कोही किन सन्तान जन्माउन अनिच्छुक ?

 Krishna Shrivastav

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) को एक प्रतिवेदनले नेपाललगायत संसारभरका लाखौँ व्यक्तिहरूले आर्थिक तथा सामाजिक बाधाका कारण इच्छाअनुसार सन्ताउन जन्माउन अनिच्छुक भएको देखाएको छ । आज सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ। प्रतिवेदनकाअनुसार यो हुनुमा बढ्दो खर्च, घट्दो पारिवारिक सहयोग र भविष्यको प्रतिको चिन्ता रहेको देखाएको हो । यसैगरी जीवनयापनका लागि बढ्दो खर्च, रोजगारीको असुरक्षा, प्रजनन स्वास्थ्य सेवामा सीमित पहुँच र विश्वव्यापी सङ्कटजस्तै युद्घ र जलवायु परिवर्तन यसका थप

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

 Krishna Shrivastav

वीरगंज | प्यालेष्टाइनको गाजासहित मध्यपूर्वमा जारी युद्ध कम गर्न आग्रह गरेपनि इजरायल र इरानबीच युद्धबिराम आह्वान गर्न जी–७ समूहका नेताहरु असफल भएका छन् । आइतबारदेखि सुुरु भएको विश्वका धनी राष्ट्रहरुको समुह जी–७ को ३ दिने वैठक क्यानडामा जारी छ । सम्मेलनको क्रममा जारी गरिएको संयुक्त विज्ञप्तीमा यी देशहरुले मध्यपूर्वमा शान्ति र स्थिरताका लागि आफ्नो प्रतिबद्धता दोर्होयाएका छन् । क्यानडाको कानानास्किसमा जारी विश्व नेताहरुको सो सम्मेलन मध्यपूर्वको द्वन्द्वका कारण ओझेलमा परेको छ । इरान इजरायल बीचको चर्कँदो तनावका कारण अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मेलन समापन हुनुभन्दा एक दिन अघिनै सोमबार स्वदेश

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

 Krishna Shrivastav

रौतहट | रौतहटको राजपुर बम काण्डमा पुत्र गुमाएका श्रीनारायण सिंह राजपूतले न्यायको लडाइँलाई काठमाडौंस्थित न्याय प्रणालीको सर्वोच्च निकायसम्म ल्याइपुऱ्याएका छन्। उच्च अदालतबाट प्रतिवादीहरूलाई सफाइ दिने न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै उनले न्याय परिषद्‌मा उजुरी दर्ता गराएका हुन्। जिल्ला अदालतले दोषी ठहर गरेका व्यक्तिलाई उच्च अदालतले सफाइ दिएपछि निराश बनेका ८४ वर्षीय उनी ‘न्याय नमरेको’ प्रमाणित गर्न एक्लै काठमाडौंमा सङ्घर्ष गरिरहेका छन्। नागरिकन्यूजसँग कुराकानी गर्दै उनले भने – ‘सास रहुन्जेलसम्म न्यायको लागि लडिरहन्छु, जिन्दगी जहिलेसम्म छ, त्यहिलेसम्म यो लडाइँ जारी रहन्छ।’ रौतहट जिल्ला अदालतले २०८१ वैशाख ३ गते मुख्य अभियुक्त मो.

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

 Krishna Shrivastav

पर्सा | श्रुति साह । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भारतबाट भन्सार छलि ल्याइएको रु. १० लाख १८ हजार बराबरको मल्टिभिटामिन ट्याब्लेट नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१, छप्कैयाबाट भन्सार नतिरी ल्याउँदै गरिएको RIVITROL-CM multivitamin tablet को १०१८ डब्बा बरामद गरेको हो। उक्त औषधि दुईवटा मोटरसाइकलमा लोड गरी वीरगंजतर्फ ल्याइँदै गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको औषधिसहित सो कार्यमा प्रयोग भएका दुईवटा मोटरसाइकललाई समेत आवश्यक कारवाहीको लागि वीरगंज भन्सार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

 Krishna Shrivastav

वीरगंज । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले मधेश प्रदेश सरकारमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। महालेखाको प्रतिवेदनअनुसार मधेश सरकारअन्तर्गत खरिद गरिएका करोडौँ मूल्यका सामाग्री गायब छन्, कतिपय त कहिल्यै प्रयोगमै नआएको उल्लेख छ १ करोड ५९ लाखका पंखा गायब मुख्यमन्त्री राउत नेतृत्वको सरकारद्वारा खरिद गरिएका १ करोड ५९ लाख ९३ हजार रुपैयाँ बराबरका पंखा कतै फेला परेका छैनन्। प्रतिवेदनमा स्पष्ट उल्लेख छ-“खरिद गरिएका सामानहरूको प्रयोग वा अभिलेख नभेटिएको।” २६ लाखका फिल्टर थन्किए सरकारले २६ लाख ८७ हजार रुपैयाँ खर्चेर खरिद गरेका पानी फिल्टरहरू कहिल्यै प्रयोगमा नआएको पनि प्रतिवेदनमा उल्लेख छ। जनतालाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

 Krishna Shrivastav

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका अधिकृत कमल राज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ । गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरित गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारका अनुसन्धान गर्दा साढे २ करोडभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति भेटिएको अख्तियारको दाबी छ । अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले ०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ । गौतमको स्रोत नखुल्ने सम्पत्ति जफत गरी भ्रष्टाचार

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

 Krishna Shrivastav

विराटनगर । तरकारी लोड गरिएको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार र मंंगलबार गरी ४ हजार २ सय ३० किलो गाँजा बरामद भएको हो । प्रहरीले धनकुटाबाट तरकारी लोड गरी आउँदै गरेका दुई वटा ट्रक र ३ जना भरियालाई पनि नियन्त्रणमा लिएको छ । मंगलबार बिहान इटहरी उपमहानगरपालिका– २० तरहरामा ५ ख ६११६ नम्बरको तरकारी लोड गरिउको ट्रकमा ७० वटा बोरामा गाँजा बरामद भएको हो । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बन्दा र आलुसहित ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलो

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

 Krishna Shrivastav

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिएको हो । विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युत्गृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

 Krishna Shrivastav

बारा । फत्तेपुरका सलिक हवारीले ३ वर्षअघि १ करोडमा किनेको जग्गा हालै ६० लाख रुपैयाँमा बिक्री गरेका छन् । तरकारी खेती गर्दा लागेको ऋण तिर्न नसकेपछि उनले ४० लाख घाटा खाएर जग्गा बिक्री गरेका हुन् । १० बिघा खेतमा लगाएको गोलभेंडाले बजार मूल्य नपाएपछि ६० लाख रुपैयाँ घाटा भएको हवारी बताउँछन् । सोही घाटापछि ऋण तिर्न उनले अर्को घाटा झेल्दै जग्गा बेचेका हुन् ।‘बैंक, सहकारी, गाउँघरबाट ऋण लिएर खेती गरेको थिएँ । लागत त जसरी पनि आउँछ भन्ने थियो, तर ६० लाख डुब्यो,’ भावविह्वल हुँदै उनले भने, ‘बिउ, मल, विषादी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

 Krishna Shrivastav

सिरहा। दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन। सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौँदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ । स्थानीय जगेश्वर यादवले सडक पक्की हुने जनाउँदै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गरे। “ठेकेदारले सडक छेउ खनेर त्यसै छाडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा हिलो र हिउँदमा धुलो खेप्न बाध्य छौँ”, उनले भने। अर्नमा गाउँपालिका–३ का सिकेन्द्र यादवले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

 Krishna Shrivastav

काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो । आक्रमण पश्चात आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।” आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वमा थप तनाव ल्याएको छ । इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ ।


बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

 Krishna Shrivastav

काठमाडौं। स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू पनि मोबाइल फोनको लतमा फसेका छन्। जसका कारण बालबालिका पढाइमा पनि ध्यान दिन सक्दैनन् । मोबाइलका कारण उनीहरु कुनै पनि शारीरिक गतिविधि गर्न सक्दैनन् । पहिले केटाकेटी खेल्न बाहिर जान्थे, अहिले उनीहरु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

 Krishna Shrivastav

मुस्ताङ। उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बृद्धि भएको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा अधिकांश सडक कालोपत्र विस्तार भएसँगै मुस्ताङमा पर्यटन आगमनदर वृद्धि हुँदै गएको हो । जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड तीर्थस्थल यहाँको मुख्य धार्मिकस्थलका रूपमा चर्चित छ । यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँको पर्यटकीय गन्तव्य हुन् । पृथक भूगोल, प्राकृतिक सौन्दर्यता, जैविक विविधता,

Breaking News, देश, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

 Krishna Shrivastav

काठमाडौ । जी-७ शिखर सम्मेलनबाट एक दिन अगावै फर्कन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फर्कनुको युद्धबिरामसँग कुनै सम्बन्ध नरहेको बताएका छन् । इजरायल र इरानबीच युद्धविरामको लागि काम गर्न आफू जी-७ शिखर सम्मेलनबाट चाँडै बाहिरिएको रिपोर्टलाई अमेरिकी राष्ट्रपतिले अस्वीकार गरेका हुन्। आफ्नो फ्रान्सेली समकक्षीलाई यो दाबीको श्रेय दिँदै ट्रम्पले लेखे- ‘प्रचार खोज्ने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले गल्तीले भने कि म इजरायल र इरान बीचको ‘युद्धविराम’ मा काम गर्न क्यानडामा भएको जी-७ शिखर सम्मेलनबाट डीसी फर्किएको हुँ । गलत! उनलाई थाहा छैन कि म अहिले किन वाशिंगटन जाँदैछु, तर यसको

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

तोलामा २५०० ले घट्यो सुन मूल्य

 Krishna Shrivastav

काठमाडौं । सुनको भाउ मंगलबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ। हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ। आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो।


म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

 Krishna Shrivastav

बन्दीपुर । यहाँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ। गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो। ‘नमूना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य परिवारहरूलाई आवास निर्माण गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पहिलो चरणमा आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको बराबरी हिस्साबाट एक करोड बजेट विनियोजन गरिएको थियो। उक्त बजेटमध्ये रु ८१ लाख ४३ हजार ३९६ मा म्याग्दे मूलबाराही निर्माण सेवाले ठेक्का सम्झौता गरी १६ वटा घर निर्माण गरेको हो। त्यसैगरी,

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

 Krishna Shrivastav

वीरगन्ज | पर्साको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर गाँउपालिका अगाडि बढिरहेको बताएकी छन् ।मंगलबार पर्साको पटेर्वासुगौली गाउँपालिका–४ स्थित गाँउपालिका कार्यालयकोे प्रांगणमा आयोजित सार्वजानिक सुनवाई कार्यक्रममा बोल्दै उपाध्यक्ष थारुले ‘कृषि, पर्यटन, हरियो वन,समृद्ध पटेर्वासुगौलीको खुशीयाली मन’ नाराका साथ आँफुहरु अगाढि बढिरहेको बताइन्। कर्यक्रममा सहभागी स्थानीयबासीको सल्लाह,सुझाव र प्रश्नको सम्बोधन गर्दै उपाध्यक्ष थारुले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार योजनाहरु सम्पन्न भएको र केहि योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा रहेको जानकारी दिइन् ।उपाध्यक्ष महतोले कृषि प्रायोजनका लागि सिचाई गर्न विद्युतीय तार र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वर्षामा वीरगन्ज शहरलाई डुबाउनबाट जोगाउन रातका समयमा पनि नाला सफाई

 Krishna Shrivastav

वीरगन्ज | मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिइएको हो । वीरगन्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्रांगणसँगै रहेको मुख्य नालालाई एक्जाभेटरको सहयोगमा पनि सरसफाइ गरिरहेको भेटियो । वीरगन्ज महानगर–१३ मुर्लीस्थित सडकसंगै जोडिएको नालामा पनि रातकै समयमा श्रमिक खटाएर नाला सरसफाइ अभियानलाई अघि बढाइएको छ । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले मनसुनको समयमा वीरगन्जमा डुबानको समस्या देखिनसक्ने भन्दै घण्टाघरको हुलाक कार्यालयबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

News

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

News

सिरहामा १८ प्रतिशत धान रोपाइँ

News

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

News

सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि