रौतहट।रामसरन यादव।रौतहट–संघीय सांसद एवम पुर्व मन्त्री हाल रौतहट क्षेत्र नम्बर ३ को संघिय सांसद प्रभु साहले भने भारतले नेपालको सीमावर्ती इलाका(दसगजा) मा बनाउँदै गरेको बाँधको निर्माण कार्य तुरुन्त रोक्न सांसद प्रभु साहले भने ।
नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत रौतहटको ईशनाथ नगरपालिका नजिकै भारतीय पक्षद्वारा पानीको बहाब नै अवरुद्ध हुने गरी दशगजा क्षेत्रमा सडकको नाममा बाँध बनाई रहेको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ: यस विषयमा कुनै अप्रिय घटना घटनु पूर्व नै दुबै देशका तर्फबाट आवश्यक कुटनीतिक पहल लिई तत्काल समस्याको समाधान गर्न सम्बद्ध पक्षहरुसंग जोडदार माग गर्दछु ।
रौतहट जिल्लासँग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले सडकको नाम दिई अग्लो बाँध बनाइरहेको भन्दै सांसद साहले आपत्ति जनाएका हुन् ।
कुटनीतिक पहल गरी उक्त बाँध निर्माण कार्य तत्काल रोक्न साहले सरकारसँग माग गरेका छन् ।
नेपाल र भारत दुबै पक्षबीच कुटनीतिक संवाद गरी दसगजा क्षेत्रबाट बाँध हटाउनुपर्ने सांसद प्रभु साहको भनाइ छ ।