाउ छ|
हामीहरु वनमा पसने अगाडि कर्मचारीलाई भेटेर जान्छौं । तीन साईकल गोलाई काठ निकाले भने एक साइकलको गोलाई बेचेर काठको रकम दिनुपर्ने हुनछ र बाकी रहेको दुई वटा गोलाईको रकमबाट रु.१५००-१५००सय रेन्ज र प्रहरीहरु लाई दिने गार्छौ।यो काठहरु चिरान मिल फर्निचर उद्योगहरुलाई बेच्ने गार्छौ।