सांगितिक यात्रा पश्चात नेपाल फर्किए अशेष डंगोल

 Krishna Shrivastav

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार अशेष डंगोल दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्किएका छन्। “हिमालयन हेन्ड्रीक्स” को उपनामले चिनिने डंगोलले अमेरिकाका विभिन्न स्थानमा दमदार सांगीतिक प्रस्तुति दिएका थिए। डंगोलले आर्लिङ्टन (भर्जिनिया), ह्युस्टन (टेक्सास), हन्ट्सभिल (अलाबामा), टुपेलो (मिसिसिपी), पिट्सवर्ग (क्यालिफोर्निया), एल सेरीटो (क्यालिफोर्निया), र लङ बीच (क्यालिफोर्निया) मा सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उनले “हाउस अफ ब्लूज” को फाउन्डेसन रुममा दोस्रो पटक आफ्नो प्रस्तुति दिएका थिए, जहाँ उनलाई चर्चित संगीत निर्देशक रेन्दा ज्याक्सन (बेस गिटार) र साजन महर्जन (ड्रम्स) ले साथ दिएका थिए। विशेष च्यारिटी कन्सर्ट पिट्सवर्ग, क्यालिफोर्नियामा बन्दै

कला मनोरंजन  संग सबंधीत छ |

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

 Krishna Shrivastav

वीरगंज | नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि सुरु भएको मैना रोबर्ट। नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ। टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आइतबारदेखि प्रयोगमा ल्याएको हो। रोबर्टको नाम मैना राखिएको छ। रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजको विषयमा ग्राहकलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताउनुभयो। उहाँले आज मैना रोबर्टको डेमो मात्रै सुरु गरिएको बताउनुभयो। उहाँले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसाबमा विभिन्न कार्यहरू सुरु गरेको पनि बताउनुभयो। उहाँले सोही लक्ष्यअनुरूप रोबर्टबाट सर्भिस डेलिभरी

Breaking News  संग सबंधीत छ |

घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा, नेपाली निर्माण क्षेत्रमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा

 Krishna Shrivastav

वीरगंज । नेपालको सिमेन्ट उत्पादन क्षेत्रमा अग्रणी घोराही सिमेन्ट इन्डस्ट्रीले नयाँ उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ नेपाली बजारमा ल्याएको छ। यो सिमेन्ट विशेषगरी व्यक्तिगत घर निर्माणकर्ताहरूलाई लक्षित गरी निर्माण गरिएको हो। घोराही सिमेन्ट इन्डस्ट्रीका अनुसार, यो सिमेन्ट प्रारम्भिक मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने विशेषताले युक्त छ। घरका बिम, स्ल्याब, जग र पिल्लर निर्माणका लागि यो उत्कृष्ट मानिन्छ। कम्पनीले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ निर्माणमा उच्च प्रविधि र गहिरो अनुसन्धानको प्रयोग गरेको बताएको छ। यस उत्पादनले ओपीसी सिमेन्टको गुणस्तरलाई प्रतिस्थापन गर्दै १० प्रतिशत कम मूल्यमा उपलब्ध गराउने दाबी गरिएको छ।

Breaking News  संग सबंधीत छ |

प्रभु साहको कडा टिप्पणी: उपेन्द्र ‘डराएको मूसो’ र सिके ‘छेपारो’

 Krishna Shrivastav

वीरगंज | आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेसका दुई प्रमुख नेताहरूको आलोचना गरेका छन्। उनले राजविराजमा आयोजित पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई ‘डराएको मूसो’ र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ‘छेपारो’ को उपमा दिएका छन्। साहले यादवलाई सत्ता र प्रतिपक्ष बीचको स्पष्ट अडान नलिन नसकेको आरोप लगाए। उनले भने, “उपेन्द्र यादव अहिले पानीमा काँपेर बसेको मूसो जस्तै छन्। उनी सत्ता पक्ष हुन् कि प्रतिपक्ष, चिन्न गाह्रो छ।” यसै गरी, उनले सिके राउतको आलोचना गर्दै भने, “रवि लामिछानेको मुद्दामा विरोध गर्ने सिके राउत पछि

Breaking News  संग सबंधीत छ |

भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

 Krishna Shrivastav

वीरगंज । भारतले आइतबार लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । भारतले ओडिशाको डा. एपीजे अब्दुल कलाम तटमा सो लामो दूरीको हाइपरसोनिक मिसाइलको परीक्षण गरेको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई सैन्य शक्तिको लागि महत्वपूर्ण कदम भनेका छन् ।उनले सामाजिक संजालमा भारतीय सशस्त्र बल र डीआरडीओ (रक्षा अनुसन्धान र विकास संगठन) लाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘यो ऐतिहासिक क्षण हो र यो महत्त्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्तो महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका देशहरूको समूहमा समावेश गरेको छ।’ समाचारमा बताइए अनुसार यो क्षेप्यास्त्रलाई

Breaking News  संग सबंधीत छ |

डा. चौरसियाको नयाँ स्थानमा सेवाः छाला र यौन रोगका विशेषज्ञ

 Krishna Shrivastav

वीरगञ्ज । छाला र यौन रोग विशेषज्ञ तथा कसमेटिक सर्जन डा. अतुलेश कुमार चौरसियाले आफ्नो क्लिनिकलाई नयाँ स्थानमा स्थानान्तरण गरेका छन्। अब, उनका सेवाहरू वीरगञ्ज–४ स्थित सिगरेट फ्याक्ट्री रोडमा उपलब्ध हुनेछन्। डा. चौरसिया यसअघि पनि छाला र यौन रोगका विभिन्न समस्याहरूको उपचार गर्दै आएका छन्। साथै, कसमेटिक सर्जरीमा पनि उनको विशेष दक्षता रहेको छ। नयाँ स्थानमा स्थानान्तरण गरेर उनले अत्याधुनिक प्रविधि र उपकरणहरूको प्रयोग गरेर थप गुणस्तरीय सेवा प्रदान गर्न शुरू गरेका छन्। उनको क्लिनिकमा मुख्यत: छाला सम्बन्धी समस्या, दाग–धब्बा हटाउने उपचार, र कसमेटिक सर्जरीका सेवा उपलब्ध छन्। यिनै सेवाहरूका

Breaking News  संग सबंधीत छ |

हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौं : मन्त्री पाण्डे

 Krishna Shrivastav

वीरगंज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री पाण्डको भनाइ छ । गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले भनेका छन्, ‘उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण मूल्यमा मात्रै टिकटको भाडा लिनुस्

Breaking News  संग सबंधीत छ |

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मुख्यमन्त्री सिंहलाई बहिष्कार गर्ने घोषणा

 Krishna Shrivastav

वीरगंज | वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्ना आगामी कार्यक्रमहरूमा बहिष्कार गर्ने निर्णय गरेको छ। सङ्घका पदाधिकारीहरूले अनुसार, एक कार्यक्रमका लागि मुख्यमन्त्री सिंहलाई निमन्त्रणा गर्दा उनले समय दिन अस्वीकार गरेपछि यो निर्णय गरिएको हो। जब सङ्घले उनलाई समय निर्धारणका लागि आग्रह गरेको थियो, उनले जवाफ दिएका थिए, “पहिले मसँग सल्लाह गरेर समय तय गर्नुहोस्। मलाई पूर्व मुख्यमन्त्री लालबाबु राउतको सन्दर्भमा नसोच्नुहोस्।” मुख्यमन्त्री सिंहको यो व्यवहारलाई सङ्घले उपेक्षाको रूपमा लिएको र यसबाट असन्तुष्ट हुँदै आगामी कार्यक्रमहरूमा उनलाई नबोलाउने निर्णय गरेको हो। सङ्घका एक पदाधिकारीले भने, “मुख्यमन्त्रीको

Breaking News  संग सबंधीत छ |

खुला सीमाबाट लागुऔषधको प्रवेश, पर्साका युवामा बढ्दो समस्या

 Krishna Shrivastav

वीरगंज | पर्सामा खुला सीमाना कारण लागुऔषधको प्रवाह बढ्दै गएको छ। भारतीय सीमा खुल्ला रहेकोले पर्साका युवाहरू लागुऔषधको चपेटामा फस्दै आएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, हालको तीन वर्षमा ७ सय ३३ वटा लागुऔषध मुद्दा दर्ता भएका छन्। ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार, स्कुले उमेरका विद्यार्थीहरू समेत लागुऔषधको समुहमा सम्लग्न भएका छन्। यसका कारण पर्साका युवाहरूलाई दुर्व्यसनबाट बचाउन तत्काल कदम चाल्नु आवश्यक भएको बताए। प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार, १५ देखि ४५ वर्षका युवा उमेर समूहका अधिकांश व्यक्तिहरू लागुऔषधको प्रयोगमा संलग्न छन्, जसले देशको युवाशक्ति

Breaking News  संग सबंधीत छ |

सुनको मूल्यमा सामान्य गिरावट

 Krishna Shrivastav

वीरगञ्ज । मङ्सिर महिनाको पहिलो कारोबार दिन सुन–चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रवार अर्थात् कात्तिक ३० गते छापावाल सुनको भाउ १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रवार चाँदीको भाउ प्रतितोला १९ सय १० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार

Breaking News  संग सबंधीत छ |

झापामा जंगली हात्तीको आक्रमणले एकको ज्यान गयो

 Krishna Shrivastav

वीरगंज | झापाको दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगली हात्तीको आक्रमणबाट ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ। घटनामा हात्तीले गएराति करिब दुई बजे आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार, स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन हात्ती लागेको बेला भण्डारीले त्यसलाई तर्साउन खोजेका थिए। यस क्रममा हात्तीले उनलाई एक सय मिटर परसम्म लखेटेर उचालेर पछारेको थियो। आक्रमणबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको डीएसपी चन्दले जनाए। इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। जंगली हात्तीको आक्रमणबाट झापाका विभिन्न स्थानका बासिन्दाहरू वर्सेनि पीडित हुँदै आएका

Breaking News  संग सबंधीत छ |

छात्रवृत्ति शुल्क विवादले जनकपुरका विद्यालय बन्द हुने

 Krishna Shrivastav

वीरगंज | जनकपुरधाममा छात्रवृत्ति व्यवस्थापनसम्बन्धी विवादका कारण संस्थागत विद्यालयहरू बन्द हुने भएका छन्। हिसान, प्याब्सन, र एनप्याब्सनले जनकपुरधाम उपमहानगरपालिकाको निर्णयप्रति असन्तुष्टि जनाउँदै मंसिर ३ गतेदेखि विद्यालयहरू बन्द गर्ने घोषणा गरेका हुन्। छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूबाट लिइने शुल्क निर्धारण विषयमा उपमहानगरपालिकाको ‘छात्रवृत्ति व्यवस्थापन समिति’ले तोकिएको भर्ना, मासिक, र परीक्षा शुल्क मात्र लिन निर्देशन दिएको थियो। तर विद्यालयहरूले यो निर्णयलाई अन्यायपूर्ण ठहर गर्दै विरोध गरेका छन्। हिसान, प्याब्सन, र एनप्याब्सनले जारी गरेको संयुक्त विज्ञप्तिमा कार्यविधि २०७४ को व्यवस्थाअनुसार शुल्क लिने अधिकार रहेको दाबी गरेका छन्। तर उपमहानगरपालिकाको फरक खालको निर्देशनले आफूहरूलाई अन्याय परेको

Breaking News  संग सबंधीत छ |

सीमा सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकले साझा निष्कर्ष निकाल्ने तयारी

 Krishna Shrivastav

वीरगंज | नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए। महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा सुरक्षासम्बन्धी संयुक्त एजेण्डामा छलफल जारी छ । “सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, त्यसनिम्ति सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, मानव बेचबिखन र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायत विषय नेपालका तर्फबाट प्रस्ताव प्रस्तुत भएको छ । भोलि एउटा निष्कर्षका साथ बैठक समापन हुनेछ”, उनले

Breaking News  संग सबंधीत छ |

नगवा पोखरीको पुनर्निर्माण अधुरै

 Krishna Shrivastav

वीरगंज | वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरी लामो समयदेखि अलपत्र अवस्थामा छ। ऐतिहासिक र धार्मिक महत्त्व बोकेको यस पोखरीको पुनर्निर्माणका लागि मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा बजेट विनियोजन भएको थियो। पोखरीको मध्य भागमा मन्दिर निर्माण गर्ने योजना थियो, तर अहिले पनि निर्माण कार्य पूर्ण हुन सकेको छैन। पोखरीको संरचना सुधार र क्षेत्रको विकासका लागि थालिएका प्रयासहरू सुरुवातमै सीमित भएका छन्। निर्माण कार्य अधुरै रहँदा पोखरीको सौन्दर्य घटेको छ भने यसको धार्मिक र सांस्कृतिक महत्त्व पनि ओझेलमा परेको छ। स्थानीय बासिन्दाहरू पोखरीको संरक्षणका लागि पहल गर्न

Breaking News  संग सबंधीत छ |

प्रधानमन्त्री नेतान्याहूको घरमा आक्रमण

 Krishna Shrivastav

वीरगंज | इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरमा आक्रमण भएको छ । सिजेरियास्थित रहेको उको घरमा आक्रमण भएको हो । टाइम्स अफ इजरायलका अनुसार नेतान्याहूको घरतर्फ दुई वटा आगोका गोला प्रहार भएको थियो, जुन घरको आँगनमा खसेको थियो । इजरायली प्रहरीले यसको पुष्टि गरेको हो । आक्रमण कहाँबाट आयो र कसले गर्‍यो भन्ने बारेमा हालसम्म जानकारी उपलब्ध छैन । इजरायली सुरक्षा एजेन्सी शिन बेटले एक विज्ञप्तिमा घटनामा कुनै क्षति नभएको बताएको छ। सुरक्षा एजेन्सीले हमलाको समयमा नेतान्याहू र उनको परिवार घरमा नभएको बताएको छ । उनीहरुले यस घटनाको अनुसन्धान सुरु गरेका

Breaking News  संग सबंधीत छ |

गढीमाई मन्दिरमा मेला सुरू, बलिदान २३ र २४ मा

 Krishna Shrivastav

वीरगंज | बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय विश्वप्रसिद्ध गढीमाई मेला शनिबारदेखि विधिवत रूपमा सुरू भएको छ। यस मेलामा नेपालसहित भारत, बङ्गलादेश, भुटानलगायत देशका लाखौं भक्तजन आउने अपेक्षा गरिएको छ। मेला व्यवस्थापन समितिका अनुसार, मंसिरभर चल्ने मेलाका मुख्य दिन मंसिर २३ र २४ तोकिएको छ। २३ गते राँगाको बलि, भने २४ गते बोका, हाँस, कुखुरालगायत अन्य पशुहरूको बलि दिने परम्परा निर्वाह हुनेछ। भक्तजनहरूले गढीमाईको दर्शन, पूजा, र भाकलअनुसार बलि चढाउनेछन्। विशेष व्यवस्था मेलाको व्यवस्थापनका लागि समितिले घुम्ती र अस्थायी शौचालय, स्वास्थ्य उपचार शिविर, पिउने पानी, एम्बुलेन्स, र वारुण यन्त्र तयारी

Breaking News  संग सबंधीत छ |

चीनमा चक्कु प्रहारबाट ८ को मृत्यु, १७ घाइते

 Krishna Shrivastav

वीरगंज | पूर्वी चीनको वुसी शहरमा एक विद्यार्थीले चक्कु प्रहार गरी आठ जनाको हत्या गरेका छन् भने १७ जना घाइते भएका छन्। यो घटना वुसी यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेसनल टेक्निकल कलेजबाहिर शनिबार साँझ ६ः३० बजे भएको हो। २१ वर्षीय आरोपी युवकलाई घटनास्थलबाट पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले स्नातक परीक्षामा असफलता र इन्टर्नशिपको तलबप्रति असन्तुष्ट भएपछि आक्रमण गरेको स्वीकार गरेका छन्। घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार यो घटनाको थप अनुसन्धान जारी छ। चीनमा पछिल्लो समय हिंसात्मक घटनाहरूको क्रम बढेको छ। यसअघि सोमबार मात्रै दक्षिणी

Breaking News  संग सबंधीत छ |

पञ्चवर्षीय गढीमाई मेला बाराबाट सुरु

 Krishna Shrivastav

वीरगंज | विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा सुरु भएको छ। मेलाको सुरुवातसँगै नेपाल, भारतलगायत अन्य देशबाट भक्तजनहरूको भीड बढ्न थालेको छ। करीब १ हजार बिगाह क्षेत्रफलमा फैलिएको यो मेलामा एक महिनाभरमा करिब १ करोड भक्तजन सहभागी हुने गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ। मेलाको पहिलो दिन विशेष पूजा सम्पन्न भएको छ। मंसिर २३ गते मुख्य दिनको पूजा अन्तर्गत तान्त्रिक विधिबाट गढीमाईलाई पञ्चबलि दिने परम्परा रहेको छ। मूल पुजारी मंगल चौधरीका अनुसार यस क्रममा मन्दिरमा भाकल गरिएका पशुहरूको बलि दिइन्छ। मंसिर २३ गते राँगाको बलि हुने र

Breaking News  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न