Krishna Shrivastav
मधेश प्रदेश सरकारमा सुस्ती: सत्तारुढ दलका नेताहरू असन्तुष्ट
Krishna Shrivastav

वीरगञ्ज। मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा बनेको सरकार चार महिनापछि पनि अपेक्षित सुधार गर्न असफल भएको भन्दै सत्तारुढ दलका नेताहरू असन्तुष्ट भएका छन्। खासगरी, जनमत पार्टीका नेताहरू मुख्यमन्त्री सतीशकुमार सिंहप्रति आक्रोशित देखिएका छन्। सरकारको सुस्तताका कारण जनतामा असन्तोष बढेको र विकासको गति छैन भन्ने गुनासो बढेको छ। जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको सत्तारुढ गठबन्धन दलका नेताहरूको बैठकमा सरकारको कामकाजप्रति गम्भीर आलोचना गरिएको थियो। बैठकमा सरकारको कामकाज सुस्त भएको, बजेट खर्चमा मात्र ५ प्रतिशत प्रगति भएको र जनतामा निराशा उत्पन्न भएको कुरा उठाइएको थियो। मुख्यमन्त्रीको