Krishna Shrivastav
धनुषाधाममा जनमत पार्टीको सभा आज
Krishna Shrivastav

वीरगंज | जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतको उपस्थितिमा आज धनुषाधाम नगरपालिकामा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना हुँदैछ। धनुषाधाम वडा नम्बर १ मा मंसिर १६ गते हुने उपचुनावको तयारीस्वरूप यो सभा आयोजना गरिएको हो। यस सभामा जनमत पार्टीले वडाअध्यक्ष पदका लागि आफ्नो उम्मेदवार घोषणा गर्ने अपेक्षा गरिएको छ। यो उपचुनाव नेपाली कांग्रेसका निर्वाचित वडाअध्यक्ष विश्वनाथ यादवको निधनपछि हुन लागेको हो। शनिबार मात्रै डा. राउतले सप्तरीको डाकनेश्वरी नगरपालिकामा सभा गरेका थिए। मधेश प्रदेशमा सात वडामा वडाअध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ, जसमा रौतहटमा तीन, सप्तरीमा दुई, धनुषा र महोत्तरीमा एक/एक